STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १८, बुधबार

    मानव बेचबिखन नियन्त्रणका लागि विद्यमान कानून अपर्याप्त

    मानव बेचबिखन र ओसारपसार नियन्त्रणका लागि विद्यमान कानूनमा परिमार्जनको आवश्यकता देखिएको छ । मानव बेचबिखनको बदलिँदो परिस्थितिमा मुलुकमा विद्यमान मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी ऐन २०६४ र मानव अङ्ग प्रत्यारोपण ऐन २०५५ एकापसमा बाझिँदा नियन्त्रणमा जटिलता देखिएको हो । पैसाको प्रलोभन तथा डर, धाक, धम्की देखाएर मानव अङ्गको बेचबिखन कार्य हुँदै आएको छ ।  जनअधिकार संरक्षण विकास मञ्चका शतिसकुमार शर्माले...

  • २०७६ बैशाख १८, बुधबार

    महिला प्रहरी निरीक्षक पाण्डे पुरस्कृत

    अपराध नियन्त्रण तथा अनुसन्धान मूल्याङ्कनमा उत्कृष्ट कार्य गर्ने काठमाडौँको प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनाल पुरस्कृत हुनुभएको छ ।  नेपाल प्रहरीको जिम्मेवारी इमान्दारी र कर्तव्यनिष्ठ भई अपराध नियन्त्रण गर्दै आम जनसमुदायमा प्रहरीको छवि सकारात्मक राख्न सकेको भन्दै निरीक्षक पाण्डेलाई पुरस्कृत गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक...

  • २०७६ बैशाख १८, बुधबार

    नेपाल–भारत जोड्ने झोलुङ्गे पुल सञ्चालन हुन सकेन

    लेकम गाउँपलिका–३ लालीस्थित छिरबिला भन्ने ठाउँमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएको झण्डै पाँच महीना पुग्न लाग्दा पनि सञ्चालन हुन सकेको छैन । पुल सञ्चालनमा नआउँदा स्थानीयवासीले अहिले पनि ट्युबमार्फत् खोला तरेर आवतजावत गर्न बाध्य छन् ।  पुल निर्माणपछि आवतजावतमा सहज होला भन्ने सोचेका स्थानीयवासीले अहिलेसम्म त्यसको प्रयोग गर्न पाएका छैनन् । झोलुङ्गे पुल सञ्चालनका लागि दुवै देशको सहमति...

  • २०७६ बैशाख १८, बुधबार

    पर्यटकका लागि विद्युतीय बस

    ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो । कुनकुन रुटमा कति बस आवश्यक छ भनेर अध्ययन भइरहेको महानगरले जनाएको छ । यस वर्षको बजेटमा महानगरले रु पाँच करोड विद्युतीय बस सञ्चालनका लागि छुट्टाएको थियो । भित्री भागमा सबैतिर सार्वजनिक सवारी पनि नजाने र ट्याक्सीले पनि बढी भाडा...

  • २०७६ बैशाख १८, बुधबार

    क्यामोमाइल खेती आम्दानीको गतिलो स्रोत बन्दै

    शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले तीन महीनामै चार कठ्ठा जग्गामा क्यामोमाईल नामक जडीबुटी खेती गरेर रु ५३ हजार रकम आम्दानी गर्नुभएको छ । क्यामोमाइलखेती गरेको जग्गामा अन्न लगाउँदा मुस्किलले रु पाँच हजारदेखि रु सात हजार बराबरको मात्रै उत्पादन हुने गरेको थियो । थोरै समयमा कम मेहनेतमा धेरै आम्दानी हुँदा परिवारको खर्च जुटाउन भारत तर्फ जानुपर्ने दिनको अन्त्य भएको चौधरीले बताउनुभयो । “...

  • २०७६ बैशाख १८, बुधबार

    तत्काल दुई स्थानमा मात्रै आकाशे पुल

    काठमाडौँ महानगरपालिकामा चालु आर्थिक वर्षमानै दुई आकाशे पुल निर्माणको तयारी शुरु गरिने भएको छ । महानगरले यसै आर्थिक वर्ष केही समय अघिनै पुल निर्माणको काम शुरु गर्ने भने पनि विभिन्न आन्तरिक व्यवस्थापनको काम गर्न नसक्दा काम हुन सकेको थिएन । विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताइए पनि तत्काल भने दुई स्थानमा निर्माण गर्न लागिएको प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो ।...

