-
२०७६ बैशाख ३०, सोमबार
जोशीलाई राष्ट्रपतिबाट शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशतवार्षिकीका उपलक्ष्यमा उहाँलाई शुभकामना दिनुभएको छ । राष्ट्रपतिका भाषा तथा संस्कृतिविद् माधव शर्माले जोशी एक सय वर्षमा प्रवेश गर्नुभएका उपलक्ष्यमा राष्ट्रपतिले उहाँको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दैे खुशी व्यक्त गरेको अभिनन्दनपत्र हस्तान्तरण गर्नुभयो । पत्रमा भनिएको छ, “तपाईँले विगत आठ दशकभन्दा बढी समयदेखि नेपाली...
-
२०७६ बैशाख ३०, सोमबार
जनकपुर विश्वका लागि नै प्रेरणा स्रोत होः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी महोत्सवले नेपालको सामाजिक सांंस्कृतिक समन्वय, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । जानकी नवमीका अवसरमा जानकी मूल समारोह समितिद्वारा आज जनकपुरधामको जानकी मन्दिरमा आयोजित जानकी जन्ममहोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मौलिक मिथिला कला, कालिगढी र संस्कृतिको उत्कृष्ट नमूनाका रूपमा...
-
२०७६ बैशाख ३०, सोमबार
अझै रोकिएन वन्यजन्तुको चोरी
जिल्लाका ग्रामीण क्षेत्रबाट जङ्गली वन्यजन्तुको खुलेआम चोरी शिकारी भइरहेको छ । वन्यजन्तुको चोरी शिकार व्यापक भए पनि यसको नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन हुन सकेको छैन । जिल्लाका विभिन्न सामुदायिक र सरकारी वनमा खुलेआम रतुवा, बँदेल, घोरल, कालीजलगायतका वन्यजन्तु र बहुमूल्य जडीबुटी समेत तस्करी हुने गरेको स्थानीयवासीको आरोप छ । यहाँका ग्रामीण क्षेत्रबाट तस्करले जङ्गली जनावरको मासुको सुकुटी...
-
२०७६ बैशाख ३०, सोमबार
लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनुपर्र्छ ः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानको सयुक्त आयोजनामा आज यहाँ ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उहाँले ती धार्मिकस्थललाई जोडेर सर्किट बनाएर मुलुकको धार्मिक पर्यटन विकास गर्न सकिने बताउनुभयो । उहाँले हिन्दू र वौद्ध धर्मलाई जोड्ने...
-
२०७६ बैशाख ३०, सोमबार
अण्डाको मूल्य बढ्यो
अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो । सङ्घका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २५० तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु १८० तोकिएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २०० र मध्यमको रु १३० रहेको सङघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी...
-
२०७६ बैशाख ३०, सोमबार
बुद्धदर्शनको सार ः चतुर्आर्यसत्य
‘यो चे वस्ससतं जीवे–दुस्सीलो असमाहितो, एका हं जीवितं सेच्यो – शीलवन्तस्स झाथिनो’ अर्थात् ‘दुराचारी व्यक्तिको सय वर्षको जीवनभन्दा शीलवान् व्यक्तिको एक दिनको जीवन नै उत्तम छ’, गौतमबुद्धको यो महत्वपूर्ण वाणीले मानव जातिलाई नैतिक सत्कर्मको महत्वपूर्ण पाठ पढाएको छ । मानिसलाई नैतिकवान् बन्न सजिलो छैन । त्यसका लागि पञ्चशीलको पालना गर्नुपर्छ । पञ्चशील नैतिकता सिकाउने बुद्धको सबैभन्दा उत्तम शिक्षा हो ।...
-
२०७६ बैशाख ३०, सोमबार
एभिन्यूजको कार्यालय तोडफोड
वीरगञ्जमा रहकोे एभिन्यूज टेलिभिजनको कार्यालयमा आज युवाको एक समूहले तोडफोड गरेका छन् । वीरगञ्ज महानगरपालिका–११ नेशनल टे«डिङ चोक नजिकै रहेको एभिन्यूजको कार्यालयमा छ÷सात जनाको सङ्ख्यामा गएका युवाको समूहले तोडफोड गरेका हुन् । मुख ढाकेर आएका युवाले गरेको आक्रमणमा कार्यालयको गेटको सिसा, ब्यानरलगायतमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ । तोडफोड गर्नेमध्येका केही युवाको पहिचान भएको र उनीहरुको खोजी...
-
२०७६ बैशाख ३०, सोमबार
चिकित्सक पनि दुव्र्यसनमा
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्ज यतिखेर लागुऔषधको अखडा बनेका छन् । मेडिकल कलेजमा कार्यरत कर्मचारी र एमबिबिएस अध्ययनरत विद्यार्थी नै लागुऔषध ओसारपसार गर्ने, सेवन गर्ने र अरुलाई पनि गराउने गरेको पाइएको छ । अस्पतालका कर्मचारी र चिकित्सा विषयमा अध्ययनरत विद्यार्थीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेपछि नेपालगञ्ज मेडिकल कलेजभित्र लागुऔषध सेवन गर्नेको सङ्ख्या धेरै रहेको...
-
२०७६ बैशाख ३०, सोमबार
अफगानिस्तानमा महिला पत्रकार मारिए
अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको हत्या भएको छ । उहाँलाई गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले यस हत्याको कडा शब्दमा निन्दा गरेका छन् । उनीहरुले ती महिलाका हत्यारालाई कारबाही माग गरेका छन् । साथै यस्ता हत्याका घटनामा संलग्नहरुलाई कानून बमोजिम कारबाहीका लागि पनि माग गरेका छन् । उहाँ विगतमा...
-
२०७६ बैशाख ३०, सोमबार
थाइल्याण्डका एघार दलद्वार प्रत्युतलाई समर्थन
थाइल्याण्डका वर्तमान प्रधानमन्त्री प्रत्युत चान ओ चानलाई फेरी प्रधानमन्त्री बन्नका लागि समर्थन गरेका छन् । थाइल्याण्डमा केही हप्ता अगाडी भएको निर्वाचनपछि अहिले नयाँ सरकार गठनको प्रक्रिया चलिरहेका बेला एघार दलले उहाँलाई सोमबार समर्थन गरेका हुन् । प्रत्युतको पार्टी पलाङ प्रथा रथले ११५ सिटमा जित हासिल गरेको छ । प्रथा रथले नै सरकारको नेतृत्व गरिरहेको छ भने समर्थन गरेका दलहरु पनि सरकारमा सहभागी हुने...
-
२०७६ बैशाख ३०, सोमबार
शेयर बजार ः छ अङ्कले बढ्यो
शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक ६।३० बिन्दुले बढेर एक हजार ३०१।३४ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।२१ बिन्दुले बढेर २७८।२४ कायम भएको छ । कूल १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता शेयर रु ७८ करोड ६४ लाख १२ हजार ८०८ खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ । बैंकिङ ०।...
-
२०७६ बैशाख ३०, सोमबार
आँखाको क्यान्सर सचेतना सप्ताह मनाइँदै
तिलगङ्गा आँखा प्रतिष्ठान र आँखाको प्लास्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजको संयुक्त आयोजनामा रेटिनोब्लास्टोमा ९आँखाको क्यान्सर० रोगबारे चेतना जगाउने उद्देश्यले ‘विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह’ यही वैशाख २९ देखि जेठ ४ गतेसम्म सञ्चालन गरिएको छ । रेटिनोब्लास्टामा बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो र करीब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा यो रोग देखा पर्न सक्छ । यो...


