-
२०७६ जेठ ६, सोमबार
राष्ट्र बैंकको निर्देशनः एटिएम मेसिनमा नेपाली भाषा राख
तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ रु साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला । निरक्षर, कम अध्ययन भएका वा अङ्ग्रेजी भाषा नजान्नेका लागि एटिएमको प्रयोग कसरी गर्ने भन्नेमा नै समस्या हुने गरेको छ । उपभोक्ताको समस्यालाई समाधान गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र...
-
२०७६ जेठ ६, सोमबार
शेयर बजार नौ अङ्कले घट्यो
धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९।१३ बिन्दुले घटेर एक हजार ३०७।७१ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।९९ बिन्दुले घटेर २७९।८० मा घटेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता शेयर रु एक अर्ब २२ करोड पाँच लाख सात हजार ४८५ मूल्यमा खरीद...
-
२०७६ जेठ ६, सोमबार
मौरीको घार वितरण
विदुर नगरपालिकाले नगरका मौरी व्यवसाय गर्ने किसानलाई आज मौरीको एक सय नौ घार वितरण गरेको छ । नगरपालिकाका १३ वटा वडामध्ये २, १० र ११ का किसानलाई कृषि अनुदान ५० प्रतिशतमा घार वितरण गरेको हो । उपप्रमुख गीता दाहालले नगरपालिकाले किसानलाई मौरीको घार र उन्नत जातका मौरी पनि संँगै दिएको जानकारी दिनुभयो । “किसानहरुलाई व्यावसायिक बनाउन पनि यस्ता कार्यक्रमको आवश्यकता रहेको थियो, उहाँले भन्नुभयो, “यसरी...
-
२०७६ जेठ ६, सोमबार
सीमा आक्रमणमा सातको मृत्यु
मालीको बुर्किना फासोसँगैको सीमा क्षेत्रमा भएको एक आक्रमणमा परी सात व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा परी चार सर्वसाधारण, दुई प्रहरी र एक सीमा शुल्क विभागका अकृधितको मृत्यु भएको सुरक्षा र सरकारी स्रोतले सोमबार जानकारी दिएको छ । मालीको कोउरीमा रहेको सीमाचौकीमा आइतबार राति सशस्त्र हतियारधारीहरु सो आक्रमण गरेका स्थानीय प्रहरीले जानकारी दिएको छ । आक्रमण गर्ने ती व्यक्तिहरुको परिचय भने खुल्न सकेको...
-
२०७६ जेठ ६, सोमबार
अध्ययन गर्नका लागि बालबालिकाले काफल बेच्दैं
रोल्पा नगरपालिका–८ जङ्कोटका १२ वर्षीय सीता वली शुक्रबार बेलुका काफल टिप्न जान्छिन् । टिपेको काफल बिक्रीका लागि शनिबार बिहानै उनी सदरमुकामतर्फ लाग्छिन् । उनको घर जङ्कोटदेखि सदरमुकाम लिवाङ पुग्न करीब तीन घण्टाको पैदलयात्रा हिँड्नुपर्छ । “काफलको सिजन हो, अहिले म प्रत्येक शुक्रबार यसरी नै काफल टिप्न जान्छु र शनिबार बजारमा लगेर बिक्री गर्छु”, उनले भनिन् । उनीसँगै काफल बेच्न आएकी सोही ठाउँकी कक्षा– ८...
-
२०७६ जेठ ६, सोमबार
अवैध रुपमा द्वन्द्वरत मुलुकमा जाने क्रम रोकिएन
वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित तथा सुरक्षित बनाउन भन्दै सरकारले विभिन्न गन्तव्य मुलुकसँग द्विपक्षीय समझदारी गरेपनि अझै कामको खोजीमा अवैध तरिकाबाट विदेशिने प्रवृत्तिको अन्त्य हुनसकेको छैन । आकर्षक सेवा सुविधा पाउने आशामा अहिले पनि दलालको प्रलोभनमा भारत हुँदै तेस्रो मुलुक जाने नेपालीको सङ्ख्या दिनप्रतिदिन बढ्दो रहेको छ । अवैधानिक प्रक्रियाबाट विभिन्न मुलुक जाने नेपालीको यथार्थ सङ्ख्या...
