STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १५, आइतबार

    भ्रष्टाचार विरुद्धको अभियान शुरु गरिने

    जिल्लाका ११ वटै स्थानीय तहमा हुने विकास गतिविधिका बेथितिबारे खबरदारीका साथै सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले गठन गरिएको नागरिक निगरानी केन्द्रले भ्रष्टाचार विरुद्ध तीनमहीने सार्वजनिक बहस अभियान घोषणा गरेको छ । सबै स्थानीय तहमा सुशासन, सूचनको हक, नागरिकको भूमिका, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कर्तव्य र अधिकारसँगै स्थानीयवासीले विकासे गतिविधिमा कसरी खबरदारी गर्ने भन्नेबारे सो अभियान...

  • २०७६ बैशाख १५, आइतबार

    छ नाउर र तीन झारलको सिकार

    ढोरपाटन सिकार आरक्षमा दोस्रो शिकार याममा छ नाउर र तीन झारलको सिकार भएको छ । आरक्षमा यस वर्षको दोस्रो सिकार यामका लागि १० नाउर र चार झारलको सिकार खेल्ने अनुमति दिइएकामा सिकार कम्पनीहरुले छ नाउर र तीन झारल मात्रै सिकार गर्न सफल भएको आरक्ष कार्यालयले जनाएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षलाई विश्वका साहसिक सिकारीहरुले आफ्नो प्रमुख गन्तव्यका रुपमा लिदै आएका छन् । सिकारका लागि...

  • २०७६ बैशाख १५, आइतबार

    विद्यार्थी कम भएपछि विद्यालय समायोजन

    विद्यार्थी कम हुँदै गएपछि तनहुँको भिमाद नगरपालिकामा सञ्चालित तीन वटा सामुदायिक विद्यालयलाई समायोजन गरिएको छ । वडा नं ९ को हिमालय आधारभूत विद्यालय, भिमाद वडा नं ५ को गणेशमान स्मृति आधारभूत विद्यालय र वडा नं ८ को जनशक्ति आधारभूत विद्यालयलाई क्रमशः भैरव आधारभूत विद्यालयमा, दीपक माविमा र जय नेपाल आधारभूत विद्यालयमा समायोजन गरिएको उक्त नगरपालिकाका शिक्षा शाखाप्रमुख नगेन्द्रराज पौडेलले जानकारी दिनुभयो...

  • २०७६ बैशाख १५, आइतबार

    भूकम्प मापन यन्त्र जडान

    सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वन बेनीस्थित न्यू होराइजन आवासीय माविमा भूकम्पकको जानकारी दिने ‘सिस्मोमिटर’ जडान गरिएको छ ।स्विट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा सो यन्त्र जडान गरिने अभियानअन्तर्गत उक्त यन्त्र जडान गरिएको हो । सो यन्त्र जडान भएपछि नेपालदेखि विदेशसम्मका एक म्याग्निच्युडभन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राखिनेछ...

  • २०७६ बैशाख १५, आइतबार

    विद्यार्थी आकर्षण गर्न ‘स्मार्ट बुक’ प्रयोग

    यहाँको एक सामुदायिक विद्यालयले विद्यार्थी आकर्षण गर्न चालू शैक्षिक सत्रदेखि ‘स्मार्ट बुक’ प्रयोगमा ल्याएको छ । वालिङ नगरपालिका–१ वडा कार्यालयले बालबालिका शीर्षकमा विनियोजन गरेको रकमबाट नगरपालिकाभित्रै पहिलो पटक रणवीर जनहित माविमा ‘टकिङ टिचर’ प्रविधि अर्थात् ‘स्मार्ट बुक’ प्रयोगमा ल्याइएको वडाध्यक्ष केदार काफ्लेले बताउनुभयो । “सरकारी विद्यालयतप्रति विद्यार्थी तथा अभिभावकहरुको रुचि घट्दै गइरहेकाले...

  • २०७६ बैशाख १५, आइतबार

    राजपुरमा दादुराको महामारी

    दाङको राजपुर गाउँपालिकामा दादुराको महामारी फैलिएको छ । अहिलेसम्म गाउँपालिका–४ मा ५० भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख कमल रोकाले जानकारी दिनुभयो । एक महीनाअघिदेखि शुरु भएको उक्त रोग न्यूनीकरण नभएपछि शनिबार विशेषज्ञ तथा गाउँपालिकाका अध्यक्ष लोकराज केसीलगायत सरोकारवालाको टोलीले छलफलपछि सङ्क्रमित क्षेत्रमा दादुराविरुद्ध खोप लगाउने पनि निर्णय गरेको थियो । “...

  • २०७६ बैशाख १५, आइतबार

    प्रदेश सरकारले टुक्रे योजना नियन्त्रण गर्ने

    चालू आर्थिक वर्षमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा टुक्रे योजना दिएको आलोचना भएपछि आगामी आर्थिक वर्षमा प्रदेश सरकारले यस्ता योजनालाई नियन्त्रण गर्ने जनाएको छ ।मुगु सदरमुकाम गमगढीमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले चालू आवमा विविध समस्या र अड्चनबीच प्रदेश सरकारले काम गर्नु परेकाले केही कमजोरी देखिए पनि आगामी आवमा तिनलाई...

  • २०७६ बैशाख १५, आइतबार

    जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्यन गरिने

    गण्डकी प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि अध्यन शुरु गर्न लागिएको प्रादेशिक सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले बताउनु भएको छ । नवलपरासीस्थित पूर्व नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको आधुनिक भवन शिलान्यासका क्रममा यस प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र निर्माणका लागि बजेटसमेत विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । प्रदेशका ११ वटा जिल्लाभित्र कहा“ जडीबुटी सङ्कलन...

  • २०७६ बैशाख १५, आइतबार

    एयरपोर्ट धुलिखेलमा बन्छ ः मन्त्री बाँस्कोटा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताउनुभएको छ । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउनेबारेमा सरकार पछि नहटेको जानकारी दिनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “...

  • २०७६ बैशाख १५, आइतबार

    अन्तर्राष्ट्रिय ब्याडमिन्टन ः नेपालका प्रिन्स फाइनलमा

    नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को ब्वाइज यू–१७ को अन्तिम चरणमा मा प्रवेश गरेका छन् । गए राति सम्पन्न खेलमा प्रिन्सले सेमिफाइनलमा भरतीय खेलाडी विकास यादवलाई २–० सोझो सेटमा पराजित गरेका हुन् । उनले पहिलो सेट २१–९ अङ्कले तथा दोस्रो सेट २१–१३ अङ्कले जितेका थिए । यसअघि प्रिन्सले क्वार्टरफाइनलमा...

  • २०७६ बैशाख १५, आइतबार

    रोग प्रभावितमा क्षेत्रमा चिकित्सक र औषधिसहित हेलिकप्टर पठाइयोे

    पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आज बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो । सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धारको काम गर्ने छ । ताजाकोटमा बिरामीलाई औषधि र रोग फैलिन नदिनका लागि प्रदेश सरकार लागिपरेको उहाँको भनाइ थियो । औषधि र स्वास्थ्यकर्मीको...

  • २०७६ बैशाख १५, आइतबार

    जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने

    ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको हो ।  जिल्ला प्रशासन कार्यालयमा केही दिनअगाडि बसेको ट्राफिक प्रहरी र यातायात व्यवसायीको बैठकले नयाँ बसपार्क...

Pages