-
२०७६ जेठ ६, सोमबार
न्यूयोर्कका नेपाली कविका एउटै पुस्तक
अमेरिकाको न्यूयोर्कमा रहेर नेपाली साहित्यमा सक्रिय कविका कविताको संयुक्तसङ्ग्रह प्रकाशन भएको छ । व्याकुल पाठक र किशनसिंह धामीले सम्पादन गरेको ‘न्यूयोर्कका नेपाली कवि र कविता’ कृतिको विमोचन न्युयोर्कको ज्याक्सन हाइट्समा शनिबार गरियो । कार्यक्रममा ज्योतिकुमार श्रेष्ठ, पुष्कर बराल, पुनम काफ्ले, शकुन ज्ञवाली, राजेन्द्र श्रेष्ठ, पद्मा लिंखा मगर, आनन्द श्रेष्ठ, पुष्पा अधिकारी, कमला प्रसाईं, लक्ष्मी...
-
२०७६ जेठ ६, सोमबार
वन वातावरण र भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा
प्रतिनिधिसभाको आजको बैठकमा वन, वातावरण संरक्षण र भूमि सम्बन्धी आठौँ संशोधन विधेयक, २०७५ पेश भएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वन विधेयक, २०७५’ र ‘वातावरण संरक्षण विधेयक, २०७५’ एवं भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘भूमि सम्बन्धी आठौँ संशोधन विधेयक, २०७५’ सदनमा पेश गर्नुभयो । वन र वातावरण संरक्षण विधेयक प्रस्तुत गर्नुहुँदै मन्त्री बस्नेतले...
-
२०७६ जेठ ६, सोमबार
बालसघन उपचार कक्ष सञ्चालनमा ल्याइने
भरतपुर अस्पतालले बालसघन उपचार कक्ष सञ्चालनमा ल्याउने भएको छ । अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले बालसघन उपचार कक्ष स्थापना गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै बालसघन उपचार कक्षको अभावमा उपचार सम्भव नभएपछि एक महीनादेखि १४ वर्ष उमेर समूहका धेरै बालबालिकालाई अन्यन्त्र पठाउनुपरेको जानकारी दिनुभयो । उहाँले बालसघन उपचार कक्ष स्थापनाका लागि चाँडै नै आवश्यक प्रक्रिया...
-
२०७६ जेठ ६, सोमबार
आलेख ः मानसरोबर जाने मार्ग अब नेपालगञ्ज
कैलाश मानसरोवर पुग्न चाहने तीर्थालुहरुका लागि हिजोआज नेपालगञ्ज केन्द्र बन्न थालेको छ । नेपालगञ्जमा पर्यटकको ओइरो लाग्न थालेपछि यहाँ एक पछि अर्को नयाँ होटलहरु बनिरहेका छन् । पर्यटनसँग सम्बन्धित अनेक व्यवसाय चम्किएका छन् । लाग्छ, नेपालगञ्जमाथि कैलाशपति महादेवको बरदान वर्षिएको छ । नेपालगञ्जको भाग्य चम्किनुको अर्को कारण हो, मुगुको राराताल । यो ताल हेर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको प्रवेशद्वार...
-
२०७६ जेठ ६, सोमबार
ट्राफिक नियम उल्लङ्घनको राजश्व अनलाइनमार्फत
ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था ल्याउन लागेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चालकलाई सजिलोका लागि अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था गर्न लागेको हो । महाशाखाका प्रमुख, प्रहरी वरीष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कारवाहीमा परेका चालकको सहजताका लागि साउनदेखि अनलाइनमार्फत राजश्व तिर्न...
-
२०७६ जेठ ६, सोमबार
सार्वजनिक खरीद नियमावलीप्रति महासङ्घको आपत्ति
स्वदेशी निर्माण व्यवसायीलाई पेशाबाटै पलायन गर्ने गरी हालै सरकारले जारी गरेको सार्वजनिक खरीद छैठौँ संशोधन नियमावली २०७५ का केही बुँदाप्रति नेपाल निर्माण व्यवसायी महासङ्घले आपत्ति जनाएको छ । महासङ्घलगायत यससँग प्रत्यक्ष सरोकार भएका निकायको राय सुझावलाई बेवास्ता गर्दै जारी भएको नियमावलीका केही बुँदाले स्वदेशी व्यवसायीलाई पेशाबाटै विस्थापित गर्ने र विदेशी व्यवसायीलाई प्राथमिकता दिने महासचिव रोशन...
