STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ ७, मंगलबार

    गाई बाँड्दै रेडक्रस

    नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले जिल्लामा १०० गाई वितरण गरेको छ । रेडक्रसले जीविकोपार्जन कार्यक्रमअन्तर्गत कतारस्थित रेडक्रिसेन्टको सहयोगमा यहाँका विभिन्न ठाउँका कृषकहरुलाई गाई वितरण गरेको हो । योसँगै ६०० परिवारलाई मल र बीउ पनि  वितरण गरिएको छ ।  शाखा सभापति ज्ञानशाली न्यौपानेका अनुसार माडी नगरपालिकामा ६०, भरतपुर महानगरपालिकाको जगतपुरमा १५, मङ्गलपुरमा १५ र राप्तिको पिप्लेमा १०  गाई वितरण...

  • २०७६ जेठ ७, मंगलबार

    गोकर्णेश्वरमा पाँचदिने योग शिविर

    गरौँ योग, बनौँ निरोग’ भन्ने नाराका साथ गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद स्मारकमा पाँचदिने निःशुल्क योग शिविर शुरु भएको छ ।  गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय शहीद स्मारक र पतञ्जलि योग समितिको संयुक्त आयोजनामा आजदेखि शुरु भएको शिविर बिहान ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछ । शिविरमा नगर क्षेत्रका २०० मानिसको सहभागिता छ ।  शिविरको उद्घाटन गर्दै नगरप्रमुख सन्तोष चालिसेले नगरपालिकाले यसै...

  • २०७६ जेठ ७, मंगलबार

    धादिङ अस्पताललाई वाटर डिस्पेन्सर प्रदान

    धादिङबेसी बजारस्थित महालक्ष्मी विकास बैंकले आज धादिङ अस्पताललाई तीन थान वाटर डिस्पेन्सर उपलब्ध गराएको छ । उक्त बैंकको २५ औँ वार्षिकोत्सवका अवसरमा प्रबन्धक खिलप्रसाद सिलवालले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा महेन्द्र धमलालाई बिरामीहरूका लागि तातो चिसो पानी खुवाउन सकिने सो डिस्पेन्सर हस्तान्तरण गर्नुभएको थियो । उक्त सहयोगप्रति आभार प्रकट गर्दै अध्यक्ष धमलाले डिस्पेन्सरलाई अत्यधिक बिरामीले...

  • २०७६ जेठ ७, मंगलबार

    सिंहदरबारको झल्को दिँदै गाउँपालिका

    गाउँमै सरकारी सेवा सुविधा सहज रुपमा पाउन थालेपछि स्थानीयवासीले सिंहदरबार अब गाउँमै पुगेको अनुभूति गर्न थालेका छन् ।  सार्वजनिक सेवा र सुविधा आफ्नै घरआँगनमा सजिलैसँग पाउन थालेपछि बाँकेका जानकी गाउँपालिकाका स्थानीयवासीले सिंहदरबार गाउँमै पुगेको अनुभूति गर्न थालेका हुन् ।  “सार्वजनिक सेवा सुविधा लिनका लागि यसअघि सदरमुकाम नेपालगञ्ज धाउनुपर्ने अवस्था थियो, स्थानीय सरकार गठन भएसँगै ती सम्पूर्ण सेवा...

  • २०७६ जेठ ६, सोमबार

    जुनार किसानलाई अनुदानमा कृषि औजार

    जुनार किसानले ५० प्रतिशत अनुदानमा कृषि औजार पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, जुनार सुपरजोन सिन्धुलीमार्फत् जुनार किसानले कृषि औजार पाएका हुन् । ५० प्रतिशत अनुदानमा साना मेशिनरी तथा कृषि औजार उपकरण वितरण कार्यक्रममार्फत् जुनार सुपरजोनले कार्यक्रम लागू भएका स्थानका जुनार किसानलाई ५० प्रतिशत अनुदानमा अहिले कृषि औजार वितरण भइरहेको जुनार सुपरजोनले जनाएको...

