STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ ८, बुधबार

    अस्पतालबाट फरार श्रेष्ठ बालाजुबाट पक्राउ

    प्रहरीले वीर अस्पतालबाट फरार रहेका १६ वर्षीय पदम श्रेष्ठलाई पक्राउ गरेको छ । एक बालिकालाई होटलमा लगेर करणी गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले स्वास्थ्य जाँचका क्रममा वीर अस्पताल लैजाँदा अस्पतालबाटै मङ्गलबार राति फरार भएका थिए । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले मङ्गलबार राति फरार श्रेष्ठलाई आज दिउँसो...

  • २०७६ जेठ ८, बुधबार

    नगरपालिकाको काम ठप्प

    सहकर्मीमाथि हातपात भएको विरोधमा सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारीले आज बिहानदेखि कार्यालयको कामकाज ठप्प पारेका छन् । कार्यकक्षमै काम गरिरहेका बेला मङ्गलबार नगरपालिकाका ओभरसियर छेदिकुमार साफीलाई वडा नं ७ रमपुरा भेडियाका दीपेन्द्र यादवसहित आएको समूहले हातपात गरेको भन्दै कर्मचारीले कामकाज ठप्प पारेका हुन् ।  ओभरसियर साफीमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने मागसहित कर्मचारीले कामकाम ठप्प...

  • २०७६ जेठ ८, बुधबार

    माछा महोत्सव गरिने

    कास्कीको बेगनास र रुपा ताललगायतका तालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी लेखनाथ होटल तथा रेष्टुराँ एशोसिएशनले यही जेठ १३ देखि २० गतेसम्म ‘फिस फेस्टेबल’को आयोजना गर्ने भएको छ ।  विगतमा तीन दिने माछा महोत्सव गर्दै आएकामा यस वर्ष महोत्सवको अवधि बढाएर आठ दिनको बनाइएको हँुदा यस वर्षको महोत्सव अन्य महोत्सवभन्दा प्रभावकारी हुने आयोजकले जनाएको छ । यस क्षेत्रमा रहेका सात वटा तालको प्रचारप्रसारमा...

  • २०७६ जेठ ८, बुधबार

    सुनपसलमा चोरी

    काठमाडौँको जोरपाटीस्थित भीमेश्वर सुनचाँदी पसलबाट अज्ञात समूहले पैसा लुटेर फरार भएका छन् ।   आज दिउँसो ग्राहक बनेर आएका चार जनाको समूहले पसलको सटर लगाएर रु ८० हजार लुटेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । चोरीमा कसको संलग्नता रहेको छ भन्ने विषयमा प्रहरीले सिसिटिभी क्यामेराको फुटेजबाट अनुसन्धान भइरहेको जनाएको छ । 

  • २०७६ जेठ ७, मंगलबार

    ‘समान कामका लागि सामान व्यवहार’ स्थापित हुनुपर्छ मन्त्री विष्ट

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘समान कामका लागि सामान व्यवहार’लाई विश्वव्यापीरूपमा स्थापित गराउन अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओ ले भूमिका खेल्नुपर्ने बताउनुभएको छ । आइएलओको शतवार्षिकी ९१९१९–२०१९० को अवसर पारेर सोमबार राजधानीमा आयोजित ‘उज्ज्वल भविष्यका लागि काम’ विषयको कार्यक्रममा गर्दै उहाँले सबै गन्तव्य मुलुकले आफ्ना देशका नागरिकलाई प्रदान गरिएको सेवासुविधासरह विदेशी...

  • २०७६ जेठ ७, मंगलबार

    फरार अभियुक्त चार वर्षपछि पक्राउ

    हाडनाता करणीसम्बन्धी मुद्दामा कैद सजाय सुनाइएका बैतडीका एक युवक चार वर्षपछि सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिगास गाउँपालिका–१ सिराडीका ३२ वर्षीय वीरभान धामी रहेका छन् । उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । धामीलाई जिल्ला अदालत बैतडीले हाडनाता करणी मुद्दामा विसं २०७३ जेठ १८ गते एक वर्ष कैद सजाय...

  • २०७६ जेठ ७, मंगलबार

    विश्व नापतौल दिवस

    नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा १४४औँ विश्व नापतौल दिवस मनाइएको छ । ‘अन्तर्राष्ट्रिय एकाइको प्रणाली मौलिकरूपमा उत्तम’ भन्ने मूल नाराका साथ सोमबार विभागको परिसर बालाजुमा उक्त दिवस मनाइएको हो । कार्यक्रममा विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विश्वभरि नापतौलमा एकरूपता ल्याउने उद्देश्यले उक्त दिवस मनाउँदै आएको जानकारी दिनुभयो । पछिल्लो समय विभागले विदेशमा उत्पादित कम्पनीका सामग्रीलाई...

  • २०७६ जेठ ७, मंगलबार

    लागुऔषधसहित सात पक्राउ

    लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो ।   प्रदेश नं ५ ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार भारतबाट नेपालगञ्ज आउँदै गरेका उनीहरुलाई कुकुरले सुँघेर पहिचान गरेको थियो । लागुऔषध विज्ञ...

  • २०७६ जेठ ७, मंगलबार

    दुई परिवारका नौ जनाको हत्या

    पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था...

  • २०७६ जेठ ७, मंगलबार

    बाटो खन्ने क्रममा लडेर मजदुरको मृत्यु

    कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्डमा काम गरिरहेका एक मजदुरको सोमबार दिउँसो बम ब्लास्टका लागि प्वाल पार्दैगर्दा पहराबाट खसेर मृत्यु भएको छ । बागलुङ–बलेवा खण्डको दम्क, सिउडे भन्ने स्थानमा रहेको पहरामा प्वाल पार्नेक्रममा पहराबाट खसेर गुल्मीको सत्यावती गाउँपालिका–३ का नाङ्गबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनी करिडोर विस्तारका लागि पहरामा प्वाल पार्नेक्रममा...

  • २०७६ जेठ ७, मंगलबार

    प्रेस युनियन कास्कीमा अवार्ड स्थापना

    नेपाल प्रेस युनियन कास्कीले कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ अवार्ड स्थापना गरेको छ । कार्यसमितिका पदाधिकारी एवं सदस्यमध्ये उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने गरी अवार्ड स्थापना गरिएको हो । कार्यसमितिका अध्यक्षबाहेक अन्य पदाधिकारी एवं सदस्यलाई प्रदान गरिने अवार्डको राशि रु पाँच हजार नगदसहित प्रशंंसापत्र रहेको युनियन कास्कीका सचिव प्रदीप पौडेलले जानकारी दिनुभयो...

  • २०७६ जेठ ७, मंगलबार

    विद्यार्थी नियमित गराउन छात्रावास

    चितवनको राप्ती नगरपालिकाले विद्यार्थीलाई नियमित गराउन छात्रावास सञ्चालन गरेको छ । नगरपालिकाले नगरका दुई विद्यालयबाट छात्रावासको शुरुआत गरेको हो । नगरपालिकाको वडा नं ११ को थाकलटार मावि र वडा नं १२ को यौरालीटारमा छात्रावास सञ्चालन गरिएको छ । थाकलटार माविको छात्रावास सञ्चालनमा आइसकेको छ भने यौरालीटारमा भवन निर्माण अन्तिम चरणमा छ । भौगोलिक विकटताका कारण विद्यालय आउन समस्या हुने विद्यार्थीलाई लक्षित...

Pages