-
२०७६ जेठ ६, सोमबार
उन्नत जातको धानको बीउ वितरण
रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । रामपुर नगरपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको हो । किसानको निवेदन मागको आधारमा आधुनिक कृषिखेती कार्यक्रम अन्तर्गत एक कृषि सहकारी, आठ किसान समूह, ८१ जना किसानलाई धानको बीउ वितरण गरिएको हो । शाखाले धान उत्पादन वृद्धि गराउने उद्देश्यले चार हजार ९०० केजी सावित्री, आठ सय ७५ केजी रामधान र आठ सय ७५ केजी सावा मन्सुली...
-
२०७६ जेठ ६, सोमबार
दुई लाख ५६ हजार राजश्व सङ्कलन
अस्थायी ट्राफिक प्रहरी पोष्टले जिल्लामा सवारी नियम उलङ्घन गर्ने १७० सवारी चालकबाट जरिवानाबापत २५६ हजार राजश्व सङ्कलन गरेको छ । जरिवानाबापत फागुनमा रु ७५ हजार ५००, चैतमा रु ८६ हजार ५०० र वैशाखमा रु ९४ हजार सङ्कलन गरिएकोे उक्त पोष्टले जनाएको छ । उक्त पोष्टमा एक प्रहरी सहायक निरीक्षक, एक प्रहरी हवल्दार र तीन प्रहरी जवान गरी पाँच प्रहरी कार्यरत छन् । ट्राफिक प्रहरीले पटकपटक हुने सवारी नियम...
-
२०७६ जेठ ६, सोमबार
व्यावसायिक एभोकाडा खेती
पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकामा पहिलोपटक एभोकाडाको व्यावसायिक खेती शुरु भएको छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको र स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिने एभोकाडाको खेतीमा किसानलाई आर्कषित गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक तथा मञ्जुश्री नर्सरी हाउसको व्यवस्थापनमा बाबियाचौरमा तीन दिने एभोकाडाखेती सम्बन्धी तालीमपछि किसानले यसको खेती शुरु गरेका हुन् । किसानलाई...
-
२०७६ जेठ ६, सोमबार
सिरियामा हवाई आक्रमण दश सर्वसाधारण मारिए
सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा रुसको नेतृत्वमा सिरियाली शासकले गरेको हवाई आक्रमणमा परी कम्तीका १० सर्वासधारण मारिएका छन् । मारिएका यी व्यक्तिहरुमा पाँच बालबालिका रहेका एक मानव अधिकार समूहले सोमबार जानकारी दिएको छ । रुसले इद्लिबमा युद्धविराम भएको घोषणा गरेको केही समयपछि नै हवाई आक्रमण भएको थियो । सरकारी सुरक्षा बल र जिहादी समूहबीच भएको भीषण झडपपछि सो हवाई आक्रमण भएको सिरियाली अब्जरभेटरी...
-
२०७६ जेठ ६, सोमबार
गाउँमा सरुवा रोगको प्रकोप ः चिकित्सक र औषधि अभाव
बाँकेका अति दुर्गम मानिएका केही गाउँमा अहिले झाडापखाला र कमलपित्त ९जण्डिस० लगायत सरुवा रोगको प्रकोप फैलिएको छ । खयरभट्टी, चुनभट्टी, महेशपुरलगायत केही गाउँमा अहिले झाडापखाला र कमलपित्त रोगको प्रकोप देखिएको हो । केही सातादेखि विभिन्न रोगको प्रकोप फैलिएपछि यहाँका आधा दर्जन गाउँका मानिस प्रभावित भएका छन् । झाडापखाला, कमलपित्तलगायत रोग लागेका बिरामीको सङ्ख्या धेरै भएको स्थानीयवासीले बताउनुभयो ।...
-
२०७६ जेठ ६, सोमबार
उद्योगी तथा व्यापारीलाई कर शिक्षा
यहाँका व्यापारीलाई कर शिक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको छ । जुम्लास्थित करदाता सेवा कार्यालयले जिल्लाका उद्योगी तथा व्यापारीलाई कर तिर्ने व्यवस्थासहित विभिन्न प्रक्रियाबारे जानकारी गराएको हो । उक्त कार्यालयका प्रमुख हिमालय बमले करको परिभाषा, कर सङ्कलनको व्यवस्था, करका प्रकारलगायत अन्य व्यवस्थाबारे जानकारी गराउनुभएको थियो । कर नै राज्यलाई बलियो बनाउने आधार भएकाले कुनै पनि व्यवसायको...


