STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ ३, शुक्रबार

    बुद्धस्थल कुदानबाट म्याराथन दौड

    बुद्ध जयन्तीको अवसरमा गौतमबुद्धको गृहनगर कपिलवस्तुमा मिनी म्याराथन दौड प्रतियोगिता आज सम्पन्न भएको छ । शाक्यमुनि सिद्धार्थ गौतमले  ज्ञान प्राप्त गरेपछि पहिलो पटक आफ्ना मातापितालाई भेट गरेको प्राचीनस्थल निग्रोधाराम कुदान बाट जिल्ला प्रशासन चोकसम्म करीब ४ किमीसम्म धावकहरु सहभागी भएका थिए ।  प्रतियोगितामा विद्यालयतर्फबाट वाणगङ्गा मावि लौगाइका अजय पाण्डे पहिलो, कनकमुनि मावि जगदीशपुरका श्यामसुन्दर...

  • २०७६ जेठ ३, शुक्रबार

    विकासका राम्रा पक्ष सिक्न राजनीतिक विचारसँग तर्सिनु पर्दैनः परराष्ट्रमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलसहित गत वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण पूरा गर्नुभएको छ ।  सो सन्दर्भमा रासस प्रतिनिधि दीपेन्द्र अधिकारीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग गर्नुभएको अन्तर्वार्ताको सङ्क्षिप्त विवरण ः सर्वप्रथम यो भ्रमण नेपालको प्रधानमन्त्रीको स्तरबाट भएको र पहिलो र ऐतिहासिक भ्रमण हो । यसका मुख्य उद्देश्य केके थिए रु यो...

  • २०७६ जेठ ३, शुक्रबार

    आकर्षक गन्तव्य बन्दै मत्स्य विकास केन्द्र

    माछाको उत्पादन तथा बिक्री वितरण गर्दै आएको हेटौंडाको ‘माछा प्लान’ भनेर चिनिने प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रमा अचेल पर्यटकहरुको घुइचो लाग्न थालेको छ । हेटौंडा उपमहानगरपालिकाले केही लाख मात्र खर्च गरेर आकर्षक सडक पेटी बनाई फूलहरुसमेत रोपिदिनाले दैनिक ५०० को हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ घुम्न र रमाउन आउन थालेका हुन् । चितवनको सौराहा, मकवानपुरको दामन पालुङ्ग,...

  • २०७६ जेठ ३, शुक्रबार

    व्यावसायिक कृषि खेतीमा अग्रसर हुँदै खजुरा

    खजुरा गाउँपालिकाका किसान अहिले पराम्परागत खेतीलाई छाडेर क्रमशः व्यावसायिक खेतीतर्फ अग्रसर हुँदै आएका छन् । व्यावसायिक खेतीका लागि गाउँपालिकाले खेतीको पकेट क्षेत्र छट्याउनुका साथै यस वर्षका लागि रु ४० लाख बजेट विनियोजन गरेको अध्यक्ष किस्मतकुमार कक्षपति बताउनुभयो ।    गाउँपालिकाले स्थानीय तहमा आएको बजेटको निश्चित रकम विषयगत सेवाअन्तर्गत कृषिमा छुट्याएर खर्च गर्ने गरेको कृषि शाखा प्रमुख सुरेन्द्र...

  • २०७६ जेठ ३, शुक्रबार

    न्यूरोडमा सवारी पार्किङस्थल बनाइँदै

    स्थानीयको विरोधकाबीच नेपालगञ्ज उपमहानगरपालिकले न्यूरोडको सडकबीचको ग्रिनरी डिभाइडरलाई दुई पाङ्ग्रे सवारी पार्किङस्थल बनाउने कामजारी राखेको छ ।  उक्त कार्यका लागि अहिले धमाधम रातो रङको सिमेन्ट टायल बिच्छाउने कार्य भइरहेको छ । बीचमा भएका पुराना बिरुवालाई यथास्थितिमै छोडेर खाली ठाउँमा साइकल र मोटरसाइकल पार्किङ गराउने उपमहानगरपालिकाको योजना छ । न्यूरोडलाई ‘सौन्दर्य अभिवृद्धि’ गर्ने भन्दै बिरुवाको...

