STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १६, सोमबार

    एक अर्ब ५३ करोड राजस्व

    नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौँडाले चालू आर्थिक वर्षको नौ महीनामा विद्युत् बिल भुक्तानीबाट रु एक अर्ब ५३ करोड राजस्व सङ्कलन गरेको छ ।  हेटौँडा विद्युत् वितरण केन्द्रका अनुसार सो केन्द्रकाअन्तर्गत हेटौँडामा ५४ हजार ग्राहक रहेको र उनीहरुले मासिक करीब रु १७ करोड विद्युत् खपत गरे बापत राजस्व बुझाउने गरेको बताइएको छ । साथै वितरण केन्द्रकोे करीब रु ५० लाख बिल ई सेवामार्फत राजस्व...

  • २०७६ बैशाख १६, सोमबार

    श्रीलङ्कामा भएको भीषण आक्रमणपछि बुर्का लगाउन प्रतिबन्ध

    गत साता श्रीलङ्कामा भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनपछि सरकारले अनुहार छोपिने खाले सबै प्रकारको कपडा लगाउनको लागि प्रतिबन्ध लगाएको छ । गत हप्ता तीन चर्च र तीन होटलमा भएका आतङ्ककारी आक्रमणपछि २ सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि अनुहार छोप्ने बुर्का जस्ता पहिरनलाइ सोमबारबाट लागू हुने गरी प्रतिबन्ध लगाइएको श्रीलङ्का सरकारले आइतबार घोषणा गरेको छ । सोमबारदेखि लागू हुने उक्त प्रतिबन्धमा कुनै...

  • २०७६ बैशाख १६, सोमबार

    इन्डोनेसियामा आएको बाढी र पहिरोमा ३१ को मृत्यु

    इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या सोमबारसम्म ३१ पुगेको छ । यस प्रकोपमा परी १३ व्यक्ति अझै बेपत्ता रहेका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले जानकारी दिएका छन् । यस बाढी र पहिरोको कारण केही विद्यालयलगायत १ सय ८४ ओटा भवनहरु ध्वस्त भएपछि १२ हजार भन्दा बढी व्यक्ति विस्थापित भई शरणार्थी स्थलमा पुगेका सरकारी अधिकारीहरुले...

  • २०७६ बैशाख १६, सोमबार

    सच्याइएकोः बारापर्सामा वैशाख २१ गते घर निर्माण थालनी हुने

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले  सङ्घीय  सरकारले  गगरेको निर्णयलाई नेपाली सेनाले विलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गरिने  बताउनुभएको छ ।  बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न आउनुभएका रक्षामन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारले गरेको निर्णयलाई आधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने स्पष्ट...

  • २०७६ बैशाख १६, सोमबार

    पञ्चाङ्गका सामग्री सारेर भित्तेपात्रो क्यालेण्डर प्रकाशन

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिने पात्रोे प्रकाशन भएपछि भित्तेपात्रो प्रकाशकले तिथिमिति सारेर प्रकाशन गर्दा प्रतिलिपि अधिकार हनन् हुने गरेको छ । निजी क्षेत्रका प्रकाशक मात्र होइन, सरकारी संस्थाले प्रकाशन गर्ने भित्तेपात्रोमा समेत तिथि मात्र होइन विवाह, व्रतबन्ध, अन्नप्राशन, नवान्नप्राशन जस्ता धार्मिक कृत्यको साइत उल्लेख हुने गरेको छ । यस्ता संस्थाले आफैँ गणित गरेर ती साइत निकालेर...

  • २०७६ बैशाख १६, सोमबार

    शेयर बजार थामिदा अर्ब माथिको कारोवार

    लगातार उच्च अङ्कको वृद्धि हुँदै आएको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४।२१ बिन्दुले घटेर एक हजार ३१०।३१ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १।०१ प्रतिशतले घटेर २८१।८४ बिन्दुमा पुगेको छ ।  नेप्से परिसूचक घटेपनि कारोवार रकम भने आज पनि अर्बमाथि रहेको छ । स्टकका अनुसार कूल १७४ कम्पनीको ३० लाख १६...

