-
२०७६ बैशाख ३०, सोमबार
अदुवाको बीउ माग
अदुवा रोप्ने मौसम सकिन लाग्दा पनि सुनसरीका किसानले बीउ पाएका छैनन् । गत साउनमा भारतले नेपालको अदुवा निर्यात सहज बनाएपछि बढी उत्पादन गर्न किसानले अदुवाको बीउको माग गरेका थिए । थोक मूल्यमा यो साता अदुवा प्रतिकिलो एक सय ५५ रुपैयाँदेखि एक सय ६५ रुपैयाँसम्म रहेको छ । गतवर्ष यही बेला भारतले नेपाली अदुवा निर्यात रोक्दा नबिकेर अदुवा कुहिएर बारीमा नष्ट भएको थियो । निर्यात सहज भएमा आउँदो जेठ–असारमा...
-
२०७६ बैशाख ३०, सोमबार
पूर्व उप अर्थमन्त्रीलाई पन्ध्र बर्षको जेल सजाय
चीनका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला गरिएको छ । लाखौ रुपैया अनियमिता गरेको आरोपमा उहाँलाई जेल सजायको फैसला भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँले अवैध तरिकाले कमाएको सवै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको समाचारमा जनाइएको छ । त्यस बाहेक उहाँलाई ६० लाख युआन जरिवाना पनि तोकिएको बेइजिङस्थित एक अदालतद्वारा जारी वक्तव्यमा उल्लेख छ...
-
२०७६ बैशाख ३०, सोमबार
झडपमा छ तालिबानी मारिए
अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा गएराति रातभर तालिबान लडाकू समूह र सुरक्षा अधिकारीबीच भएको झडपमा परी छ आतङ्ककारी मारिएका छन् । सो झडपमा परी तीन सरकारी सुरक्षा अधिकारीको मृत्यु भएको छ । यसैगरी यस झडपमा परी नौ आतङ्ककारी घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । फराह प्रान्तको प्रान्तीय शहर फराह सिटीको उत्तरी इलाकामा रहेको दुई ओटा गाउँमा रहेको प्रहरी चौकीमा उक्त झडप भएको थियो । सो...
-
२०७६ बैशाख ३०, सोमबार
सवारी दुर्घटनामा परी कम्तीमा १४ को मृत्यु
केन्यामा आइतबार राती भएको सवारी दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने गारिसामा भएको दुर्घटनामा परी अरु केही घाइते पनि भएका प्रहरी अधिकारीहरुले सोमबार जनाएका छन् । प्रहरीका अनुसार दश जनाको घटनास्थलमै र अरु चार जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । सिमेन्ट बोकेको एउटा ट्रकसँग यात्रु बोकेको बस ठोक्किएर दुर्घटना भएको बताइएको छ । घाइतेहरुलाई...
-
२०७६ बैशाख ३०, सोमबार
प्रभावकारी नेतृत्व खोज्दै गौतमबुद्ध विमानस्थल
आम नेपालीमा उत्साह र भरोसा बढाउने गरी अगाडि बढेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा समस्या खडा गर्ने र समयमै काम सम्पन्न हुन नदिने सङ्केत देखा परेका छन् । यसले गर्दा राष्ट्रिय गौरवका आयोजना तोकिएको मितिमा सम्पन्न हुन्छन् भन्ने कुरामा सन्देह उत्पन्न भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि कहिले सामग्रीको आयातमा अवरोध त कहिले बजेट अभावमा ठेकेदारले नै काम छाड्ने अवस्थामा पु¥...
-
२०७६ बैशाख ३०, सोमबार
खण्डहर बन्दै छ मुक्त हलियाको बस्ती
जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएको बस्ती खण्डहर बन्दै गएको छ । पुस्तौँदेखि मालिकको घरमा हलो जोत्दै आएका १८ परिवारका लागि स्थापना गरिएको उक्त बस्तीमा कोही पनि नबस्दा उक्त बस्ती खण्डहरमा परिणत हुन थालेको छ । सरकारले यसै वर्ष पुनःस्थापनाको काम सक्ने बताए पनि प्रभावकारीरूपले काम नहुँदा यस वर्ष पनि पुनःस्थापना हुनेमा शङ्का पैदा भएको छ । उक्त...
