STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख २९, आइतबार

    सामुदायिक विद्यालयमा समस्याका चाङ

    सरकारले आगामी १० वर्षभित्र संस्थागत विद्यालय मुनाफारहित तवरले सञ्चालनमा ल्याउने योजनासमेत सार्वजनिक गरेपनि सामुदायिक विद्यालयमा भने अझै सुधारको सङ्केत देखिएको छैन । चितवनका सामुदाय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले भने सरकारी विद्यालयमा समस्या चाङ रहेको गुनासो गरेका छन् । चितवन क्षेत्र नं २ ९ख० का सांसद विजय सुवेदीले आफ्नो क्षेत्रमा रहेका सामुदायिक विद्यालय व्यवस्थापन...

  • २०७६ बैशाख २९, आइतबार

    कास्कीमा कुष्ठरोगी घट्दै

    कास्कीमा कुष्ठरोगीको सङ्ख्या क्रमिकरूपमा घट्दै गइरहेको छ । नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्करूपमा औषधि उपलब्ध गराउनुका साथै समयमा उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराइएपछि रोगीको सङ्ख्या क्रमिकरूपमा घट्दै गइरहेको छ । स्वास्थ्य कार्यालय कास्कीको तथ्याङ्कअनुसार जिल्लामा २३ कुष्ठरोगी नियमितरूपमा औषधि सेवन गरिरहेका छन् । गत आर्थिक बर्षमा १० हजार...

  • २०७६ बैशाख २९, आइतबार

    कृषि हाट बजारको निर्माण शुरु

    स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्ने र उपभोक्तलाई सुपथ मूल्यमा कृषिजन्य वस्तु उपलब्ध गराउने उद्देश्यले बागलुङ बजारमा कृषि हाट बजारको निर्माण शुरु भएको छ ।   आम उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक कृषि उपजहरु उपलब्ध गराउने र किसानको खेतबारीबाट खरिद गरेर सोझै बजारसम्म पु¥याउने लक्ष्यले बागलुङ नगरपालिकाको पहलमा सो हाट बजार निर्माण गर्न लागिएको हो ।  बजार निर्माणका लागि नगरपालिकाले पहिलो चरणमा रु...

  • २०७६ बैशाख २९, आइतबार

    अत्यधिक गर्मीले विद्युतीय सामग्रीको ब्यापार बढ्यो

    नेपालगञ्जमा गर्मी अत्यन्तै बढेको छ । शनिबार यहाँको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगञ्जका अनुसार शनिबार यहाँका अधिकतम तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।  कार्यालयका मौसम विज्ञान सहायक योजना बस्ताकोटीले भन्नुभयो, “शनिबार नेपालगञ्जमा यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरियो । जुन अघिल्ला वर्षको यही अवधिको तापक्रमभन्दा धेरै हो...

  • २०७६ बैशाख २९, आइतबार

    दोषीलाई कारवाहीको माग

    एघार विद्यार्थी सङ्गठनले वाइडबडी, एनसेल, सुनकाण्डलगायत अनियमिततामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ ।  सङ्गठनद्वारा जारी प्रेस विज्ञप्तिमा विभिन्न समयमा राज्यसत्ताको दुरुपयोग गरी बालुवाटारको सरकारी जग्गा अतिक्रमण गर्ने भूमाफिया, कर्मचारीलगायतलाई छानबिन गर्न माग गरिएको छ ।  शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन अनाधिकृत रुपमा वृद्धि गरिएको शुल्क खारेज गर्न आग्रह गरिएको विज्ञप्तिमा...

  • २०७६ बैशाख २९, आइतबार

    रुपान्तरणका लागि नमूना विद्यालय– मन्त्री पोखरेल

    विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको अवधारणा अघि सारिएको बताउनुभएको छ । उहाँले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सरकार लागि परेको स्पष्ट पार्नुभयो । आज विर्तामोड–५ मा महेन्द्ररत्न माविको नमूना विद्यालयको शिलान्यास गर्दै मन्त्री पोखरेलले शिक्षामा छलफल, सुधार र...

  • २०७६ बैशाख २९, आइतबार

    जिल्लामै पहिलो पटक आँखा अस्पताल

    जिल्लामै पहिलो पटक आँखा अस्पताल उपचार केन्द्र स्थापना भएको छ । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्लामा आँखा अस्पताल बनेपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । विभिन्न समस्याका कारण आँखाको उपचार गराउन महँगोमा जिल्लाबाहिर जानुपर्ने बाध्यतामा रहेका स्थानीय आफ्नै जिल्लामा अस्पताल उपचार केन्द्र स्थापना भएपछि गाउँमै सेवा पाइने भन्दै खुशी भएका हुन् ।  योभन्दा पहिले यहाँका स्थानीयवासी आँखाको उपचारका लागि...

  • २०७६ बैशाख २९, आइतबार

    काठमाडौँ महानगरकै ठूला वडामा कमजोर पूर्वाधार

    देशको राजधानी, सांस्कृतिक शहर र पुरानो नगरपालिकामध्येको एक काठमाडौँकै ठूला वडामा पूर्वाधारको सन्तुलित विकास हुन नसकेको वडावासीको दुःखेसो छ । काठमाडौँ महानगरपालिकाले भित्री सीमित शहरी क्षेत्रमा मात्र ध्यान दिँदा अन्य नगरपालिकासँग जोडिएका ठूला वडा सडक पूर्वाधारमा कमजोर बनेको हो । सानो क्षेत्रफल र थोरै जनसङ्ख्या रहेका एवं ठूलो क्षेत्रफल र धेरै जनसङ्ख्या रहेका वडालाई उस्तै बजेट दिइएको वडा तहका...

  • २०७६ बैशाख २९, आइतबार

    यार्साका कारण दुई महीनासम्म विद्यालय बन्द

    यहाँस्थित पूर्वी क्षेत्रका विद्यालय दुई महीनाका लागि बन्द हुने भएका छन् । यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार महीना बन्द हुने भएका हुन् । प्रत्येक वर्ष यार्साको सिजनमा यहाँका अधिकांश विद्यालय बन्द हुने गर्दछन् । विशेष गरेर जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका विद्यालय बन्द हुने...

  • २०७६ बैशाख २९, आइतबार

    धान फल्ने खेतमा केरा खेती

    म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् । केही वर्षअघि सम्म परम्परागत खाद्यान्न खेती...

  • २०७६ बैशाख २९, आइतबार

    काङ्ग्रेस नैतिकवान् पार्टी हो ः नेता पौडेल

    काङ्ग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभएको छ ।  सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले शनिबार आयोजना गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले अहिलेसम्म भ्रष्टाचारका सबै काम कुरा कम्युनिष्टहरुको सरकार भएको बेलामा भएको दाबी गर्नुभयो ।  उहाँले काङ्ग्रेस नैतिकवान् र इमान्दारको...

  • २०७६ बैशाख २९, आइतबार

    ‘ओशो अचम्म जो मैले देखेँ’

    स्वामी आनन्द अरुणको संस्मरणात्मक पुस्तक ‘ओशो अचम्म जो मैले देखेँ’ सार्वजनिक भएको छ । ओशो तपोवनमा शनिबार आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरियो ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेपाली काङ्ग्रेसका नेता तथा चिन्तक प्रदीप गिरी, प्राज्ञ तथा कलाकार नीर शाह, नागरिक अगुवा डा सुन्दरमणि दीक्षित, घटना र विचारका प्रधान सम्पादक देवप्रकाश त्रिपाठी, नागरिक दैनिकका प्रधान...

Pages