STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १७, मंगलबार

    खप्तड आउने पर्यटक बढे

    खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा वाह्य पर्यटक भित्रिनेक्रममा वृद्धि भइरहेको छ । यहाँका विभिन्न हराभरालेक, तालतलैया तथा प्राकृतिक सम्पदाको अवलोकन गर्न पछिल्लो समय यो निकुञ्ज पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ । प्रदेश सरकार तथा यहाँका विभिन्न स्थानीय तहले खप्तडको विकासका लागि भन्दै करोडांै रकम विनियोजन गरी काम शुरु गराउन थालेपछि आन्तरिक तथा बाह्य पर्यटक भित्रिन थालेको डोटी...

  • २०७६ बैशाख १७, मंगलबार

     क्षयरोगबाट सात हजार मृत्यु

    नेपालमा क्षयरोगबाट वर्षेनी सात हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण वर्षेनी सो संख्यामा मानिसको मृत्यु हुने गरेको जानकारी दिनुभयो । यसरी मृत्यु हुनेको सङ्ख्या प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको र हालको तथ्याङ्क अनुसार ८० हजार क्षयरोगीले  उपचार गराइरहेका जानकारी दिँदै उहाँले यस्ता रोगीको सङ्ख्या...

  • २०७६ बैशाख १६, सोमबार

    कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

    उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ ।  ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै सवारी जाममा कमी हुने बताउनुभयो ।  “...

  • २०७६ बैशाख १६, सोमबार

    विदेश जाँदा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सकिने

    नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ ।  प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने छन ।   त्यसैगरी सोही मोबाइलबाट...

  • २०७६ बैशाख १६, सोमबार

    पाइपलाइन ओछ्याउने काम पाँच किमि बाँकी

    दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ ।       बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ओछ्याउने पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना...

  • २०७६ बैशाख १६, सोमबार

    महिलाको हत्या, श्रीमान्सहित तीन पक्राउ

    कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ ।  सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो । पक्राउ परेका तीन जनाउपर घटनाबारे थप...

  • २०७६ बैशाख १६, सोमबार

    राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता ग¥यो ।  उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताउनुभयो । उहाँले जापान सरकारबाट भएका काम राम्रा र स्तरीय भएको भनी प्रशंसा गर्नुभयो ।  उपप्रमुख...

  • २०७६ बैशाख १६, सोमबार

    राष्ट्रपति भण्डारीद्वारा नेपाली प्याभिलियनको उद्घाटन

    राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र र मार्ग मञ्चमा भाग लिन आउनुभएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमखुसँगै अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी २०१९ को उद्घाटन समारोहमा सहभागी हुनुभयो ।  बेइजिङको दक्षिण पश्चिमी बाहिर भागमा केन्द्रबाट करीब ७० किलोमिटरभन्दा अधिक दूरीमा अवस्थित कुनमिङ नगरमा आयोजित उक्त...

  • २०७६ बैशाख १६, सोमबार

    आगलागीबाट सात लाखको क्षति

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धौली लुहारको घरमा गए राति आगलागी हुदा रु सात लाख ५० हजार बढीको क्षति भएको छ ।   इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार चुलोबाट सल्केको आगोले लत्ताकपडा, भाँडाकुँडा, भण्डारण गरेको अन्न, कागजात र घर पूरै जलेर नष्ट भएको छ । घरको चुलोमा खाना बनाएर कोइला ननिभाउँदा त्यसबाटै घरमा आगो लागेको हुनसक्ने प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो...

  • २०७६ बैशाख १६, सोमबार

    अज्ञात रोगबाट परिवारनै बिरामी

    उदयपुर जिल्लाको मध्यपहाडी रौतामाई गाउँपालिका–६ को नामन्तमा एउटै वंशका दाजुभाइका समाल मगरका घरपरिवारनै एकै प्रकारका अज्ञात रोगबाट सिकिस्त बिरामी हुँदै आएका छन् भने दुईको मृत्यु भइसकेको छ । पाँच वर्षदेखि शरीर काम्ने र हल्लिने हातखुट्टा झमझमाउने रोगबाट ग्रसित हुँदै आएका समाल मगर परिवारमा श्रीमान् दुर्गाबहादुर समाल मगर र श्रीमती अम्बिका समाल मगरको अज्ञात रोगको कारण मृत्यु भइसकेको छ । अहिले अन्य...

  • २०७६ बैशाख १६, सोमबार

    सिटिजन्स बैंक खुला टेनिस शुरु

    सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस सङ्घको आयोजनामा साताँै खुला टेनिस प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ । सो प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गर्नुभयो । प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा हुने सङ्घका अध्यक्ष मनोहरदास मुलले जानकारी दिनुभयो...

  • २०७६ बैशाख १६, सोमबार

    राउटे भन्छन् ‘सरकार हामीलाई खाद्यान्न र पाल देऊ’

    सामान्यतया, चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे खोला बढ्ने डरले अली पर सरेका छन् । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला बिचमै बसेका राउटे समुदाय खोला तर्काउन लगाइएको तटबन्धदेखि करीब दुई समय मिटर पर बसाइँ सरेका छन् । प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौला त्यहाँ पुग्दा राउटे मुखिया सूर्यनारायण शाहीले...

Pages