STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १८, बुधबार

    हवाई कारबाहीमा चार तालिबानी मारिए

    अफगानिस्तानको हेरात प्रान्तको पश्चिमी क्षेत्रमा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई आक्रमणमा चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रमुख अमिनुल्लाह ओमारखिलले चुश्ती शरिफ जिल्लामा मङ्गलबार गरिएको उक्त कारबाहीमा अरु पनि लडाकू मारिएको हुनसक्ने बताउनुभयो । सरकारी फौजमाथि कुनै क्षति नभएको पनि प्रहरी प्रमुख अमिनुल्लाहले जानकारी दिनुभयो ।...

  • २०७६ बैशाख १८, बुधबार

    पचास प्रतिशत भूकम्प प्रभावित घर प्रवेश ज्ञवाली

    गोरखा भूकम्पले प्रभावित भएकामध्ये ५० प्रतिशत परिवार नयाँ घर प्रवेश गरिसकेको राष्ट्रिय पुनःनिमर्माण प्राधिकरणले जनाएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाज एनसेट नेपालको आयोजनामा भएको फोटो प्रदर्शनीको मङ्गलबार समापनका अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नुभयो, “५० प्रतिशत मानिस घरभित्र छिरिसकेका छन्, ३० प्रतिशत घर बन्दैछन्, कतिपय विविध समस्या रहेकाले समाधानमा लागेका छौँ ।”...

  • २०७६ बैशाख १८, बुधबार

    रुपाकोट मझुवागढी नगरपालिकाको ४४ प्रतिशत घरधुरी विद्युत् सेवा बाहिर

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४४ प्रतिशत घरधुरी अझै केन्द्रीय विद्युत् प्रसारण लाइन बाहिर रहेका छन् । जिल्लामा २०५८ सालमा केन्द्रीय विद्युत् प्रसारण भए पनि अहिलेसम्म नगरपालिकाभित्रका करीब दुई तिहाइअर्थात् ६६ प्रतिशत घरधुरीले मात्र केन्द्रीय विद्युत् उपभोग गरेका छन् । दश हजार ५० घरधुरी रहेको नगरपालिकाका २१ प्रतिशत घरधुरीले अझै पनि मट्टितेलको टुकी प्रयोग गरिरहेका छन् । नगरपालिकाले तयार...

  • २०७६ बैशाख १८, बुधबार

    स्थायी राजधानीको प्रतीक्षामा विराटनगर महानगरपालिका

    अस्थायी रूपमा प्रदेश नं १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिका स्थायी राजधानीको रुपमा स्थापित हुने पर्खाइमा रहेको छ । प्रदेशसभाको वैशाख १९ गते बस्ने बैठकमा प्रदेश स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश हुने र सम्भवतः वैशाख २२ गते प्रदेशको राजधानी र नाम प्रदेशसभाको बैठकबाट घोषणा हुनसक्ने भएकाले नै विराटनगर महानगरपालिका यतिबेला निर्णयको प्रतीक्षामा रहेको छ ।  अस्थायी राजधानीको रुपमा...

  • २०७६ बैशाख १८, बुधबार

    खाद्य सहयोगका लागि रेडक्रससँग उत्तर कोरियाको आग्रह

    प्रतिकूल मौसमका कारण चरम खाद्य सङ्कट उत्पन्न भएपछि उत्तर कोरियाले रेडक्रस समक्ष आपतकालीन सहयोगका लागि आग्रह गरेको छ । बुधबार सार्वजनिक भएको एक प्रतिवेदनमा उत्तर कोरियाले केही वर्षदेखि विषम खडेरीको सामना गर्नु परेको उल्लेख गरिएको छ । प्रतिवेदनमा सन् २०१४ देखि २०१७ सम्मको खडेरीले उत्तर कोरियामा चरम खाद्य सङ्कट उत्पन्न भएको जनाइएको छ । गत वर्ष चलेको तातो हावा र ज्यादै कम वर्षादका कारण समस्या अझ...

