STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ ८, बुधबार

    नेपालगञ्जमा आपत्कालीन प्रतिकार्य केन्द्र निर्माण हुँदै

    प्रदेश तथा राष्ट्रियस्तरमा आपत्कालीन कार्य सञ्चालन गर्न नेपालगञ्ज विमानस्थल परिसरमा फर्वार्ड लजिस्टिक बेस आपत्कालीन प्रतिकार्य केन्द्र निर्माण गरिने भएको छ ।  गृहमन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको साझेदारीमा विश्व खाद्य कार्यक्रम डब्लुएफपी द्वारा सञ्चालित हुने गरी प्रदेश नं ५ मा निर्माण गर्न लागिएको आपत्कालीन प्रतिकार्य केन्द्रको भवन बेलायती अन्तर्राष्ट्रिय विकासमन्त्री बेरोनेस एलिजाबेथ...

  • २०७६ जेठ ८, बुधबार

    बढ्दो गर्मीले जनजीवन कष्टकर

    लगातार बढिरहेको गर्मीले महोत्तरीसहित तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । जेठ शुरु भएसँगै बढेको अचाक्ली गर्मीले यहाँको जनजीवन कष्टकर बनेको हो । बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तको बेलासम्म एक टङ्कारको चर्को घाम लाग्नाले हिँडडुल गर्नेको सङ्ख्या निकै घटेको छ । मुख्य सडक र बाटो छेउका छायाँदार रुख सडक विस्तारका नाममा मासिँदा सियाँल बस्ने ठाउँ पाउन छाडिएको बटुवा बताउँछन् । चर्को घामको रापले बन्द...

  • २०७६ जेठ ८, बुधबार

    महिला पोलिटेक्निक कलेज खोलिने

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटी ले भरतपुर महानगरपालिका–२३ जगतपुरमा महिला पोलिटेक्निक कलेज खोल्ने भएको छ । कलेज सञ्चालनका लागि महानगरपालिकाले सरस्वती माध्यमिक विद्यालय पछाडि पाँच बिघा जमीन महिला पोलिटेक्निकका लागि उपलब्ध गराएको छ ।  महानगर प्रमुख रेनु दाहालले आउँदो शैक्षिक सत्रबाटै कार्यक्रम सञ्चालन गर्न सक्ने गरी समन्वयको काम महानगरले गरिरहेको बताउनुभयो । प्रमुख र उपप्रमुख...

  • २०७६ जेठ ८, बुधबार

    प्राविधिक टोली सगरमाथा पुग्यो

    सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको प्राविधिक कर्मचारीको टोलीले आज बिहान ३ः०० बजे शिखरको आरोहण गरेको छ । प्रमुख नापी अधिकृत खिमलाल गौतम र अधिकृत रवीन कार्कीले सफलतापूर्वक आरोहण गरी टुप्पोको आसपास बिन्दुमा ग्लोबल नेविगेसन स्याटलाईट सिस्टमको उपकरण जडान गर्नुभएको विभागका सगरमाथा उचाइ मापन परियोजना संयोजक सुशील डङ्गोलले जानकारी दिनुभयो । विभागले पहिलोपटक सरगरमाथाको उचाइ मापन गर्ने उद्देश्यले...

  • २०७६ जेठ ८, बुधबार

    पेट्रोल पम्पको अनुगमन

    काठमाडौँ महानगरपालिकाले साझेदार निकायको सहकार्यमा पेट्रोल पम्पको अनुगमन गरेको छ । १५ दिन लगाएर गरिएको अनुगमनमा मुख्य गरी बालाजू, कलङ्की, कालीमाटीलगायत स्थानमा रहेका पम्पको अनुगमन गरिएको महानगरले जनाएको छ ।    हाल सञ्चालनमा रहेका धेरै पम्प मानिसको बस्ती नजिक र सडकबाट पनि अत्यन्तै नजिक रहेकाले अनुगमन गरी वास्तविकता पत्ता लगाउन अनुगमन गरिएको महानगरको सहरी सुशासन विभागका प्रमुख हरि कुँवरले जानकारी...

  • २०७६ जेठ ८, बुधबार

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

    राष्ट्रिय जनता पार्टी नेपालले तराई, मधेश÷थरूहट आन्दोलनको छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर महरासँग समय माग गरी सो पार्टीका सांसद प्रमोद साहले संविधानमा नागरिकलाई नागरिकता प्राप्ति गर्न नरोक्ने प्रावधान रहेपनि कार्यान्वयनमा नआएकोतर्फ सरकारको...

