STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १८, बुधबार

    सेल्फी लिनेक्रममा तीन जनालाई रेलले कुल्च्यो

    भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ । भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानहरुले देखाएका छन् । प्रहरीका अनुसार चौथो युवकको भने ज्यान जोगिएको छ । प्रत्यक्षदर्शी एम एस डबासले चारै जना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गरेको र त्यहीबेला रेलले उनीहरुमध्ये तीन जनालाई कुल्चिएको...

  • २०७६ बैशाख १८, बुधबार

    अमेरिका–तालिबान वार्ता बुधबारदेखि हुँदैछ – तालिबान

    अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही र अमेरिकी प्रतिनिधिहरुबीच नयाँ चरणको शान्तिवार्ता बुधबारदेखि कतारमा हुँदैछ । तालिबानीका एक अधिकारीले वार्तामा अफगानिस्तानको शान्ति प्रक्रियाका बारेमा छलफल हुने बताउनुभयो । हालैका महिनाहरुमा दुबै पक्षबीच छ चरणको वार्ता भइसकेको छ । तालिबान प्रवक्ता जबिउल्लाह मुजाहिदले नयाँ चरणको वार्ता कतारको दोहामा बुधबारदेखि हुने जानकारी दिनुभयो । काबुलस्थित अमेरिकी...

  • २०७६ बैशाख १८, बुधबार

    अमेरिका–चीन व्यापार वार्ता बेइजिङमा शुरु

    संयुक्तराज्य अमेरिका र चीनबीच उत्पन्न व्यापार तनाबलाई सम्झौता मार्फत सहज तुल्याउने उपाय खोज्न दुबै मुलुकबीच व्यापार वार्ता बेइजिङमा बुधबार पुनः शुरु भएको छ । व्यापार वार्तामा सहभागी हुन अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङमा हुनुहुन्छ । उहाँहरुलाई चिनियाँ प्रतिनिधिमण्डलका नेता एवं उपप्रधानमन्त्री लिऊ हेले स्वागत गर्नुभएको थियो । अमेरिकी प्रतिनिधिहरुले...

  • २०७६ बैशाख १८, बुधबार

    एन्फा एकेडेमीका लागि ८१ खेलाडी छनोट

    अखिल नेपाल फुटबल सङ्घ एन्फा ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान सम्पन्न छनोटबाट एन्फाले मेडिकल परीक्षणका लागि ८१ जना यू–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो । मुलुकभरबाट छानिएर आएका खेलाडीबीच वैशाख १२ देखि अन्तिम चरणको छनोट गर्दै एन्फाले ८१ खेलाडी छानेको सूची तयार पारेको हो । एन्फाले छनोट भएका ८१ खेलाडीको मेडिकल परीक्षण गर्नेछ ।...

  • २०७६ बैशाख १८, बुधबार

    ‘प्रेस स्वतन्त्रता सबैका लागि’

    नेपाल पत्रकार महासङ्घको आह्वान तथा महासङ्घ गण्डकी प्रदेशको आयोजनामा आज पोखरामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै ¥याली निकालिएको छ । पोखरा महानगरपालिका–४ बिपीचोकबाट शुरु भएको ¥याली न्युरोड हुँदै सभागृहसम्म पुगेको थियो । ¥यालीमा सहभागी सञ्चारकर्मी, नागरिक अधिकारकर्मी तथा पेशाकर्मीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य बन्द गरिनुपर्ने, पत्रकार माथिको धरपकड बन्द गर्न तथा...

  • २०७६ बैशाख १८, बुधबार

    कमाएर घर बनाउँदै मुक्त कमलरी

    मुलुकको व्यवस्था परिवर्तन भएसँगै हातमा सीप भएका मुक्त कमलरीको पनि जीवन फेरिएको छ । बुबाले साहुबाट लिएको रु ३०० ऋण तिर्न करीब एक वर्ष यहाँस्थित भाषी भन्ने ठाउँमा कमलरी बसेकी कञ्चनपुरको बेदकोट नगरपालिका–९ लालपुरकी २४ वर्षीया मुक्त कमलरी पुष्पा डगौरा यतिबेला परिवार हाक्ने अब्बल महिला सावित हुनुभएको छ ।   “भाषी र काठमाडौँ गरी ११ वर्ष कमलरी बसें” उहाँले भन्नुभयो, “कमलरीबाट मुक्त भएपछि दातामार्फत्...

