STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १७, मंगलबार

    खुल्ला फुटबल प्रतियोगिता हुने

    बनेपा ब्वाइज् क्लब बिबिस को आयोजनामा यही वैशाख २० गतेदेखि बनेपामा ‘बिबिसी कप नाइन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ आयोजना गरिएको छ । बनेपामा आज पत्रकार सम्मेलन गरी नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा ३६ टिमले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो जेठ २ गतेसम्म बनेपास्थित बहुप्राविधिक शिक्षालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा...

  • २०७६ बैशाख १७, मंगलबार

    हिमाल आरोहणः दुई महीनामै ५० करोड ‘रोयल्टी’

    संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ ।  यसको उदाहरणको रुपमा यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको आरोहीको उत्साहजनक सहभागितालाई लिन सकिन्छ । पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथासहितका २७ हिमाल आरोहणका लागि १०० आरोही समूहका ८२४ ले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै ३९ आरोहण समूहका ३७७...

  • २०७६ बैशाख १७, मंगलबार

    हतकडीले हैन, प्रमाणले बाँध्ने काम गरौं ः महान्यायाधिवक्ता खरेल

    महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले २१औँं शताब्दीको न्याय प्रक्रिया भनेको हतकडीले बाँधेर नभई प्रमाणले बाँधेर न्याय सम्पादन गर्ने प्रक्रियातर्फ उन्मुख बन्दै गएको बताउनुभएको छ । उहाँले वर्तमान अवस्थामा फौजदारी न्याय प्रशासन प्रक्रिया अघि बढाइरहँदा कुनै पनि व्यक्तिलाई बलपूर्वक वा हतकडीले बाँधेर न्यायलय सम्पादन नगरी प्रमाणले बाँधेर अपराधीलाई उम्कन नदिने गरी कार्यसम्पादन गर्न आग्रह समेत गर्नुभएको छ ।...

  • २०७६ बैशाख १७, मंगलबार

    रसुवागढी नाकाबाट मानसरोवर यात्रा शुरू

    रसुवागढी हँुदै चीनको भू–भागमा अवस्थित मानसरोवर तीर्थ जाने यात्रुको आगमन शुरू भएको छ । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार मानसरोवर तीर्थका लागि फाटफुटरूपमा भारतीय तीर्थ यात्रुको आगमन भइसकेको र तीर्थका लागि रसुवागढी नाकाबाट दुई चरणमा १२ जना त्यसतर्फ प्रस्थान गरिसकेका छन् । हेमन्त र शिशिर ऋतुको समय अर्थात मङ्सिर, पुस र माघ महीनामा परेका हिउँ पग्लिने क्रम शुरू भई आवतजावतमा...

  • २०७६ बैशाख १७, मंगलबार

    प्रदेश ३ ले रु ५० अर्बको बजेट ल्याउने

    प्रदेश नं ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५० अर्बको बजेट ल्याउने भएकोे छ ।  चालू आवमा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत् बजेट ल्याउने तयारी थालेको हो । आगामी आवको बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागिपरेका छन् ।  चालू आवमा हालसम्म पूँजीगत र चालू खर्च गरी ३० प्रतिशत मात्र...

  • २०७६ बैशाख १७, मंगलबार

    किन बढी हुन्छन् सार्वजनिक अपराधका घटना

    मुलुकमा अन्य अपराधको तुलनामा सार्वजनिक अपराधका घटना निक्कै बढी हुन्छ । अपराधको पहिलो तह मानिने यस्ता कसुरका प्रकृति धेरै हुने भएकाले जुनसुकै स्थानमा पनि घट्न सक्छ । यस्ता अपराधको बेवास्ता गरी रोक्नतर्फ लागिएन भने गम्भीर प्रकृतिको घटना निम्तिने खतरा हुने सुरक्षा अधिकारीको भनाइ छ । नेपालमा प्रहरीको तथ्याङ्कले समेत सार्वजनिक अपराधका घटना बढी देखिनु गम्भीर प्रकृतिका अपराध बढाउन सक्ने सङ्केत हो ।...