  • २०७६ जेठ ६, सोमबार

    बुलबुलेमा ‘सूर्यमुखी’ आर्कषण

    बुलबुले ताल नजिक ढकमक्क बारीमा फुलेको पहेँलो फूल वरिपरि हरियाली छ । छेउमै तालमा डुङ्गा सयर गरिरहेको । त्यहाँ पुग्ने जो कोहीको तस्वीर नलिइकन फर्कन मान्दैनन् । बुलबुले ताल हेर्न जानेको तस्वीर खिचाउनको लागि भीडभाड देखिन्छ आजभोलि । तस्वीर खिच्नेको लाइनमा कोही आफ्नो सेल्फी खिच्दै, कोही अरु साथीहरुको तस्वीर खिचिदिँदै । कोही पहेँलै फुलेका फूलको दृश्य अवलोकन गर्दै ।   यो दृश्य हो सुर्खेतको बुलबुले...

  • २०७६ जेठ ६, सोमबार

    ससको बोतलमा अखाद्य वस्तु भेटियो

    म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा आइतबार ससको बोतलभित्र अखाद्य वस्तु भेटिएको छ । सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो । खाजा खान गएका ग्राहकलाई पसल सञ्चालकले सस निकाल्ने क्रममा सुर्तीको खोलको टुक्रा भेटिएको हो ।  अखाद्य वस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको गाउँपालिकाका नायब सुब्बा दयाराम पौडेलले जानकारी दिनुभयो । तिरुपती फुड्स एण्ड वेभरेजले २०१८...

  • २०७६ जेठ ६, सोमबार

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    नारायणग–मुग्लिन सडकखण्डमा मोटरसाइकललाई र ट्रकले ठक्कर दिँदा आइतबार साँझ एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप खड्का रहेका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकले भरतपुर महानगरपालिका–२९ केराबारीमा ठक्कर दिएको थियो । ट्रकको...

  • २०७६ जेठ ६, सोमबार

    नदी निर्माणको काम नगर्न, नगराउन आदेश

    सप्तरीको राजगढ गाउँपालिकाअन्तर्गत मुतनी नदी सिँचाइ योजना बेल्ही चपेनाको निर्माण मर्मत सुधार कार्य नगर्न, नगराउन आइतबार उच्च अदालत राजविराजले अन्तरिम आदेश जारी गरेको छ ।  राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादव, उपाध्यक्ष पुष्पमाला देवी मण्डल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सप्तरीका डिभिजन प्रमुख रामकुमार खंग, उपभोक्ता समितिका अध्यक्ष राजकुमार साहविरुद्ध परेको रिटमा आइतबार न्यायाधीश...

  • २०७६ जेठ ६, सोमबार

    जागरण अभियानमा काङ्ग्रेस नेतृत्वप्रति आक्रोश

    मोरङको उर्लाबारीमा आइतबार आयोजित नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानमा कार्यकर्ताले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् ।   काङ्ग्रेस उर्लाबारी नगर समितिले यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी कार्यकर्ताले प्रदेश र सङ्घीय निर्वाचनको पराजय र त्यसपछि प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्दै कार्यकर्ताले नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका हुन् । काङ्ग्रेसका पूर्व...

  • २०७६ जेठ ६, सोमबार

    प्रेम विवाहमा धोका खाएपछि न्याय खोज्दै गङ्गा

    “दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भन्नुभयो । सोही नगरपालिका–२ निवासी हुकुम कवर सँग २०७५ साल असारमा प्रेम विवाह गरेकी कवरले जीवनमा धोका खाइएला भन्ने कहिले सोच्नु भएन । “हामीले एक अर्कालाई औधि माया गर्दथ्यौँ, सबथोक...

  • २०७६ जेठ ६, सोमबार

    पौडी खेल्ने क्रममा एकको मृत्यु

    काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु भएको छ । गल्छी गाउँपालिका–४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो ।  काठमाडौँबाट चार जना मोटरसाइकलमा आएकामा उनीहरु अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका थिए । पौडी खेल्दा डुबेपछि...

Pages