STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख ५, बिहिबार

     मृतकको परिवारलाई बीमा रकम

    स्काभेटरले किचेर मृत्यु भएका जिल्लाको सिस्ने गाउँपालिका–७ सानचौरका चन्द्रबहादुर बुढाकी श्रीमती लिलाकुमारी बुढालाई बीमा रकम हस्तान्त्रण गरिएको छ । बुढालाई प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बीमाअन्तर्गतको रु पाँच लाख रकमको नेपाल बैंक लिमिटेडको चेक हस्तान्तरण गर्नुभएको हो ।  मृतकको परिवारलाई केही हदसम्म भए पनि राहत मिल्ने भन्दै जक्सन निर्माण सेवा एण्ड सप्लायर्स कम्पनीमार्फत् उक्त बीमा रकम...

  • २०७६ बैशाख ५, बिहिबार

    असिना पानी र पहिरोले लाखौँको क्षति

    सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–४ अत्तरपुरको सिक्रेस्थित शान्ति उदय आधारभूत विद्यालयलाई बुधबार बेलुकाको असिनापानीसँगै परेको वर्षाले पूर्णरुपमा क्षति पु¥याएको छ । माथिबाट झरेको पहिरो विद्यालयमा छिरेर पठनपाठन गर्न नमिलेपछि बन्द गर्नुपरेको वडाध्यक्ष कुमार लामाले बताउनुभयो । उहाँका अनुसार वर्षाले गए राति ६÷७ ठाउँमा पहिरो गएर अत्तरपुर, ठूलो धादिङ तथा लिसङ्खु सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।...

  • २०७६ बैशाख ५, बिहिबार

    मारुनी नाच जोगाउँदै स्थानीय सरकार

    मगर समुदायमा परम्परादेखि नै विभिन्न शुभकार्यमा देखाइने गर्रा अर्थात् मारुनी नाच डडेल्धुरामा लोप हुने अवस्थामा छ । समुदायका न्वारान, व्रतबन्ध, विवाहलगायत शुभकार्यमा देवीदेवताको आराधना गर्दै मारुनी नाच नचाउने गरिन्छ । मारुनी नाचमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुर्सुङ्गे र ६ देखि १० जनासम्म गायक हुन्छन् । यदि मारुनी नाचमा तीन मादले अथवा एक मात्र मारुनी छन् भने त्यहाँ पुर्सुङ्गेलाई एक मादलेसँग...

  • २०७६ बैशाख ५, बिहिबार

    बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु

    पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ । टेलिभिजनहरुले सडकको छेउमा बस पल्टिएका दृश्यहरु देखाएका छन् । जर्मन सरकारका प्रवक्ताले मडेइरामा दुर्घटना भएको खवर आएको ट्वीट गर्नुभएको छ । उहाँले घटनामा परी मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ । मृत्यु भएकामध्ये १७ जना महिला र ११ जना पुरुष रहेका अधिकारीहरुले...

  • २०७६ बैशाख ५, बिहिबार

    आठौँ राष्ट्रिय खेलकूद ः एथ्लेटिक्स शुरु 

    आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आजदेखि दाङको बेलझुण्डी रङ्गशालामा एथ्लेटिक्स शुरु भएको छ ।  बेलझुण्डी रङ्गशालाको सेन्थेटिक ट्रयाकमा शुरु भएको एथ्लेटिक्सअन्तर्गत १०० मिटर महिला र पुरुष, दश हजार मिटर महिला पुरुष र सटपुट खेल भएको छ । १०० मिटर दौडमा महिलातर्फ नेपाल आर्मीका सरस्वती चौधरीले स्वर्ण पदक जितेका थिए ।  उनले १२ मिनेट १९ सेकेण्डमा सो दूरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । यसैगरी प्रदेश...

  • २०७६ बैशाख ५, बिहिबार

    स्वदेशमै रोजगारी सिर्जना गरिने

    प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्वदेशमै रोजगार सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताउनुभएको छ ।  नेपाल कम्युनिष्ट पार्टीकातर्फबाट प्रदेशसभा सदस्य लक्ष्मण आचार्यकी आमा तुलसीपुर १२ की पुस्करादेवीको १३ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलि सभामा उहाँले भन्नुभयो, “अहिले रोजगारी खोज्दै विदेश जानेको लर्को छ, यसले पारिवारिक तागत पनि विघठन भएको छ, यसलाई जोड्नु पर्छ, अर्काको देशमा गएर...