  • २०७६ बैशाख १८, बुधबार

    राष्ट्रपति भण्डारीको आगमन

    राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा चीनको आठ दिवसीय राजकीय भ्रमण पूरा गरी आज बिहान स्वदेश फर्कनुभयो ।   उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गर्नुभयो ।  राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा...

  • २०७६ बैशाख १८, बुधबार

    श्रमिकको अधिकार सुनिश्चित हुनुपर्छ ःनेता सिटौला

    नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधानबाट मजदूरले पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।  नेपाल ट्रेड युनियन काङ्ग्रेस र मोरङ समितिद्वारा १३०औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेता सिटौलाले मुलुकलाई समृद्धिको बाटौमा लैजान श्रमिकको हक र अधिकार सुनिश्चित हुनुपर्छ भन्नुभयो । उहाँले स्वतन्त्र न्यायालयको मर्म माथि...

  • २०७६ बैशाख १८, बुधबार

    तातोपानी नाका खुलाउन तीव्रगतिमा काम

    विसं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ । आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।  बन्द नाकासँगै लार्चामा निर्मित सुख्खा बन्दरगाह आज हस्तान्तरण गरिने भनिए पनि काममा ढिलाइ भएकाले एक महीनापछि सरेको उद्योग वाणिज्य तथा...

  • २०७६ बैशाख १८, बुधबार

    पत्रकारमाथि भएको आक्रमणको भत्र्सना

    नेपाल पत्रकार महासङ्घले पत्रकार प्रताप रानामाथि दुव्र्यवहार र आक्रमणको प्रयास गरिएको भन्दै सो घटनाप्रति भत्र्सना गरेको छ ।    महासङ्घका अनुसार वैशाख १६ गते समाचार सङ्कलनका लागि भिमाद नगरपालिका– ५ वडा कार्यालय पुगेका महासङ्घ तनहुँ शाखाका कोषाध्यक्ष एवं कान्तिपुर संवाददाता प्रताप रानालाई वडा सचिव रमेश प्रकाश बरालले सूचना दिन्न, जे गर्छौ गर भन्दै दुव्र्यवहार गरेका थिए ।   “आम नागरिकलाई सुसूचित...

  • २०७६ बैशाख १८, बुधबार

    भरुवा बन्दुकसहित शव फेला

    शिवराज नगरपालिका–९ मा भरुवा बन्दुकसहित शव फेला परेको छ । सो वडाको शिवगढी नजिक बगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा बन्दुक समेत रहेको प्रहरीले जनाएको छ । शवको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी निरीक्षक मधु सिंहले बताउनुभयो । स्थानीय सर्वसाधारणले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि शिवराज अस्पताल...

  • २०७६ बैशाख १८, बुधबार

    राष्ट्रपतिद्वारा बधाई

    राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका सम्राट नारुहितोले गद्दी आरोहण गर्नुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सम्राट नारुहितोको गद्दी आरोहणसँगै प्रारम्भ भएको ‘रिवा’ युगमा नेपाल र जापानबीचको हार्दिकतापूर्ण धेरै पुरानो मित्रवत् सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जापानी सम्राटलाई आज पठाउनुभएको बधाई सन्देशमा उहाँको सुख, सुस्वास्थ्यका...

  • २०७६ बैशाख १८, बुधबार

    नारायणी नदीलाई सुन्दर र रमणीय बनाइँदै

    ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको नारायणी नदीलाई व्यवस्थित गरी सुन्दर र रमणीय बनाइने भएको छ । समग्र नदीको बृहत् गुरुयोजना निर्माण गरी गौरवको आयोजनाको रुपमा यसलाई अगाडि बढाइने भएको हो ।  प्रदेश नम्बर ३ का सरकारले मदनभण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईको संयोजकत्वमा विज्ञको समिति गठन गरी यसै महीनाभित्र प्रतिवेदन पेश गर्ने गरी गुरुयोजना निर्माण गर्ने काम गरिरहेको छ ।...

Pages