-
२०७६ बैशाख १९, बिहिबार
राजधानी तोक्न गठित आयोगले प्रतिवेदन बुझायो
प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले आज मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ । आयोगले पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री राउतलाई आज मुख्यमन्त्री कार्यालयमा प्रतिवेदन बुझाउनु भएको हो । मुख्यमन्त्री राउतले प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनलाई अध्ययन गरी प्रदेशसभाको समितिलाई हस्तान्तरण गरिने बताउनुभयो । उहाँले प्रदेशको स्थायी...
-
२०७६ बैशाख १९, बिहिबार
शिक्षक सङ्गठनका उपाध्यक्ष पक्राउ
प्रहरीले गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की देखाउने विप्लव समूह निकट अखिल नेपाल शिक्षक सङ्गठनका नेतालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले उक्त कार्यमा संलग्न अखिल नेपाल शिक्षक सङ्गठन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेकप्रसाद लम्साललाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले लम्साललाई कञ्चनपुरको...
-
२०७६ बैशाख १९, बिहिबार
राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित
संयुक्त अरब इमिरेट्स युएई विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज नगदसहित सम्मानित गरिएको छ । ऐतिहासिक शृङ्खला विजेता नेपाली टोलीलाई आज युवा तथा खेलकूद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकूद परिषद् राखेप का सदस्यसचिव केवशकुमार विष्टले खेलाडीलाई जनही रु पाँच लाख अफिसियललाई जनही रु...
-
२०७६ बैशाख १९, बिहिबार
विभिन्न ऐन कानूनले प्रेस स्वतन्त्रतामाथि चुनौती ः महासङ्घ
नेपाल पत्रकार महासङ्घले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरिएको भएता पनि विभिन्न ऐन तथा कानूनमार्फत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथिकै चुनौती रहेको बताएको छ । विश्व प्रेस स्वतन्त्रताको अवसरमा आज महासङ्घका अध्यक्ष गोविन्द आचार्यले शुभकामना सन्देश दिँदै संविधानमा प्रेस स्वतन्त्रता उल्लेख गरिए पनि गत २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी...
-
२०७६ बैशाख १९, बिहिबार
आलेख ः सिकलसेल एनिमिया चुनौतीका रुपमा देखा पर्दै
रोगीलाई छ महिनासम्म दैनिक पेन्सिलिन दिने गर्नुपर्छ । अन्य सङ्क्रमणबाट बचाउन नियमित स्वास्थ्य जाँच गराउनु पर्दछ । बच्चामा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न न्युमोकोकल भ्याक्सिन दिनुपर्छ । दैनिक फोलिक एसिडको सेवन गर्नु पर्दछ । सेती अस्पतालका सामाजिक सेवा इकाइका सामाजिक परिचालक थापाले यति रकमले उपचार सम्भव छैन । सिकलसेल एनिमियाका बिरामीले प्रशस्त मात्रामा दिनको ११ देखि १५ गिलास पानी पिउनु पर्छ ।...
-
२०७६ बैशाख १९, बिहिबार
बालुवाटार जग्गा प्रकरणबारे सरकारले प्रष्ट पार्नुपर्छ ः सांसद
राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सदस्यले बालुवाटार जग्गा प्रकरण र खुला मञ्च अतिक्रमणका बारेमा सरकारले नागरिकलाई प्रष्ट पार्नुपर्ने माग गरेका छन् । सिंहदरबारस्थित सङ्घीय संसद्, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा समितिका सदस्यले ती दुई प्रकरणमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका विभिन्न नेता वा जोकोही मुछिए पनि पारदर्शी ढङ्गबाट छानबीन गरेर दोषीमािथ कारवाही गर्नुपर्नेमा जोड दिएका...
-
२०७६ बैशाख १९, बिहिबार
लागुऔषधसहित दुई पक्राउ
प्रहरीले लागुऔषधसहित दुईलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ का ३७ वर्षीय सञ्जय महर्जन र बिहार मुजफ्फरपुरको सदातपुर बस्ने २६ वर्षीय राजकुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको कमाण्डमा खटिएको प्रहरी टोलीले रातोमाटोमा शङ्कास्पद रूपमा पार्किङ गरी राखेको बिआर २९७५६५ नंको भारतीय सुमोलाई जाँच गर्दा उक्त सुमोको पछाडिको...