  • २०७६ बैशाख १६, सोमबार

    बालबालिकाले अस्वस्थकर खाजा खाँदै प्रतिवेदन

    अस्वस्थकर जङ्कफुड खानामा पर्याप्त पोषणतत्व छैन र यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब गर्छ भन्ने जान्दाजान्दै अभिभावकले आफ्ना बालबालिकालाई जङ्कफुड खुवाइरहेका छन् । सस्तो र सजिलै पाइने हुनाले विशेषगरी काठमाडौँ उपत्यकाका अभिभावले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन र चिनीको मात्रा बढी भएको अस्वस्थ जङ्कफुड खुवाइरहेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हेलन केलर...

  • २०७६ बैशाख १६, सोमबार

    प्राइभेट परीक्षा दिने विद्याथी बढे

    त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय पनिका मा आज बिहान ९ बजेदेखि नै विद्यार्थी लामवद्ध रहेका थिए । स्नातकोत्तर तह र स्नातक तह तर्फ वार्षिक प्रणाली अन्तर्गत प्राइभेट परीक्षा दिन विद्यार्थीको बिहानदेखि फाराम भर्न भीड देखिन्थ्यो । प्राइभेट तर्फको परीक्षा यो वर्ष अन्तिम हुने हो कि भनेर विद्यार्थी बिहानैदेखि फाराम भर्नका लागि लामवद्ध भएका थिए । विद्यार्थीको भीडका कारण शुल्क...

  • २०७६ बैशाख १६, सोमबार

    भारतमा चौथो चरणको मतदान बलिउडका कलाकारको बाक्लो उपस्थिति

    भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदानको लागि त्यहाँ बिदा दिइएको छ । निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारको भाग्यको फैसलाको लागि चर्चित बलिउड कलाकारहरुले मतदान गरेका छन् । भारतका धनाढ्य व्यक्तित्वहरु मुकेश अम्बानी र अनिल...

  • २०७६ बैशाख १६, सोमबार

    झाडापखाला प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

    फोहर खानेपानीका कारण झाडा पखालाले प्रभावित भएको गुल्मीको मुसिकोट नगरपालिकामा पानी शुद्धिकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले आज वाटर एम्बुलेन्स पठाएको छ । खानेपानीमन्त्री बिना मगरले झाडापखाला क्षेत्रमा खानेपानी शुद्धिकरणका लागि आज ‘वाटर एम्बुलेन्स’ पठाइएको जानकारी दिनुभयो । मुसिकोट नगरपालिका–४ स्थित दजाकोट क्षेत्रमा पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी...

  • २०७६ बैशाख १६, सोमबार

    कम्युनिष्ट नेता डिबी सिंहको अन्त्येष्टि

    कम्युनिष्ट नेता दुर्गाबहादुर सिंह केसी डिबी सिंह को आज नारायणी नदीमा अन्तिम दाहसंस्कार गरिएको छ । विसं २००३ मा प्यूठानको लुङमा जन्मनुभएका सिंहको ७३ वर्षको उमेरमा शनिबार साँझ ६ बजे उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा निधन भएको हो । उहाँ मुटु र दम रोगले ग्रसित हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । विसं २०१३ मा कम्युनिष्ट आन्दोलनमा प्रवेश गर्नुभएका सिंहले विसं २०१९...

  • २०७६ बैशाख १५, आइतबार

    घुम्ती शिविरमा १५१ जनालाई नागरिकता

    दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ डाँडापरजुलमा सञ्चालित दुईदिने नागरिकता वितरणसम्बन्धी घुम्ती शिविरमा शनिबार १५१ जनाले नागरिकता बनाएका छन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सो शिविरमा शिविरमा ७२ महिला र ७९ पुरुष गरी १५१ जनाले नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । शिविरमा १६२ जनाको फोटोसहितको मदताता नामावली पनि सङ्कलन गरिएको थियो । नागरिकता...

Pages