-
२०७६ बैशाख ३०, सोमबार
बेइजिङस्थित नयाँ विमानस्थलमा परीक्षण उडान
चीनको राजधानी बेइजिङको एक नवनिर्मित विमानस्थलमा सोमबार बिहान परीक्षण उडान गरिएको छ । बेइजिङ दाछिङ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि यात्रुसहित सफल परीक्षण उडान गरिएको अधिकारीले जानकारी दिएका छन् । चाइना साउथर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, एयर चाइना र छिमेन एयरलाइन्स गरी चार ओटा एयरलाइन्सले एउटा विमान परीक्षण उडान गरेका हुन् । “यो परीक्षण उडानले अब उडान सेवा नियमित गर्न...
-
२०७६ बैशाख २९, आइतबार
७५ वर्षीया वृद्धालाई नागरिकता
जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका–२ की बृद्धा तुथकली बस्नेतले बल्ल ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सोही गाउँपालिका–२ साधेपानीमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरमा उहाँले सो प्रमाणपत्र बनाउनुभएको हो । बृद्धा बस्नेतले २००१ वैशाख ७ मा जन्मेको भए पनि अहिलेसम्म नागरिकता बनाउनुभएको थिएन । ग्रामीण भेगबाट सदरमुकाम खलङ्गा प्रशासनमा आउन...
-
२०७६ बैशाख २९, आइतबार
मिस्त्रीखोलाको सुरुङ निर्माण
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ । रोवस्ट इजर्नी प्रालिले निर्माणाधीन ४२ मेगावाट क्षमताको आयोजनाका लागि दुई हजार २७० मिटर लामो सुरुङ निर्माण गरेको हो । सन् २०१६ को जुन १३ मा सो सुरुङको काम शुरु गरिएको थियो । नेपाली सेनाको निगरानीमा विस्फोटक पदार्थ प्रयोग गरेर बाँधतर्फबाट ९२६ मिटर र आउटलेटबाट एक हजार ३४४ दशमलव पाँच मिटर सुरुङ...
-
२०७६ बैशाख २९, आइतबार
चट्याङमा मृत्यु
नुवाकोटको म्यागङ्ग गाउँपालिका ४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ ।
-
२०७६ बैशाख २९, आइतबार
कैदीबन्दीका मुढाले बजार पाएन
बाहिरी जिल्लाबाट सस्तो मूल्यमा मुढा आयात हुन थालेपछि तनहुँ कारागारका कैदीबन्दीले उत्पादन गरेको मुढाको बिक्री ठप्प भएको छ । कैदीबन्दीले बनाएको मुढा बलियो र टिकाउ हुने भएकाले यसको माग बढी हुन्थ्यो तर पछिल्लो दुई महीनादेखि ती मुढा बिक्री भएको छैन ।विभिन्न अपराधमा सजाय भोगिरहेका कैदीबन्दीे उत्पादन गरिएका मुढा बिक्री नभएपछि चिन्तित भएका छन् । बन्दी विष्णुहरि घिमिरेले बाहिर सस्तोमा मुढा आउन थालेपछि...
-
२०७६ बैशाख २९, आइतबार
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने
सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा साहसिक खेल बञ्जीजम्पका लागि पूर्वाधार निर्माण शुरु गरिएको छ । यसका लागि आव २०७६÷७७ देखि हालसम्मकै लामो झोलुङ्गे पुल निर्माण गरिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।एनएल जोशी कन्सल्टेन्सीद्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अनुसार बञ्जीजम्प निर्माणका लागि रु पाँच करोड ३९ लाख लाग्ने अनुमान गरिएको छ । लागत...