  • २०७६ बैशाख ५, बिहिबार

    ४५ अर्ब बराबरको औषधि कारोवार

    नेपालमा वार्षिक रु ४५ अर्ब बराबरको औषधि कारोवार हुने गरेको छ । नेपाल औषधि व्यवसायी सङ्घको शुक्रबारदेखि दुई दिनसम्म पोखरामा हुने राष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले देशमा कूल २१ हजार औषधिको व्यवसायमा आबद्ध भएको जानकारी दिनुभयो ।   गुणयुक्त, जनसुरक्षित औषधि सुलभ तरिकाले जनसमक्ष पु¥याउने उद्देश्यका साथ सङ्घको स्थापना भएको बताउँदै...

  • २०७६ बैशाख ५, बिहिबार

    देश बन्दैछ र केही नयाँ हुँदैछ भन्ने आत्मविश्वास बढ्दै गएको छ 

    सरकारी निकाय र निर्माण व्यवसायीले इमान्दार भएर काम गरे ठूला विकास निर्माणका कामले गति लिन सक्छ भन्ने उदाहरण नयाँ वर्ष लागेपछि निरन्तर रुपमा सार्वजनिक भएका छन् ।  यस मुलुकमा केही भएकै छैन, मात्र भ्रष्टाचार भएको छ, सरकार पूरै असफल भएको छ, प्रधानमन्त्री र मन्त्रीहरु गफ मात्रै दिन्छन् भन्नेका लागि विकासका पछिल्ला उदाहरण स्वतः जवाफका रुपमा उपस्थित हुन्छन् । यिनले आम जनतामा लोकतन्त्रप्रतिको आस्थालाई...

  • २०७६ बैशाख ४, बुधबार

    निकुञ्जमा वन्यजन्तुलाई पानी अभाव

    पानीको स्रोत सुकेकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या भएको छ । बाघ बस्ने क्षेत्र विस्तार गर्न नौ वर्षअघि बनाइएको राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ नाघिसकेको छ । निकुञ्जमा जङ्गली हात्ती पनि आउने गर्छन् । उनीहरुलाई पानी पिउनका लागि खोला, ताल, पोखरी र सीमसार भने छैनन् । पानी नहुँदा निकुञ्जबाट जनावर बाहिर निस्कने भएकाले मानवीय क्षतिसँगै जनावर मारिने गरेको निकुञ्जका प्रमुख संरक्षण...

  • २०७६ बैशाख ४, बुधबार

    ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

    काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई सबै प्रकारका रोगको निःशुल्क परीक्षण शुरु गरेको छ । कामपाको वडा नं १५ बाट मेयर निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरिएको यस कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई २० प्रतिशतसम्म औषधिमा समेत छुटको व्यवस्था गरी शुरु गरेको जानकारी दिइएको छ । पहिलो चरणमा १५ वडामा रहेका करीब एक हजार ६०० सामाजिक सुरक्षाभत्ता...

  • २०७६ बैशाख ४, बुधबार

    कुखुरापालकलाई जैविक सुरक्षा सचेतना

    केन्द्रीय राजधानी काठमाडौँलगायत छिमेकी जिल्ला मकवानपुर र भक्तपुरमा बर्डफ्लुजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रले कुखुरापालक किसानलाई जैविक सुरक्षा ९बायो सेक्युरिटी० सचेतना अभियान थालेको छ । प्राविधिक संलग्न सचेतना टोलीले व्यावसायिक कुखुरापालन गर्दै आएका जिल्लाका किसानका फार्ममा पुगेर जैविक–सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै आएको केन्द्र प्रमुख डा...

  • २०७६ बैशाख ४, बुधबार

    एक सय गोही राप्तीमा छाडियो

    चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ । यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ । विगत १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार पटक–पटक गरी माघयता ती गोही कसरा नजिकैबाट राप्ती नदीमा छाडिएको हो । अन्दाजी पाँच वर्ष उमेरका गोही...

Pages