-
२०७६ जेठ ५, आइतबार
तीन साहित्यकार पुरस्कृत
स्याङ्जा साहित्य प्रतिष्ठानले शनिबार तीन साहित्यकारलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले स्याङ्जाको भीरकोट–१ बयरघारीमा आयोजना गरेको स्रष्टा सम्मान तथा विशेष रचनावाचन कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, खगेन्द्र गिरी र अग्निकुमार पल्लवलाई पुरस्कृत गरेको हो । प्रतिष्ठानले ‘कालीगण्डकी साहित्य कला पुरस्कार २०७५’ बाट प्राज्ञ दधिराज सुवेदी, ‘यानिती गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट बाँके नेपालगञ्जका...
-
२०७६ जेठ ५, आइतबार
बङ्गलादेशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने राजदूत आम्स
नेपालका लागि बङ्गलादेशका राजदूत फास्फी विन्ते आम्सले आफ्नो देशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने बताउनुभएको छ । एभरेष्ट एजुकेशन फाउण्डेशन प्रालि विराटनगरले बङ्गलादेशका कम्पनीबाट उत्पादित स्टिल स्ट्रक्चर प्रविधिबाट बनाउँदै गरेको भवनको शनिबार यहाँ अवलोकन गर्दै राजदूत आम्सले पछिल्लो समयमा बङ्गलादेशले आर्थिक वृद्धिदर र विकासमा उत्कृष्ट कार्य गरेको जानकारी दिनुभयो । उहाँले प्रदेश नं १ र...
-
२०७६ जेठ ५, आइतबार
चार वडा कार्यालयको भवन निर्माण शुरु
नुवाकोटको बेलकोटगढी नगरपालिकाले चालू आर्थिक वर्षमा चार स्थानमा नयाँ वडा कार्यालयको पक्की भवन निर्माण शुरु गरेको छ । नयाँ निर्माण गरिने वडा कार्यालयमध्ये दुई स्थानको भवनको निर्माण अघि बढाइएको छ । सङ्घीयता कार्यान्वयनअन्तर्गत राज्य पुनःसंरचनाको क्रममा जिल्लाका विभिन्न छ साविकका गाउँ विकास समितिलाई समावेश गरेर निर्माण भएको नगरपालिका भएकाले भौतिक संरचना अभावमा गुज्रिएको छ । संरचना अभाव भोग्दै आएको...
-
२०७६ जेठ ५, आइतबार
करेन्ट लागेर युवकको मृत्यु
महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–४ गुलरिया गाउँ बस्ने राजाराम महतोका छोरा १८ वर्षीय शङ्कर महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । शनिबार साँझ आफ्नै घर नजिकै रहेको खेतमा पानी तान्ने मोटरबाट पानी लगाउने क्रममा अचानक मोटरको तारबाट करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो...
-
२०७६ जेठ ५, आइतबार
त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते
झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी...
-
२०७६ जेठ ५, आइतबार
आयुर्वेद स्वास्थ्य शिविरमा तीन सय बढीले सेवा लिए
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले सातै प्रदेशमा सञ्चालन गरेको नागरिक आरोग्य कार्यक्रमअन्तर्गत शनिबार बबई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँमै विशेषज्ञ सेवाका साथै औषधिसमेत निःशुल्क पाउने भएपछि स्थानीयवासीको निकै बाक्लो उपस्थिति थियो । आयुर्वेद चिकित्सा महाशाखा प्रमुख डा मनकर्ण थापाले शिविरमा ३०० बढी बिरामीको जाँच र औषधि वितरण गरिएको जानकारी दिनुभयो । शिविरमा धेरैजसो...