  • २०७६ जेठ ८, बुधबार

    निर्वाचन परिणाममा विवाद छको मृत्यु

    इन्डोनेसियाका राजधानी जाकार्तामा राष्ट्रपतिक निर्वाचनको परिणाम बाहिएलगत्तै शुरु भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रर्दशनकारीबीचमा भएको झडपमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै २ सय भन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय समयाअनुसार बुधबार बिहान ९ बजेसम्म ६ व्यक्तिको मृत्यु हुनुको साथै करिब २ सय भन्दा बढी घाइते भएका मध्य जाकार्तामा रहेको एक अस्पताल स्रोतले जानकारी दिएको छ । गए रातिबाट शुरु...

  • २०७६ जेठ ८, बुधबार

    सरकारले जनतालाई सन्तुष्ट गर्न सकेन ः नेता पौडेल

    नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनतालाई सन्तुष्ट गर्न नसकेको विचार व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले जनतामा आश्वासन धेरै बाँडेको , समृद्धिको यात्रालाई पनि अगाडि बढाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको कुरा नसुन्नु नै सरकारको प्रमुख कमजोरी हो भन्नुभयो । “...

  • २०७६ जेठ ८, बुधबार

    सडकमा छोडिएका दुई दर्जन बाच्छाको संरक्षण

    सडकमा छाडा छोडिएका राष्ट्रिय जनावर गाई बाच्छालाई एकत्रित गरेर खानपिनसहित संरक्षण गर्ने अभियान शुरु भएको छ ।     कागेश्वरी मनोहरा नगरापालिकास्थित त्रिभुवन विमानस्थलको उत्तरतर्फको खुला मैदानमा करीब दुई दर्जन गाई बाच्छा जम्मा गरी संरक्षण शुरु गरिएको हो । यसरी जम्मा गरिएका गाई बाच्छालाई नून पानी खुवाएर आँत रसिलो बनाए पनि ओतको व्यवस्था गर्नका लागि प्रयास भइरहेको जनाइएको छ ।     वाग्मतीको किनारमै घाँसे...

  • २०७६ जेठ ८, बुधबार

    कारबाहीमा तीन आतङ्ककारी मारिए

    अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा जारी सैन्य कारबाहीको क्रममा जारी झडपमा परी तीन आतङ्ककारी मारिनुको साथै अन्य २० जना घाइते भएका सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । बाल्ख प्रान्तको बाल्ख जिल्लामा सो सैन्य कारबाही जारी रहेको थियो । कारबाहीको क्रममा पाँच ओटा गाउँलाई आतङ्ककारी मुक्त बनाइएको सेनाको दाबी रहेको छ । यस कारबाहीको क्रममा सुरक्षाबलले आतङ्ककारीको सात ओटा मोटरसाइकल, हातहतियार...

  • २०७६ जेठ ८, बुधबार

    राजश्व प्रशासनमा थप प्रभावकारिता आएको छ ः अर्थमन्त्री

    प्रतिनिधिसभाको आजाको बैठकले ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो ।  विधेयमाथिको सैद्धान्तिक पक्षको छलफलमा सांसद भरतकुमार शाह, प्रेम सुवाल, दीव्यमणि राजभण्डारी, रामकुमारी झाँक्री,...

  • २०७६ जेठ ८, बुधबार

    कालीगण्डकी डाईभर्सनका विरुद्धमा स्थानीय तह

    राम्दीदेखि कालीगण्डकीलाई थुनेर तिनाऊ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसको विरुद्धमा यस क्षेत्रका स्थानीय तह जुर्मुराउन थालेका छन् । कालीगण्डकीको पानीलाई सिँचाइका नाममा अन्यत्र लैजाने योजना अगाडि बढ्न थालेपछि यसका विरुद्धमा तल्लो तटीय क्षेत्र प्रदेश नं ५ र गण्डकी प्रदेशका सम्बन्धित क्षेत्रका स्थानीय तहहरु जुर्मुराउन थालेका हुन् ।   तल्लो तटीय क्षेत्रअन्तर्गतका पाल्पा, स्याङ्जा, तनहुँ...

Pages