  • २०७६ बैशाख १८, बुधबार

    कुखुराजन्य उत्पादनको खपत नहुँदा कृषक मारमा

    कुखुराजन्य पदार्थको उत्पादन बढेपछि मूल्यमा अस्वभाविक गिरावट आएको छ । दानाको कच्चा पदार्थ र औषधिको मूल्यमा वृद्धि हुँदा कृषक विस्थापित हुने अवस्थामा पुगेका छन् ।  नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न कृषक बाध्य भएका छन् । उहाँका अनुसार हाल अण्डाको लागत मूल्य प्रतिगोटा रु १० रहेको छ तर कृषकले फार्मबाट सरदर रु छ मा...

  • २०७६ बैशाख १८, बुधबार

    गाँजाखेती नष्ट

    जिल्लाको भूमे गाउँपालिका–४ काँडामा स्थानीयवासीले लगाएको गाँजा प्रहरी र प्रशासनको टोलीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएका प्रहरी टोलीले भूमे–१ स्थित काँडामा करीब दुई रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरेको हो । लागुऔषधका कारण जिल्लाका आपराधिक गतिविधि भइरहेको बेला उक्त स्थानमा लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक ओमप्रकाश...

  • २०७६ बैशाख १८, बुधबार

    समान कामको समान ज्याला पाउनुपर्ने माग

    भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले समान कामको समान ज्याला पाउनुपर्ने माग गरेको छ । समितिले आज धर्ना कार्यक्रम गर्दै कार्य अवधि ९ड्युटी० मा मारिएका, घाइते तथा अपाङ्गता भएका ब्रिटिस गार्खाले ब्रिटिस सरहनै समान सुविधा पाउनुपर्ने माग गरेको हो । त्यसैगरी अन्य पेन्सन जस्तै विधवा, मेडिकल सबैखाले खालका पाउनुपर्ने, सन् १९७५ अघि नोकरीबाट बर्खास्त गरिएकाले क्षतिपूर्तिको एकमुष्ट रकम...

  • २०७६ बैशाख १८, बुधबार

    अध्यागमन कार्यालय सञ्चालन

    निर्माण सम्पन्न भएको छ महीनापछि यहाँस्थित पशुपतिनगर सिमा नाकामा अध्यागमन कार्यालय सञ्चालन भएको छ । यो नाकाबाट भित्रिने पर्यटकहरुको सहजताका लागि सो कार्यालय सञ्चालनामा ल्याइएको हो ।  ‘सञ्चालनमा आएको कार्यालयबाट तेस्रो मुलुकका पर्यटकका लागि १५, ३० र ९० दिनसम्मको प्रवेश भिसा दिइने व्यवस्था छ’, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भन्नुभयो, “सरकारले आउँदो सन् २०२० लाई नेपाल भ्रमण वर्षका...

  • २०७६ बैशाख १८, बुधबार

    लुम्बिनी भ्रमण वर्षबारे छलफल

    ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने मूलनाराका साथ लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउन लागेको प्रदेश–५ सरकारले सबै प्रदेशहरुमा प्रचारप्रसार अभियान सञ्चालन गरेको छ । प्रचार कार्यक्रम अन्तर्गत आज प्रदेश नं–३ को हेटाँैडामा स्थानीय सञ्चारकर्मी तथा पर्यटन व्यवसायीसँग अन्तक्र्रिया आयोजना गरी भ्रमण वर्षका अवसरमा प्रदेशवासीलाई लुम्बिनी भ्रमणको निम्तो दिएको छ । लुम्बिनी भ्रमणवर्ष...

  • २०७६ बैशाख १८, बुधबार

    जापानका नयाँ सम्राट नारुहितोद्वारा राज्यारोहण

    जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हाल्नुभएको छ । उहाँ जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६औं राजा हुनुभएको छ । शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोहमा उहाँलाई मङ्गलबार राति जापानी राजपरम्परामा विशेष महत्व राख्ने एउटा तरबारको प्रतिक, एउटा बहुमूल्य रत्न दिइएको थियो । उक्त समारोहमा पूर्व सम्राट अकिहितोको पनि उपस्थिति थियो । राजगद्दीमा आसिन भएपछि...

Pages