  • २०७६ बैशाख १७, मंगलबार

    खैरो हेरोइनसहित पक्राउ

    नेपाल प्रहरीले नागढुङ्गाबाट खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा जाँचका क्रममा ना ७ ख ५९७२ नं को यात्रुबाहक बसबाट लागुऔषधसहित कैलाली टीकापुरका २५ वर्षीय भरत भण्डारीलाई आज बिहान पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले सिटमुनी कालो झोलामा १३।८८ ग्राम खैरो हेरोइन लुकाएर...

  • २०७६ बैशाख १७, मंगलबार

    बुद्ध जयन्तीको तयारी शुरु

    २५६३ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी शुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई  गौतम बुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यस पटक जेठ ४ गते परेको बुद्ध जयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले विभिन्न समिति गठन गरेर तयारी थालेको हो ।  बुद्ध जयन्तीको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा ५६३ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने विकास कोषका...

  • २०७६ बैशाख १७, मंगलबार

    मेयरकप भलिबल प्रतियोगिता

    उपप्रधानमन्त्री भीमबहादुर रावलले व्यक्ति शिक्षित भएपछि मात्रै समुन्नत समाज निर्माण हुने बताउनुभएको छ । नेकपाको सुदूरपश्चिम इञ्चार्जसमेत रहनुभएका नेता रावलले मङ्गलसेन नगरपालिकाले आयोजना गरेको दोस्रो मेयरकप भलिबल प्रतियोगिताको उद्घाटन गर्दै खेलकूदले शारीरिक, मानसिक रुपमा फाइदा हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमकै अवसरमा षोडशादेबी मावि मङ्गलसेनले राखेको मागपत्र बुझ्दै रावलले विद्यालयको छात्रावास...

  • २०७६ बैशाख १७, मंगलबार

    शेयर बजार ः दोहोरो अङ्कले घट्यो

    एक हजार ३०० को बिन्दुमा पुगेको शेयर पुनःओरालो लागेर एक हजार २९८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्चनका अनुसार कारोवार मापक नेप्से परिसूचक ११।७० बिन्दुले घटेर एक हजार २९८।६० बिन्दुमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार सोमबारदेखि ओरालो लाग्न थालेको हो ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।७४ बिन्दुले घटेर २७९।१० मा पुगेको छ । कारोवार रकम पनि आइतबार, सोमबारको...

  • २०७६ बैशाख १७, मंगलबार

    मासु उद्योगको प्रदूषण, स्थानान्तरण गर्न सिफारिस

    वीरगञ्ज महानगरपालिकास्थित मासुजन्य तथा हड्डी प्रशोधन उद्योगको स्थलगत अनुगमन प्रतिवेदन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पेश गरिएको छ ।    समितिले गठन गरेको उद्योग, वाणिज्य तथा आपूर्ति उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठले आज समितिका सभापति बिमलप्रसाद श्रीवास्तवसमक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । समितिले गत कात्तिक ३० गते महानगरपालिका–१८ र २७ मा रहेको हड्डी मिल र मासु...

  • २०७६ बैशाख १७, मंगलबार

    डिप ट्युवेलको माग

    प्रदेश नं १ को केही जिल्लामा भूमिगत जल सिँचाइका लागि डिप ट्युबेलको माग बढेको पाइएको छ । डिप ट्युबेल माग गर्ने जिल्लामा झापा, मोरङ, सुनसरी, इलाम र उदयपुर छन् ।   एक डिप ट्युबेलबाट सजिलैसँग ४० बिघा खेतमा सिँचाई सुविधा गर्न सकिने र यसका लागि कुनै पनि समस्या किसानले व्यहोर्न नपर्ने भएकाले यसको माग बढेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय विराटनगरका प्रमुख सुरेन्द्र साहले बताउनुभयो । डिप...

Pages