STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ ८, बुधबार

    बढैयातालमा वनबाटिका निर्माण हुने

    बर्दियाको बढैयातालमा वनवाटिका निर्माण हुने भएको छ ।  बढैयाताल गाउँपालिकाअन्तर्गत मानझुन्डी सामुदायिक वनको गुलरिया–नेपालगञ्ज हुलाकी सडकको दक्षिणतर्फ रहेका सो तालमा वनबाटिका निर्माण हुने भएको हो ।   शहरी वन तथा नगर वन उद्यान कार्यक्रमअन्र्तगत डिभिजन वन कार्यालय बर्दियाको रु १०  लाख, बढैयाताल गाउपालिकाको रु छ लाख र मानझुन्डी सामुदायिक उपभोक्ता समूहको जनसहभागिताबापत रु एक लाख ४० हजार गरी कूल रु १६...

  • २०७६ जेठ ८, बुधबार

    पाँचथर घटनाको सुक्ष्म छानबिन हुन्छ ः गृहमन्त्री

    गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सुक्ष्म रुपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही हुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा यही जेठ ६ गते पाँचथरको आरुबोटमा भएको सामूहिक हत्याकाण्डको विषयमा जानकारी दिँदै उहाँले उक्त घटना प्रारम्भिक रुपमा पारिवारिक बेमेलका कारण भएको देखिएको उल्लेख गर्नुभयो । उक्त हृदयविदारक हत्याकाण्डको छानबिनमा सहयोग गर्न...

  • २०७६ जेठ ८, बुधबार

    प्लाष्टिकका भाँडामा दूध बोक्न नपाइने

    नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले जिल्लामा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको अनुगमन थालेको छ । कार्यालयले पनौती नगरपालिका कुशादेवी, पाँचखाल तथा मण्डन देउपुरमा रहेका दुग्ध चिस्यान केन्द्र तथा सङ्कलन केन्द्रको अनुगमनपछि दूधको नमूना सङ्कलन गरी बबरमहलस्थित नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण केन्द्रीय कार्यालयको प्रयोगशालामा पठाएको छ ।  कुशादेवीका...

  • २०७६ जेठ ८, बुधबार

    मिडिया काउन्सिल विधेयक संशोधन हुन्छ ः नेम्वाङ

    नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सङ्घीय संसद् प्रतिनिधिसभामा दर्ता गरिएको ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक–२०७५’ परिमार्जन गरी संविधानअनुकूल बनाउने आश्वासन दिनुभएको छ । सो विधेयकबारे नेपाल पत्रकार महासङ्घले आज प्रस्तुत गरेको पन्ध्रबुँदे सुझावसहितको ध्यानाकर्षणपत्र बुझ्दै नेता नेम्वाङले पार्टीका तर्फबाट नै संशोधन प्रस्ताव हालेर विधेयक संशोधन गरिने प्रतिबद्धता व्यक्त...

  • २०७६ जेठ ८, बुधबार

    बीमा गर्दैनन् केरा किसान

    बाली बीमाबाट सुविधा लिन कठिन रहेकाले कैलालीका केरा किसान बाली बीमाप्रति आकर्षित हुन सकेका छैनन् । किसानले लगानी सुरक्षाका लागि बाली बीमा आवश्यक भएपनि सेवामा व्यावहारिक कठिनाइ भएकाले बीमा गर्न नचाहेको बताउनुभएको छ ।  “बाली बीमा किसानका लागि सुविधा हो, बीमा गर्न जरुरी पनि छ, कृषि बीमा नीति किसानमैत्री नभएकाले कृषि बीमामा आकर्षण घटेको हो”, केरा कृषक कालु हमालले भन्नुभयो, “किसानलाई कृषि विमाका...

  • २०७६ जेठ ८, बुधबार

    धराशायी बन्दै जडीबुटी व्यवसाय

    भारतले क्वारेन्टाइनसम्बन्धी नयाँ नीति लागू गरेपछि नेपाली जडीबुटी व्यवसाय धराशायी बन्दै गएको छ । नेपाल सरकारले भारतसँग उच्चस्तरमा कुरा नगरिदिँदा जडीबुटी व्यवसाय नै धराशायी भएको व्यवसायीले बताएका छन् । भारतले बोट बिरुवा र तिनका अंशको आयातलाई व्यवस्थित गर्न विरुवा क्वारेन्टाइनसम्बन्धी आदेश २००३ जारी गरी सोको अनुसूची ७ मा सूचीकृत जडीबुटीमात्रै निर्यात गर्ने जनाएपछि नेपालबाट निकासी हुने धेरै जडीबुटी...