-
२०७६ बैशाख १९, बिहिबार
रातो हाब्रे संरक्षणका लागि धामी झाँक्री नाटक
कर्णालीमा पाइने लोप हँुदै गइरहेको रातो हाब्रे ९रेड पाण्डा० संरक्षणमा सरोकारवाला निकायहरु जुटेका छन् । रेडपाण्डा संरक्षण गरिनुपर्ने विषयमा जनचेतनामूलक कार्यक्रमसमेत अघि सार्ने र पूर्वाधार तयार गर्ने विषयमा स्थानीय सरोकारवाला निकाय र सामाजिक सङ्घसंस्थाहरु अघि बढेका हुन् । रेडपाण्डालगायत वन्यजन्तु संरक्षण अभियानमा यहाँका धामी–झाँक्री, आमा समूह र युवा जनचेतनामूलक कार्यक्रम तथा सकारात्मक प्रचार...
-
२०७६ बैशाख १९, बिहिबार
कदुई लघुवित्तको साधारण शेयर बिक्री हुँदै
पछिल्ला दिनमा विभिन्न कम्पनीले साधारण शेयर बिक्री गर्ने क्रम बढेको छ । यसै क्रममा दुई लघुवित्त संस्थाले एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने तयारी गरेका छन् ।जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले यही वैशाख २७ गतेदेखि साधारण शेयर बिक्री गर्ने तयारीका साथ आज विवरण सार्वजनिक गरेका हुन् । जनसेवीले चार लाख ३२ हजार ९९० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । सो संस्थाले...
-
२०७६ बैशाख १९, बिहिबार
श्रीलङ्काको चर्चमा अझै विस्फोटको त्रास
श्रीलङ्काको रोमन क्याथोलिक चर्चले आगामी आइतबारबाट पुनः आरम्भ गर्न लागेको आफ्नो सेवा रद्ध गरेको छ । फेरि बम आक्रमण हुने आङ्शकामा सो चर्चले आफ्नो सेवा रद्ध गरेको प्राप्त समाचारमा जनाइएको हो । चर्चका प्रवक्ताले बिहीबार दिएको जानकारीअनुसार चर्चले प्राप्त गरेको एक सूचनाअनुसार चर्चमा सम्भावित दुई ओटा आक्रमण हुन लागेको थियो । त्यसपछि चर्चले आगामी मे ५ मा हुने गइरहेको सामूहिक भेला रद्ध गरेको छ ।...
-
२०७६ बैशाख १९, बिहिबार
दूधमा आत्मनिभर बनाउन उन्नत जातका गाई वितरण
जिल्लामा दूधको समस्या हुँदै आएपछि यहाँको जोरायल गाउँपालिकाले आफनो गाउँपालिकामा जिल्ला बाहिरबाट उन्नत जातका गाई भित्र्याएको छ । पूरै गाउँपालिकालाई नै दूधमा आत्मनिर्भर बनाउनका लागि स्थानीय आठ किसानलाई गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा जर्सी र होलेष्टिन जातका क्रस आठ गाई वितरण गरिएकोे हो । गाउँपालिकाभरीमा कम्तीमा पनि १० किसानलाई दूधमा आत्मनिर्भर बनाउनका लागि गाई वितरण गर्ने लक्ष्य रहेको उक्त...
-
२०७६ बैशाख १९, बिहिबार
प्रधानमन्त्रीबाट नमूना स्मार्ट विद्यालयको थालनी
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिमा आधारित शिक्षणका लागि ‘नमूना स्मार्ट विद्यालय’ को आज शुभारम्भ गर्नुभएको छ । ‘डिजिटल नेपाल ः विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सो स्मार्ट विद्यालय कार्यक्रमको थालनी गर्नुभएको हो । गण्डकी प्रदेशको कास्कीको विश्व शान्ति...


