-
२०७६ जेठ ५, आइतबार
शिक्षकले नपढाउँदा विद्यार्थी विद्यालय छाड्दै
त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा छ शिक्षकको दरबन्दी छ । तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन् । प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका रहेकी उहाँकी श्रीमती छोराको विवाहमा गएको लामो समय बिते पनि अहिलेसम्म विद्यालयमा फर्केका छैनन् । त्यस्तै अर्का शिक्षिका चन्द्ररुपा थापाले फागुनदेखि अहिलेसम्म विद्यालयमा पाइला टेकेका छैनन् । थापाले...
-
२०७६ जेठ ५, आइतबार
पोर्चुगलमा बुद्धको शान्ति सन्देश
युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बन शनिबार बुद्धमय बन्यो । विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको २५६३औँ जन्मजयन्तीको अवसर पारेर नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालय र नेपाली सङ्घसंस्थाको सक्रियतामा यहाँ आयोजित वृहत् शोभायात्राले लिस्बन शहर बुद्धमय बनेको हो । बुद्धको मूर्ति, बुद्ध अङ्कित तस्वीर, बुद्धवाणी र दिव्य उपदेश लिखित प्लेकार्ड, ब्यानर र नेपालको राष्ट्रिय झण्डासहित तामझामका साथ...
-
२०७६ जेठ ५, आइतबार
विप्लवका कार्यकर्ता पक्राउ
नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई डोटी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा प्रकाश थापा रहेका छन् । जिल्लाको बडीकेदार गाउँपालिका–४ भमरास्थित आफ्नै घरमा लुकिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिलगढीमा आज पुर्याएको छ । पक्राउ परेका थापालाई सोधपुछ र बयानपछि आवश्यक...
-
२०७६ जेठ ५, आइतबार
अनियन्त्रित बजारका कारण मानव स्वास्थ्यमा गम्भीर असर
दैनिक उपभोग्य वस्तु अनुगमनको अभाव, बढी उत्पादन गर्ने र धेरै पैसा कमाउने मोहमा कृषकले तरकारी तथा फलफूलमा जथाभावी प्रयोग गर्ने विषादी तथा अनियन्त्रित बजारका कारण मानव स्थास्थ्यमा गम्भीर असर परेको छ । बजारमा उपभोग गर्नका लागि सम्बन्धित कम्पनीले निर्धारण गरेको उपभोग्य म्याद नाघेका खाद्य पदार्थ, कृषकले विषादी प्रयोग गरी उत्पादन गरेका तरकारी तथा फलफूललगायत विना मापदण्ड खुलारुपमा बजारमा बिक्री भइरहेका...
-
२०७६ जेठ ५, आइतबार
गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा
पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो । गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट शुरु गरिएको नपा उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, “...
-
२०७६ जेठ ५, आइतबार
यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न आग्रह
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो । महासङ्घले आज सूचना प्रकाशित गरी कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ थप गरिएको १ क अनुसार कम्पनी...
-
२०७६ जेठ ५, आइतबार
कर्णालीमा गणतन्त्र दिवसको तयारी
कर्णाली प्रदेश सरकारले ‘गणतन्त्र दिवस–२०७६’ लाई भव्यरूपमा मनाउन तयारी शुरु गरेको छ । ‘गणतन्त्र दिवस–२०७६’ लाई प्रभावकारी बनाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शनिबार बसेको बैठकले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समितिसमेत गठन गरेको छ । समितिमा सरकारका अङ्गका रूपमा स्थापित सबै निकायका उच्चपदस्थहरू रहनेगरी मुख्यमन्त्री शाहीको अध्यक्षतामा...
-
२०७६ जेठ ५, आइतबार
रुकुम पश्चिममा आजबाट हात्तीपाइलेको सर्वेक्षण
रुकुम पश्चिममा आजबाट हात्तीपाइले रोगको सर्वेक्षण हुने भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत जिल्लामा हात्तीपाइलेको अवस्था के छ भनेर पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्वेक्षण गर्न लागेको हो । नमूनाका रूपमा जिल्लाका १२ विद्यालयका कक्षा १ र २ मा अध्यनरत छरसात वर्ष उमेरका ३८७ बालबालिकामा हात्तीपाइले रोगको सर्वेक्षण गरिने महाशाखाले जनाएको छ । जिल्लामा जेठ...
-
२०७६ जेठ ५, आइतबार
बस्तीमा खानेपानी पुगेन
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका स्थानीय बासिन्दाका घर नजिकै सार्वजनिक धारा बनाइएका छन् तर, स्थानीय बासिन्दाले अझै हातेपम्पकै आर्सेनिक र आइरनयुक्त पानी पिउनुपरेको छ । फुलेली खानेपानी आयोजना निर्माण भएको २४ वर्ष बितेको छ । आयोजना निर्माण भएपछि दुईपटक मर्मतसमेत भएको छ । अझै पनि धारामा पानी आइपुगेको छैन । आयोजनाको दुईपटक उद्घाटन गरिए पनि धारामा एक थोपा पानी पाउन नसकिएको स्थानीयवासी...
-
२०७६ जेठ ५, आइतबार
योजना स्तरीय र दिगोपना हुनुपर्नेमा जोड
स्थानीय तहका योजना निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु गरिएको छ । दशरथचन्द नगरपालिकाका ११ वटै वडामा जनप्रतिनिधि र योजना छनोट प्रक्रियामा सहभागी समुदायका अगुवाका लागि अझिमुखीकरण कार्यक्रम शुरु गरिएको हो । रेडत्रस बैतडीले सञ्चालन गरेको योजना तर्जुमा गोष्ठीमा सहभागीले योजना छनोट गर्दा स्तरीय र दिगोपना ल्याउने खालका योजना बनाउन सक्षम बनाउन अझिमुखीकरण कार्यक्रम गरिएको रेडत्रसका कार्यक्रम अधिकृत...
-
२०७६ जेठ ५, आइतबार
घुम्टेको काखमा घरबास शुरु
बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा सामुदायिक घरबास होमस्टे शुभारम्भ गरिएको छ । कला संस्कृतिले भरिपूर्ण पाण्डवखानी हुँदै जिल्लाको प्रसिद्ध पर्यटकीयस्थल घुम्टेको धूरी पुग्ने पर्यटकलाई लक्षित गरी ‘सिद्धथान सामुदायिक घरबास’ सञ्चालनमा ल्याइएको हो । घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खान, बस्नको समस्या भएका कारण घरबासको अवधारणा ल्याइएको सामुदायिक घरबासले जनाएको छ । सिद्धथान सामुदायिक...
-
२०७६ जेठ ५, आइतबार
हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य
झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक सामग्री अनिवार्यरूपमा राख्नुपर्ने नियम लागू गरेको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरभित्रका सबै आवासीय तथा व्यावसायिक पक्की घरमा अग्निप्रतिरोधात्मक सामग्री राख्नुपर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको इजाजत लिएर बनाइएका घरमा...


