-
२०७६ जेठ ६, सोमबार
बलात्कार गर्नेलाई कारवाहीको माग राख्दै प्रदर्शन
पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन् । एक महीनाअघि प्रहरीद्वयले स्थानीय एक १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपसहितको घटना बाहिर आएपछि बलात्कारजस्तो घृणित तथा अपराधजन्य कार्य गरेकाले दोषीलाई हदैसम्मको कारवाही माग राख्दै दबाब दिन स्थानीयवासीले प्रदर्शन...
-
२०७६ जेठ ६, सोमबार
पन्ध्र तोला सुन चोरी गर्ने दुई युवा पक्राउ
दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पैँयु गाउँपालिका–६ बस्ने ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम राना रहेका छन् । उक्त घरको दराज तोडफोड गरी चोरी गरेको रानीहार एक थान, बटारे बाला एक थान, छापे औँठी एक थान, चन्द्रमा एक थान, झुम्का दुई...
-
२०७६ जेठ ६, सोमबार
गाउँमा बिजुली पुगेपछि ३५ घरधुरीमा खुशियाली
लामो समयको प्रतिक्षापछि बिजुली पुगेपछि यहाँको गाउँमा खुशी छाएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ का गहते, टाङ्ले र कोकमाडीमा पहिलो पटक बिजुली पुगेपछि स्थानीय ३५ घरधुरीमा खुशियाली छाएको हो । चापाकोट नगरपालिकाको दुर्गममा पर्ने यस ठाउँका बासिन्दा छिमेकी जिल्ला पाल्पाको रामपुर र अर्को छिमेकी जिल्ला तनहुँको भिमाद नगरपालिकाको डुम्रेबँेसीमा बलेको उज्यालो हेरेर रात कटाउनुपर्ने बाध्यतामा रहेको...
-
२०७६ जेठ ६, सोमबार
ल्याण्डफिल्ड साइट नहुँदा बस्ती नजिकै फोहर
तनहुँको भिमाद नगरपालिकामा ल्याण्डफिल्ड लाइटको अभावमा बस्ती नजिकै फोहरमैला फालिँदा स्थानीयवासी मर्कामा परेका छन् । भिमाद बजारमा सङ्कलित फोहरमैला भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानास्थित सेती नदीको तिरमा फालिँदा स्थानीयवासी मर्कामा परेका हुन् । स्थानीयवासी एकबहादुर रानाले फोहर जलाएको धुवाँ र दुर्गन्धले गर्दा यहाँका स्थानीयवासीलाई सास्ती भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नदी छेउमा...
-
२०७६ जेठ ६, सोमबार
महिला तथा बालबालिका हराउने क्रम बढ्दो
बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ । भारत र खाडीमुलुक गएर हराएका प्रदेश नं ५ र ७ कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनको चाङले यसको चित्रण गरेको छ । यहाँको माइती नेपालमा आफन्त...
-
२०७६ जेठ ६, सोमबार
मानवअधिकार संवद्र्धनमा सबैको योगदान आवश्यक
सरोकारवाला विज्ञहरुले मानवअधिकारको संरक्षण र संवद्र्धनका लागि सबै क्षेत्रको योगदान आवश्यक रहेको बताउनुभएको छ । काठमाडौँ जेसिजको ‘जेसिज सप्ताह २०७६’ का सन्दर्भमा यहाँ आयोजित ‘व्यापार र मानवअधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले व्यापार क्षेत्रले पनि मानव अधिकारका लागि महत्वपूर्ण योगदान दिनसक्ने उल्लेख गर्नुभयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले नेपालमा मानव...
-
२०७६ जेठ ६, सोमबार
काङ्ग्रेसद्वारा दुःख व्यक्त
नेपाली काङ्ग्रेसले पार्टीका नेता सर्लाही निवासी रामबालक सिंहको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो । केही समयदेखि पक्षघातबाटपीडित सिंहको आइतबार सर्लाहीको बलरास्थित आफ्नै निवासमा निधन भएको हो । विसं १९८८ मा जन्मनु भएका स्व सिंह विसं २००७ को...
-
२०७६ जेठ ६, सोमबार
तामाङ पक्राउ
महानगरीय अपराध महाशाखाले अपराधमा संलग्न रहेको आरोपमा विष्णु तामाङ ‘काले’ लाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आज विहान टोखामा तामाङलाई पक्राउ गर्न जाँदा उल्टै प्रहरीलाई गोली हान्न खोजेपछि गोली हानेर पक्राउ गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले तामाङलाई पक्रन गएको टोलीलाई उत्टै पेस्तोल देखाएर गोली हान्न खोजेपछि महाशाखाको टोलीले गोली हानेर पक्राउ गरेको जानकारी दिनुभयो...
-
२०७६ जेठ ६, सोमबार
पुर्पुरोमा हात राख्नुपर्ने दिन गए ः मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताउनुभएको छ । रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताउनुभएको हो । केन्द्र, प्रदेश र स्थानीय सरकारले समृद्धिको साझा अभियानमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान चलाएकाले नागरिकको चाहनाअनुसारको विकास हुनेमा जोड दिँदै...
-
२०७६ जेठ ६, सोमबार
चुनावी मतसर्वेक्षणको नतिजा गलत छ – शशी थरुर
भारतीय कङ्ग्रेस पार्टीका वरिष्ट नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको भन्दै त्यसलाई अस्वीकार गर्नु भएको छ । उहाँले आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र विश्वास गर्न सकिने बताउनुभयो । “चुनावी मतसर्वेक्षण सबै गलत रहेको मेरो बुझाई छ । गतसाता अस्ट्रेलियामा सम्पन्न ५६ विभिन्न मतसर्वेक्षण सबै गलत साबित भएका थिए । भारतमा पनि धेरै मानिसले सर्वेक्षकलाई सबै कुरा बताउँदैनन् ।...
-
२०७६ जेठ ६, सोमबार
स्कूट एयरवेजको बिमान चेन्नाईमा आकस्मिक अवतरण
सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको बिमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई बिमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । विमानस्थल अधिकारीहरुले बिमानका पाइलटले बिमानभित्रको कार्गोमा धुँवा देखिएपछि आकस्मिक अवतरण गर्न अनुरोध गरेको बताएका छन् । उक्त बिमान तमिलनाडुको ट्रिचीबाट सिंगापुरतर्फ उडेको थियो । बिमानमा १६१ जना यात्रु र चालक दलका सदस्यहरु सवार थिए । बिमानका सबै यात्रु सकुशल रहेको पनि...
-
२०७६ जेठ ६, सोमबार
ब्राजिलमा गोली चल्यो, ११ जनाको मृत्यु
ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु एक जना गम्भीर घाइते भएका छन् । स्थानीय समय अनुसार अपराह्न ४ बजे सात जना बन्दुकधारी बेलेम शहरको गुआमामा रहेको एक बारमा प्रवेश गरी गोली चलाएका थिए । हत्या भएकाहरुमा छ जना महिला र पाँच पुरुष छन् । प्रहरीले एक जना शंकास्पद बन्दुकधारीलाई पक्राउ गरेको छ ।...


