-
२०७६ बैशाख १९, बिहिबार
बजेट बनाउन पालिकाले थाले छलफल
जिल्लाका स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सरोकारवालासँग अन्तरक्रिया शुरु गरेका छन् । असार १० गतेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरी पहिलो चरणको छलफल थालिएको हो । जिल्लाका सबै पालिकाले पहिलो चरणमा विषयगत समितिमा छलफल गर्ने, योजना तर्जुमा गोष्ठी सञ्चालन गर्ने, सुझाव सङ्कलन गर्ने र आन्तरिक तयारीको काम थालेका हुन् । आगामी वर्षको नीति तथा कार्यक्रम र...
-
२०७६ बैशाख १९, बिहिबार
फालिएका ट्याब्लेटको पत्ता यसरी हुन्छ उपयोगी
आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता खोल तपाईँ के गर्नुहुन्छ रु सिधै डष्टबिनमा पठाउनुहुन्छ होला, तर त्यही पत्ता उपयोगी हुन्छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । एकजना भारतीय कलाकार वीमान नागले भने त्यही पत्तालाई प्रयोग गरी आकर्षक मूर्ति बनाएर उदाहरणीय बन्नुभएको छ । उहाँका यी मूर्तिहरु अहिले काठमाडौँको नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएको छ । गीतकारका साथै...
-
२०७६ बैशाख १९, बिहिबार
करेन्ट लागेर मृत्यु
बर्दियामा करेन्ट लागेर एक पूर्व प्रहरीको बुधबार मृत्यु भएको छ । गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो । पिपलमा चढेर स्याउला काट्ने क्रममा करेन्ट लागेर गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिनुभयो ।
-
२०७६ बैशाख १९, बिहिबार
बाँकेका तीन सय नागरिकता खारेज
बाँके जिल्लामा वंशजका आधारमा वितरण गरिएका झण्डै ३०० नागरिकता खारेजीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, रझेना, खजुराखुर्द र मनिकापुरका ती नागरिकता खारेजीमा परेका हुन् । सर्वोच्च अदालतको पछिल्लो एउटा आदेशले तराई मधेसलगायतका विभिन्न जिल्लामा कानूनविपरीत वितरण गरिएका ३४ हजार नागरिकतालाई प्रचलनमा नल्याउन अन्तरिम आदेश जारी गरेपछि बाँकेका झण्डै ३०० नागरिकता खारेजीमा परेका हुन् । “...
-
२०७६ बैशाख १९, बिहिबार
सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा ज्येष्ठ नागरिक प्रभावित
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका साढे दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण नहँुदा समस्या भएको छ । नगरपालिकाले छ महीनादेखि सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेपछि सामाजिक सुरक्षाभत्तामा आश्रित ज्येष्ठ नागरिक प्रभावित हुन थालेका छन् । सामाजिक सुरक्षा भत्ता नपाएपछि आफूहरुलाई समस्या पर्न थालेको ज्येष्ठ नागरिकको भनाइ छ । वनगाड कुपिण्डे–५ चिउराका ८० वर्षीय पुरनसिंह...
-
२०७६ बैशाख १९, बिहिबार
‘राजकुमारी वेनचेङ’ अवलोकन
परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार साँझ ल्हासामा मञ्चित राजकुमारी वेनचेङ नाटक अवलोकन गर्नुभयो । राजकुमारी वेनचेङ नाटक खुला स्थानमा प्रत्यक्ष देखाइने नाटक हो र यसले चिनियाँ र तिब्बती इतिहास तथा संस्कृति देखाउँछ । करीब १३ सय वर्ष अगाडि ताङ वंशका राजकुमारी वेनचेनले टुबो राजा सोङत्सेन गम्पोसँग विवाह गरिन् र उनको कथामा यो नाटक आधारित छ । यो नाटक सन् २०१३ मा पहिलोपटक आरम्भ भएको हो र यसलाई एतिहासिक...
-
२०७६ बैशाख १९, बिहिबार
‘स्याङ्जा कप भलिबल’को उपाधि आँधीखोला क्लबलाई
आँधीखोला स्पोर्टस् क्लब हङकङले १२ औँ स्याङ्जा कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि आज जितेको छ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी सम्मिलित आँधीखोला स्पोर्टस् क्लबले हङकङको टुइन मुनमा आज बिहान भएको महिलातर्फको फाइनलमा नेपाली राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ सम्मिलित पर्वत भलिबल क्लब हङकङलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । आँधीखोलाले पहिलो सेट १९–२५...
-
२०७६ बैशाख १९, बिहिबार
टिपरको ठक्करबाट छोरीको मृत्यु, बाबु घाइते
बुटवल पाखापानीमा आज भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ तामनगरका २० वर्षीया पुष्पा भण्डारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार भोजप्रसाद पाण्डेले जानकारी दिनुभयो । दुर्घटनामा परी पुष्पाका बुबा ४७ वर्षीय घनश्याम भण्डारी घाइते हुनुभएको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु१ख ६२३३ नंको टिपरले...
-
२०७६ बैशाख १९, बिहिबार
मेडिकल कलेजको कार्यालय खुलेपछि बर्दिवासवासी उत्साहित
महोत्तरीको बर्दिवासमा मेडिकल कलेज पूर्वाधार निर्माण विकास परियोजनाको कार्यालय स्थापना भएपछि स्थानीयवासी उत्साहित भएका छन् । बर्दिवास नगरपालिका–१ स्थित बुधबार मेडिकल कलेज पूर्वाधार निर्माण विकास परियोजनाको कार्यालय सञ्चालन भएसँगै स्थानीयवासी उत्साहित भएका हुन् । उक्त कार्यालय बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्नुभएको थियो । “अब बर्दिवासमा मेडिकल कलेज बन्छ भन्ने विश्वास...
-
२०७६ बैशाख १९, बिहिबार
पार्टीका कार्यकर्ता न्याय परिषद्मा नियुक्त हुनु दुर्भाग्य हो– मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले न्याय परिषद्मा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य भएको बताउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज पोखरामा गरेको मुुलुकी देवानी र फौजदारी संहितासम्बन्धी जानकारी तथा कानूनी क्षमता अभिवृद्धि विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै मुख्यमन्त्री गुरुङले विषयविज्ञबाहेकका पार्टी कार्यकर्ताबाट न्याय प्रणाली सफल नहुने...
-
२०७६ बैशाख १९, बिहिबार
नीति तथा कार्यक्रम भोलि
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुनेछ ।
-
२०७६ बैशाख १९, बिहिबार
विद्यालय भवन निर्माण
बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयको सुविधा सम्पन्न भवन निर्माण भएको छ । पछिल्लो समय विद्यार्थीहरुको चाप बढ्दै गएपछि विद्यालय भवनको आवश्यकता खड्किएको थियो । धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र डिआइआरडिसी र नेपाल ट्रस युकेको सहयोगमा रु ३६ लाख ५० हजारको लागतमा सो विद्यालय भवन निर्माण गरिएको हो । विद्यालयमा भौतिक पूर्वाधार अभावका कारण पठनपाठनमा असहज भएको भन्दै उक्त संस्थाले...