  • २०७६ जेठ ३, शुक्रबार

    त्रिशूली थ्री ‘ए’ले आजदेखि परीक्षण उत्पादन शुरु गर्ने

    रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्री ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि परीक्षण उत्पादन गर्ने भएको छ ।आयोजना निर्माणसँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएसँगै बिहीबार गरिएको उत्पादन परीक्षण सफल देखिएपछि आज साँझ ५ बजेदेखि परीक्षण उत्पादन शुरु गर्न लागिएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको पहिलो युनिट ३०...

  • २०७६ जेठ २, बिहिबार

    विद्युत् चुहावट गर्नेलाई कारवाही

    केन्द्रले सोही अवधिमा अनधिकृतरूपमा विद्युत् चुहावट गर्ने ११७ ग्राहकलाई कारवाही गरेको छ । वितरण केन्द्रले कारवाहीबाट रु पाँच लाख ८८ हजार ८१२ असुल गरेको छ । मिटर वाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्नेरबिगार्नेलाई कारवाही गरिएको केन्द्रले जनाएको छ । विद्युत् चुहावट नियन्त्रण कार्यअन्तर्गत बन्द भएका, बिग्रिएका, मिटर फेर्ने, मिटरको छड्के निरीक्षण...

  • २०७६ जेठ २, बिहिबार

    संस्कृतिको अधिकतम उपयोग गरौँ मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल संस्कृतिले धनी भएकाले संस्कृतिलाई पर्यटनमा जोडेर भरपुर उपयोग गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ । “संस्कृतिको उचित उपयोग गर्न सके अर्थोपार्जनका लागि कसैसँग हात थाप्न पर्दैन”, उहाँले भन्नुभयो । घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका–१० पाण्डवखानीले आयोजना गरेको ३३औँ वार्षिकोत्सव, २५६३औँ बुद्ध जयन्ती तथा वैशाखे...

  • २०७६ जेठ २, बिहिबार

    सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का फ्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताउनुभएको छ । नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गर्नुभयो । “भर्खरै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम समाजवादोन्मुख छ”,...

  • २०७६ जेठ २, बिहिबार

    सामुदायिक विद्यालयमा ९८ प्रतिशत बालबालिका

    दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा ९८ प्रतिशत स्थानीय बालबालिका अध्ययन गर्ने गरेका छन् । समय–समयमा विद्यालयप्रति वडा कार्यालयको जागरुकता, विद्यार्थी भर्ना अभियानमा गाउँपालिकाको विभिन्न प्रयास, लगनशीलता र सफलताका साथै अभिभावकमा गुणस्तरीय शिक्षाको प्रभावकारिता रहँदा त्यहाँका सामुदायिक विद्यालयप्रति स्थानीयवासीको मोह बढेको हो । यस गाउँपालिकाभित्र २८ विद्यालय छन्, जसमा...

  • २०७६ जेठ २, बिहिबार

    पाल्पालाई चिनाउने ढाका र करुवा बनाउने व्यवसाय धरापमा

    छुट्टै पहिचान दिएको पाल्पाली ढाका तथा करुवाको जिल्ला भनेर चिनिने पाल्पामै ढाका बुन्ने र करुवा बनाउने व्यवसाय धरापमा परेको छ । पाल्पाको तानसेन नगरपालिका–६ की पूर्णमाया महर्जनले आफूले शुरुआत गरेको ढाकाका कपडा बनाउने व्यवसाय पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको बताउनुभएको छ । विसं २०१५ देखि ढाकाका कपडा बुन्न आफूले शुरुआत गरेको पेशा पछिल्लो समय छिमेकी देश भारतबाट आउने कपडाले पहिचान मेटाउन थालेको...

  • २०७६ जेठ २, बिहिबार

    देवघाट क्षेत्र विकास समितिद्वारा रु १० करोड माग

    देवघाट क्षेत्र विकास समितिले आगामी आर्थिक वर्ष २०७६र७७ का लागि रु १० करोड ८८ लाख ३० हजार बजेट माग गरेको छ । गुरुयोजनाअनुसार काम गर्न र देवघाटको बृहत्तर विकासका लागि सो बजेट माग गरिएको देवघाट क्षेत्र विकास समितिले बुधबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । चालू आर्थिक वर्षमा देवघाट क्षेत्र विकासमा विनियोजन भएको बजेट निकै न्यून भएको र त्यसले परिणाम दिने खालको काम हुननसकेको भन्दै...

Pages