STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख २९, आइतबार

    मन्दिर निर्माण

    धार्मिक पर्यटन वकास गर्न रामपुरमा रु दुई करोडको लागतमा वरुणेश्वर महादेवको मन्दिर निर्माण थालिएको छ । रामपुर नगरपालिका–५ स्थित चिप्लेढुङ्गामा कलात्मक, ऐतिहासिक, पित्तलको छानो भएको सो मन्दिर निर्माण गर्न लागिएको हो ।मन्दिरका लागि नगरपालिकाले रु २० लाख उपलब्ध गराएको छ । २० रोपनी जमीनमा फूलबारी, उद्यान र १०० तीर्थालु अटाउने धर्मशालासहितको मन्दिर निर्माण गर्न लागिएको समितिका अध्यक्ष कृष्णप्रसाद...

  • २०७६ बैशाख २९, आइतबार

    चौध हजार ६६० लिटर घरेलु मदिरा नष्ट

    जिल्ला प्रहरी कार्यालयले सात महीनाको अवधिमा ठूलो परिणममा घरेलु मदिरा नष्ट गरेको छ । गएको असोजदेखि आजसम्म अबैधरूपमा बेच्न राखिएका १४ हजार ६६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको बताइएको छ ।कार्यालयले  अवैधरूपमा  मदिरा उत्पादन र सेवनलाई अन्त्य गर्ने उद्देश्यले चलाएको अभियानअन्तर्गत जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी चौकीको सक्रियातमा उक्त परिणामको मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी प्रमुख...

  • २०७६ बैशाख २९, आइतबार

    साढे पाँच सय बेरोजगारको सूचीमा दर्ता

    अधिकांश युवा वैदेशिक रोजगारीमा रहेको बागलुङको काठेखोला गाउँपालिकाका ५५० जना बेरोजगारको सूचीमा दर्ता भएका छन् । सरकारले सुरु गरेको बेरोजगारको तथ्याङ्क सङ्कलनको क्रममा गाउँपालिकाका ५५० ले बेरोगारको सूचीमा नाम दर्ता गराएका हुन् ।रोजगार संयोजक विष्णुदेवी गैरेका अनुसार सबैभन्दा बढी काठेखोला गाउँपालिका–८ लेखानीका २४५, काठेखोला गाउँपालिका–१ का १४, वडा नं २ भीमापोखराका ४५, वडा नं ३ धम्जाका १००, वडा नं ४...

  • २०७६ बैशाख २९, आइतबार

    वामपन्थी नेता अधिकारी उपचारका लागि काठमाडौँमा

    नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । फोक्सोमा क्यान्सरको सङ्क्रमण देखिएपछि अधिकारीको गत पुसयता यहाँको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । अधिकारीका ज्येष्ठ सुपुत्र एवं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र सकिएपछि सेकाइका लागि शनिबार ललितपुरको हरिसिद्धिस्थित नेपाल...

  • २०७६ बैशाख २९, आइतबार

    बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ५२८ बिरामी लाभान्वित

    म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा शनिबार सम्पन्न बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ५२८ बिरामीले निःशुल्क उपचार सेवा गरेका छन् ।बेनी नगरपालिकाको आयोजना र बेनी अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा भकिम्लीका विभिन्न बस्तीबाट बालबालिकादेखि वृद्धवृद्धाले प्रत्यक्षरूपमा सेवा लिएका आयोजक बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो । ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, सबैका...

  • २०७६ बैशाख २९, आइतबार

    नयाँशक्तिका केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश

    पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपा मा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता÷कार्यकर्ता पार्टी परित्याग गरी शनिबार नेकपामा प्रवेश गरेका हुन् । देशमा राजनीतिक क्रान्ति सफल भइसकेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले...

  • २०७६ बैशाख २९, आइतबार

    उद्धार गरिएका १५ चेलीलाई परिवारको जिम्मा लगाइयो

    भारतबाट उद्धार गरी ल्याइएका १५ महिलालाई परिवारको जिम्मा लगाइएको छ । भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ महिलामध्ये १५ लाई शनिबार परिवारको जिम्मा लगाइएको हो । माइती नेपालका निर्देशक विश्वराम खड्काका अनुसार उनीहरूलाई वैशाख २६ गते काँकडभिट्टा हुँदै नेपाल ल्याएर माइती नेपालको संरक्षणमा राखिएको थियो । झापा, सुनसरी, मोरङ र इलामका महिलालाई परिवारको जिम्मा लगाइएको र बाँकी आठ जनालाई भने...

  • २०७६ बैशाख २९, आइतबार

    मुहान सुक्न थालेपछि संरक्षण थालियो

    पछिल्लो समयमा विभिन्न कारणले खानेपानीका मुहान सुक्दै गएकाले संरक्षण गर्न थालिएको छ । पछिल्लो समय सडक निर्माण, वन जङ्गलको बिनास, जलवायु परिर्वतन तथा भूकम्पका कारण मुहान सुक्दै गएकाले संरक्षणका लागि पहल थालिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पहिलोपटक बागलुङ अभियानका रूपमा नगरपालिका–८ सिगानास्थित छरछरे खानेपानी आयोजनाको मुहान संरक्षण गरेको हो । हाल उक्त आयोजनाको मुहान मोटरबाटोका कारण...

  • २०७६ बैशाख २९, आइतबार

    चिलीमा बस दुर्घटना

    दक्षिण अमेरिकी राष्ट्र चिलीमा भएको बस दुर्घटनामा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अरु ३० जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार पुलम्यान कम्पनीको उक्त बस स्थानीय समय अनुसार शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाको कारण अझै थाहा नभएको कम्पनीका व्यवस्थापक जोजे सिल्भाले जानकारी दिनुभयो । उक्त बस पुर्टो भारासतर्फ गइरहेको थियो । बसमा करिब ५२ जना यात्रु सवार थिए । प्रहरीले उक्त...

  • २०७६ बैशाख २९, आइतबार

    दक्षिण भारतमा बस दुर्घटनामा १५ जना मारिए

    भारतको आन्ध्र प्रदेशमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रहरीका अनुसार आन्ध्र प्रदेशको करनूल जिल्लामा यात्रुबाहक बस अर्को सवारी साधनसँग ठोक्किएको थियो । घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ । स्थानीय सञ्चार माध्यमले १३ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र अरु दुई जनाको उपचारका क्रममा मृत्यु भएको जनाएका छन् । मृत्यु हुने अधिकांश व्यक्ति छिमेकी...

  • २०७६ बैशाख २९, आइतबार

    न्यूजील्यान्डमा भूकम्प

    न्यूजील्यान्डको कर्माडेक द्वीपमा सोमबार बिहानीपख करिब ५।७ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ४।०६ बजे जमिनको सतहभन्दा करिब ७३ किलोमिटरमुनि भूकम्प गएको थियो । कर्माडेकको दक्षिणतर्फ भूकम्पको केन्द्र रहेको थियो । भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । सुनामीको समेत चेतावनी दिइएको छैन । दक्षिण...

  • २०७६ बैशाख २९, आइतबार

    पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा हँुदैन ः ओनसरी

    पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको एकलौटी निर्णयमा प्रदेशको राजधानी घोषणा नगर्ने बताउनुभएको छ ।    प्रदेश राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै उहाँले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामकरणको टुङ्गो लगाउने बताउनुभयो ।  रिपोटर्स क्लब नेपाल प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाँले...

Pages