-
२०७६ बैशाख ३०, सोमबार
बाढी पीडितका लागि नमूना बस्ती शिलान्यास
सुनसरीको रामधुनी नगरपालिका–८ मा निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सन ले नमूना बस्ती निर्माण गर्ने भएको छ । प्याब्सन केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरीसहितको नमूना बस्ती निर्माण गर्न लागेको हो । सो बस्ती निर्माणको आइतबार सङ्घीय सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिलान्यास गर्नुभयो । सो अवसरमा कृषि तथा पशुपक्षी राज्यमन्त्री...
-
२०७६ बैशाख ३०, सोमबार
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
तौलिहवा जितपुर सडकखण्डको निग्लिहवाकोटमा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु भएको छ । गए राति करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गर्दा लु ९ प ४६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका– ६ का शेषराम यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । मोटरसाइकललाई कुनै ठूलो सवारी...
-
२०७६ बैशाख ३०, सोमबार
सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण
नेपाली सेनाको सहयोगमा निर्मित पक्की मञ्च सप्तरीको तरहीमा एक विद्यालयलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको भीमदल गणद्वारा निर्माण गरिएको उक्त पक्की मञ्च विद्यालयलाई हस्तान्तरण गरिएको हो । डाकनेश्वरी नगरपालिका–३ तरहीस्थित जनता माविको हाताभित्र निर्मित पक्की मञ्च भीमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कँुवरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभानन्द रायलाई एक कार्यक्रमका बीच हस्तान्तरण...
-
२०७६ बैशाख ३०, सोमबार
त्रियुगा नदीको कटान नियन्त्रण गर्न बाँध निर्माण शुरु
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित गाईघाट बसपार्क क्षेत्र र आर्यघाट क्षेत्रको त्रियुगा नदीदेखि वडा नम्बर १३ विषणपुरसम्मको झण्डै दुई किलोमिटर क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न बृहत् बाँध निर्माण कार्य शुरु भएको छ । नेपाल सरकार जलउत्पन्न प्रकोप विभागको झण्डै रु दश करोड बजेटबाट यस क्षेत्रमा विभिन्न उपभोक्ता समिति गठन गरेर धमाधम बाँध निर्माण कार्य शुरु गरिएको वडा नम्बर १२ का वडाध्यक्ष...
-
२०७६ बैशाख ३०, सोमबार
मुस्ताङमा पर्यटकको चाप बढ्दै
मुस्ताङका गन्तव्यस्थलमा पर्यटकको चाप बढेको छ । होटल पाहुनाले भरिभराउ छन् । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । विदेशी पर्यटकमध्ये बढी भारतीय छन् । पदयात्रामा रमाउनेदेखि मुक्तिनाथ दर्शनका लागि पर्यटक मुस्ताङ आएका छन् । मुक्तिनाथ क्षेत्र धार्मिक पर्यटनको प्रसिद्ध गन्तव्य हो । म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाइमार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या बढी छ । यस्तै अन्नपूर्ण संरक्षण...
-
२०७६ बैशाख ३०, सोमबार
कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकले गरेका निर्णय परिपक्व बनाउन खोजिएकाले सार्वजनिक गर्न ढिलाइ भएको मन्त्री केसीले बताउनुभयो । उहाँका अनुसार...
-
२०७६ बैशाख ३०, सोमबार
प्रदेशसभाको बैठकमा पूर्वबजेटबारे छलफल हुने
प्रदेश नं ३ को प्रदेशसभाको चौंथो अधिवेशन बैठक आज अपरान्ह १ बजेदेखि शुरु हुने भएको छ । प्रदेश नं ३ प्रदेश सरकारको आव। ०७६÷७७ का लागि प्रस्तुत हुने पूर्व बजेटको विभिन्न शीर्षकका मस्यौदाबारे जेठ १ गते बस्ने बैठकमा छलफलका लागि प्रस्तुत गरिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आज रासससँगको कुराकानीमा बताउनुभएको हो । उहाँका अनुसार बैठकमा आगामी जेठ दोस्रो हप्तामा प्रदेश सरकारको नीति...
-
२०७६ बैशाख ३०, सोमबार
मुक्त हलियाका महिला व्यावसायिक बन्दै
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की भागरथी लुहारले सिलाइ कटाइको तालीम लिएपछि यसैलाई व्यावसायिक पेशा अँगाल्ने योजना बनाउनुभएको छ । परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन उहाँले तालीमपश्चात् निःशुल्करूपमा पाउनुभएको सिलाइ मेसिन पाएपछि यसैलाई पेशा बनाउने योजना बनाउनुभएको हो । भारतमा होटेलमा काम गर्ने श्रीमान्को कमाइले उहाँको पारिवारिक खर्च मुस्किलले चल्ने गरेको छ । “श्रीमान् एक्लैको कमाइले परिवार...
-
२०७६ बैशाख ३०, सोमबार
लाभग्राहीको क्षतिग्रस्त घरको पुनःसर्वेक्षण शुरु
जिल्लामा भूकम्पीय आवास अनुदान लिनबाट वञ्चित क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट घरमा क्षति पुगे पनि निजी आवास अनुदान लिन छुट भएका पीडितको क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको हो । दश स्थानीय तह रहेको जिल्लाका ७९ वडा कार्यालयमा प्राप्त गुनासोकर्ताको निवेदनका आधारमा क्षतिग्रस्त घरको पुनःसर्वेक्षण...
-
२०७६ बैशाख ३०, सोमबार
औद्योगिकीकरणलाई बजेटमा प्राथमिकता दिन माग
आगामी आर्थिक वर्षको बजेटमा विकास निर्माण र औद्योगिकीकरणलाई प्राथमिकता दिनुपर्नेमा सङ्घीय सांसदहरुले जोड दिनुभएको छ । सङ्घीय संसद्, राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले पेश गर्नुभएको आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक० सम्बन्धी छलफलमा भाग लिँदै सांसद भैरवसुन्दर श्रेष्ठले प्रस्तुत नीति तथा कार्यक्रमले जनताको आकांक्षालाई...
-
२०७६ बैशाख ३०, सोमबार
लागुऔषधसहित ६ पक्राउ
जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित ६ युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीचौकी खिरौनाबाट खटिएको टोलीले चेकजाँचका क्रममा चार जनालाई पक्राउ गरेको छ । उहाँहरुको साथबाट नाइट्रोभेट २१ ट्याप्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । यस्तै इलाका प्रहरी कार्यालय महेशपुर पतारीको टोलीले लक्ष्मीपुर पतारी गाउँपालिका– ३...
-
२०७६ बैशाख ३०, सोमबार
एक सय २५ जना पक्राउ
नेपाल प्रहरीले काठमाडौँका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर अनैतिक क्रियाकलाप गर्न खोज्ने १२५ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक...