  • २०७६ बैशाख १८, बुधबार

    श्रमिक अर्थतन्त्रको मेरुदण्ड हो ः मन्त्री घिमिरे

    श्रम, सीप र पसिना बगाउने श्रमिकका लागि सरकारले गम्भीर भएर मनन गर्नुपर्ने श्रमिक नेताहरुले माग गरेका छन् । श्रमिकले पाउने न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने भन्दै अर्थतन्त्र चलायमान राख्न ठूलो मद्दत गर्ने श्रमिकका उपचारका लागि श्रमिक अस्पताल बन्नुपर्ने उनीहरुको माग रहेको छ । ‘सबै श्रमिक र रोजगारदातालाई आह्वान, सामाजिक सुरक्षामा सूचीकरण हामो अभियान’ प्रमुख...

  • २०७६ बैशाख १८, बुधबार

    मडुरो भाग्न तयार भएको पोम्पेओको दाबी

    अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान गरेपछि राष्ट्रपति निकोलस मडुरो क्युबा निवासनमा जान तयार भएको दाबी गर्नु भएको छ । तर मडुरोले भने पोम्पेओको यो दाबी झुठो भएको भन्दै खण्डन गर्नु भएको छ । पोम्पेओले सीएनएनलाई दिनु भएको एक अन्तर्वार्ता विमानस्थलमा मडुरोलाई लैजान विमान तयारी हालतमा राखिएको दाबी गर्नु भएको थियो । तर रुसले मडुरोलाई देश नछाड्न...

  • २०७६ बैशाख १८, बुधबार

    अमेरिकी विश्वविद्यालयमा गोली चल्दा दुइको मृत्यु

    संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लोट क्याम्पसमा भएको गोली प्रहारमा परी दुई जनाको ज्यान गएको समाचार छ । उक्त गोली प्रहारमा अरु केही घाइते भएका बताइएको छ । मङ्गलबार सो गोलीकाण्ड भएको थियो । मङ्गलबार साँझ ७ बजेभन्दा केही अघिमात्र यस्तो गोली प्रहारको घटना भएको थियो । मङ्गलबार यस शैक्षिक सत्रको अन्तिम दिन थियो । त्यस दिन कलेज समापन गरी घर फर्किने तयारी गरिरहेका...

  • २०७६ बैशाख १८, बुधबार

    माटोको ढिस्कोले पुरिएर मजदूरको मृत्यु

    आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदूर दिवस । देशैभरी मजदूरीहरूले आफ्नो हक र अधिकारका लागि ¥यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वारका ३५ वर्षीया कालुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–दरवाङ सडकखण्डअन्तर्गत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेको अवस्थामा...

  • २०७६ बैशाख १८, बुधबार

    नेपाल र  इक्वेटोरियल गिनीबीच सम्बन्ध स्थापना

    भूमध्यरेखा र गिनीको खाडी नजिक रहेको अफ्रिकी देश इक्वेटोरियल गिनी र नेपालबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।    मङ्गलबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको एक सङ्क्षिप्त कार्यक्रममा दुई राष्ट्रपछि दौत्य सम्बन्ध स्थापना भएको हो । यो सँगै नेपालको  १६५ देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।  संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र इक्वेटोरियल गिनीका स्थायी...

  • २०७६ बैशाख १७, मंगलबार

    शिक्षा प्रणाली सुधार गर्नुपर्ने

    प्रदेश नं ३ का कार्यवाहक मुख्यमन्त्री सालिकराम जम्कट्टेलले शिक्षा प्रणाली देशको आवश्यकताअनुसार नभएको भन्दै शिक्षा क्षेत्रमा विकास गर्न नसकिएको बताउनुभएको छ । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयको आयोजनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा नीति योजना बनाउँदा प्राविधिक विषय कृषि, पर्यटन,...

Pages