-
२०७६ जेठ ९, बिहिबार
‘भ्रष्टाचारीलाई जोगाउन मिडिया काउन्सिल विधेयक’
कानून व्यवसायी तथा पत्रकारले सरकारले संसद्मा पेश गरेको ‘मिडिया काउन्सिल विधेयक’ भ्रष्टाचारलाई प्रोत्साहन गर्न ल्याइएको आरोप लगाएका छन् । स्वतन्त्र पत्रकार सङ्घ जिल्ला शाखा भक्तपुरले बुधबार यहाँं आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार विरुद्धमा लेख्ने पत्रकारको मुखमा नत्थी कसेर भ्रष्टाचारलाई मलजल दिन विधेयक ल्याएको आरोप लगाएका हुन् । वरिष्ठ कानून व्यवसायी बालकृष्ण न्यौपाने, स्वतन्त्र...
-
२०७६ जेठ ९, बिहिबार
सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’
काठमाडौँको शङ्खरापुर नगरपालिकाको इन्द्रेणी र खुलालटारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’ गरेको पाइएको छ । नगरपालिकाको वडा नं ९ खुलालटारमा सार्वजनिक खोल्सा रहेको स्थानमा अतिक्रमण गरी खोल्सामा हिमपाइप राखेर निजी जग्गा प्लटिङ गरिएको हो । साँखुका स्थानीय दिलीपकुमार श्रेष्ठ भन्नुहुन्छ, “यो क्षेत्रमा पहिला ठुलो खोल्सा थियो । अहिले यहाँ खोल्सामा हिमपाइप राखेर खोल्सा पुर्दै व्यक्तिले सार्वजनिक...
-
२०७६ जेठ ९, बिहिबार
पास नपाउँदा २० भारतीय तीर्थयात्री फिर्ता
कैलाश मानसरोवर दर्शनका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्री सिमकोटबाट बुधबार फिर्ता भएका छन् । सन्नी ट्रेकमार्फत कैलाश मानसरोवर दर्शनका लागि भारतको महाराष्ट्र प्रदेशबाट हुम्ला पुगेका २० भारतीय तीर्थयात्रीलाई चीन सरकारले कैलाश मानसरोवर पुग्न प्रवेशाज्ञा अनुमति नदिएपछि फिर्ता हुनुपेको सन भ्याली रिसोर्टका व्यवस्थापक निमा लामाले जानकारी दिनुभयो । प्रवेशाज्ञा अनुमतिका लागि ७५ जनाको समूहलाई चिनियाँ...
-
२०७६ जेठ ९, बिहिबार
जलेर तीनको मृत्यु
बैतडीमा बुधबार गएराति आगलागी हुँदा एकैघरका तीन जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । पुर्चौडी नगरपालिका–५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाइ बस्दै आएका थिए । गएराति खाना खाई...
-
२०७६ जेठ ९, बिहिबार
झाँक्री हत्या गर्ने २६ जनालाई कैद फैसला
गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाउँदै चार जना महिलालाई भने सफाइ दिइएको छ । चौँतीस वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भिमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७...
-
२०७६ जेठ ९, बिहिबार
मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभावले आज बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथा मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार तापक्रम वृद्धि भएकाले हावाहुरी...
-
२०७६ जेठ ९, बिहिबार
पत्रकारिताको विकासको लागि सरकार दृढ ः मुख्यमन्त्री पौडेल
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रेस स्वतन्त्रता र पत्रकारिताको समानुपातिक विकासका लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले आन्तरिक मामिला तथा कानून मन्त्रालय र प्रेस रजिष्ट्रारको कार्यालयद्वारा आज यहाँ आयोजित आम सञ्चारमाध्यमको प्रवद्र्धनमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै संविधानको...
-
२०७६ जेठ ९, बिहिबार
विश्वमै दुर्लभ गिद्धले चल्ला कोरल्यो
विश्वमै दुर्लभ मानिएको सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरलेको छ । यहाँको नलगाड नगरपालिका–५ पोखराको महादेवस्थान जङ्गलको सल्ली रूखमा लगाएको गुँडमा चल्ला कोरलेको हो । त्यस्तै विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएको सेतो गिद्धले बारेकोट गाउँपालिका–९ काप्तीको जङ्गलमा गुँड लगाएर चल्ला कोरलेको पक्षी संरक्षण सङ्घका केन्द्रीय सदस्य एवं पशु प्राविधिक गोविन्दबहादुर सिंहले बताउनुभयो । दुई÷तीन...
-
२०७६ जेठ ९, बिहिबार
विद्युत् प्राधिकरणलाई करोडौँको जग्गा दान
गलकोट नगरपालिका–४ डाँडाखेत निवासी चुडामणि शर्माले नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रलाई रु एक करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । केन्द्रले गलकोट प्रशाखा स्थापनाका लागि जग्गा खोजी गरिरहे पनि तीव्र शहरीकरण भएको गलकोट नगरपालिकामा आवश्यक जग्गा नपाउँदा समस्या भइरहेको थियो । आफ्ना स्व बाबा डण्डपाणि शर्माको स्मृतिमा गलकोट नगरपालिका–२ नरेठाटीस्थित मध्यपहाडी लोकमार्गसँगैको...
-
२०७६ जेठ ९, बिहिबार
निकुञ्जका ५० ताल र पोखरीको स्तरोन्नति
वन्यजन्तुलाई खाने, बस्ने र आहाल बस्ने प्रयोजनको लागि चितवन राष्ट्रिय निकुन्जले ५० ताल र पोखरीको स्तरोन्नति गरेको छ । दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि चितवन राष्ट्रिय निकुञ्जमा तालको सङ्ख्या बढाउने र व्यवस्थापनको काम गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जले यस वर्ष ७० पोखरी स्तरोन्नति र व्यवस्थापनमा बजेट विनियोजन गरेको थियो । जसमध्ये ५० ताल र पोखरीमा काम सम्पन्न भइसकेको निकुञ्जका प्रमुख संरक्षण...
-
२०७६ जेठ ९, बिहिबार
अज्ञात समूह द्धारा आमा र छोरीको हत्या प्रयास
झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी आठ वर्षीया छोरी अर्पणा बुढाथोकी घाइते भएका छन् । आक्रमणको घटना राति भए पनि...
-
२०७६ जेठ ९, बिहिबार
विद्युत् प्रसारण लाइनको परीक्षण सफल
पाल्पाको निस्दी गाउँपालिका–५ मा केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सफल भएको छ । रिङ्दीमा केन्द्रीय लाइनको बत्ती जडान गरी परीक्षण गर्ने कार्य सफल भएको हो । वडाध्यक्ष भीमबहादुर बयम्बुले बत्ती बालेर लाइनको परीक्षण गर्नुभयो । उहाँले कामलाई जति सक्दो छिटो अगाडि बढाएर घरघरमा विद्युत्को सेवा दिने बताउनुहुन्छ । विद्युत्को पहुँच नपुगेको यस गाउँमा यसै आर्थिक वर्षमा घरघरमा विद्युत् सेवा दिने गरी...