  • २०७६ जेठ ८, बुधबार

    पोखरा–देहरादुन बस सेवा सञ्चालनमा

    पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आजदेखि पोखराबाट भारतको उत्तराखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा सञ्चालन गरेको छ । समितिअन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले विगत १२ वर्षदेखि यहाँबाट दैनिक भारतको राजधानी नयाँदिल्लीसम्म बस सञ्चालन गर्दै आएकामा देहरादुनसम्म थप सेवा शुरु गरेको हो । सो सेवाको शुभारम्भ गर्दे समितिका अध्यक्ष एनकुमार साईले सिधा बस सेवा सञ्चालनबाट भारतीय पर्यटकलाई नेपाल...

  • २०७६ जेठ ८, बुधबार

    चरेशसहित पक्राउ

    काठमाडौँको बलम्बु क्षेत्रबाट १५ किलो चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । केही व्यक्तिले लागुऔषध कारोवार तथा ओसारपसार गर्दै छन् भन्ने सूचनाका आधारमा मङ्गलबार साँझ महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले चरेशसहित पक्राउ गरेको हो ।  खोजतलास गर्ने क्रममा चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाबाट पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिनुभयो ।...

  • २०७६ जेठ ८, बुधबार

    वन क्षेत्र अतिक्रमणले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै

    वन क्षेत्रको अतिक्रमणले वन्यजन्तु बासस्थानको विनाश हुनाका साथै वन्यजन्तुको आहारामा समेत कमी आउँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले वन्यजन्तु आफ्नो बासस्थान छोडी गाउँ बस्तीमा पस्ने क्रम बढेको देखिन्छ । यसबाट वन्यजन्तुका अतिरिक्त निकुञ्ज र आरक्ष...

  • २०७६ जेठ ८, बुधबार

    तपार्इंले बिक्री गरेको सवारी साधनको नामसारी गर्नु भयो

    गीतानगरका उपेन्द्र पण्डितको मोबाइलमा धादिङका प्रहरी हबल्दारले टेलिफोन गरेर उहाँको नामको मोटरसाइकल जुधेर मानिसको मृत्यु भएको खबर दिए । पण्डितलाई यो कुरा सुन्ने बित्तिकै छाँगाबाट खसे जस्तो अनुभव भयो । आफूले चार वर्षअघि रिकण्डिसन हाउसमार्फत बिक्री गरेको मोटरसाइकल अर्को मोटरसाइकलमा ठक्कर खाँदा आफँैले बेचेको मोटरसाइकलका चालकको मृत्यु भएको रहेछ । प्रहरीले सो मोटरसाइकल धनी खोज्दै जाँदा यातायात व्यवस्था...

  • २०७६ जेठ ८, बुधबार

    विज्ञापनलाई जिम्मेवार, पारदर्शी र उत्तरदायी बनाइने ः मन्त्री बाँस्कोटा

    प्रतिनिधिसभाको बैठकले ‘विज्ञापन नियमन गर्ने विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सदनको बैठकसमक्ष प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै सांसद रामकुमारी झाँक्रीले कुनै सञ्चार उद्योग मोटाउने, कुनै दुब्लाउने प्रवृत्तिलाई...

  • २०७६ जेठ ८, बुधबार

    ओखलढुङ्गामा सिद्धिचरणको शालिक

    युगकवि सिद्धिचरण श्रेष्ठको शालिक सदरमुकाममा स्थापना गरिएको छ ।  ‘मेरो प्यारो ओखलढुङ्गा’का सर्जक हुर्केको स्थानमा पर्यटन प्रवद्र्धनका लागि स्रष्टा उद्यान पनि बनेको  सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  युगकविको एक सय आठौँ जन्मजयन्ती बिहीबार मनाइँदै छ । 

Pages