-
२०७६ बैशाख ५, बिहिबार
भूकम्प प्रभावित सूचीमा छुटेकाको सूचीकरण गर्ने काममा तीव्रता
काठमाडौँ महानगरपालिकाले भूकम्प प्रभावित सूचीमा छुटेकाको पहिचान र सूचीकरण गर्ने कामलाई तीव्रता दिएको छ । विसं २०७२ को भूकम्पका कारण काठमाडौँ उपत्यकासहित मुलुकका १४ जिल्ला अति प्रभावित भएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गएको कात्तिक १९ गते स्वीकृत गरेको ‘छुट तथा पुनःजाँच सर्वेक्षण कार्य सञ्चालनसम्बन्धी कार्यविधि २०७५’ बमोजिम छुटेका प्रभावितको सूचीकरण गर्न कामपाले तीव्रता दिएको हो ।...
-
२०७६ बैशाख ५, बिहिबार
प्रहरी अस्पतालमा ‘शिशु स्याहार केन्द्र’ स्थापना
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ‘शिशु स्याहार केन्द्र’ स्थापना गरिएको छ । नेपाल प्रहरी अस्पतालको ३५ औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘शिशु स्याहार केन्द्र’ तथा विशिष्ट व्यक्तिको उपचारका लागि स्थापना गरिएको ‘भिआइपी कक्ष’को उद्घाटन गर्नुभएको हो । विसं २०४० चैत २७ गते २५ श्ययाबाट शुरु भएको सो अस्पतालमा अहिले १५० श्यया रहेको छ । सो अवसरमा महानिरीक्षक खनालले प्रहरी...
-
२०७६ बैशाख ५, बिहिबार
बालिका बलात्कृत
गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताउनुभयो । मामाघर गएर आमासँगै घर फर्कने क्रममा मियाँले बालिकालाई घरसम्म पु¥याइदिन्छु भन्दै बुधबार मोटरसाइकलमा लिएर आएको र बाटोमै बालिकालाई पैसा दिने...
-
२०७६ बैशाख ५, बिहिबार
धेरै पदक जितेर देशको नाम राख्ने धोको
सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाको भारतमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जित्ने धोको छ । यही धोको पूरा गर्न राना जोडतोडका साथ लागेकी छन् । यसअघि भारतको पुनामा भएको प्रतियोगितामा स्वर्ण पदक हात पारेकी उनले अहिले पनि नतिजा दोहो¥याउने उद्देश्यका साथ करातेको अभ्यासमा लागिपरेकी छन् । “हाम्रो प्रशिक्षण उत्कृष्ट छ”, राना भन्छिन्, “धेरै पदक जितेर देशको नाम राख्छौँ ।”...
-
२०७६ बैशाख ५, बिहिबार
४८ वर्षपछि खानेपानी
दाङको लमही नगरपालिका–६ स्थित कुलमोहरवासी खानेपानीको सुविधा भएपछि खुशी छन् । नगरपालिकाकै विकट क्षेत्र पर्ने कुलमोहरमा यसअगाडि धेरै नेता आए विकास दिन्छु भने तर कसैले सिन्को भाँचेनन् । विकास गर्न धेरै बाँकी रहेको कुलमोहरमा पहिलो पटक धारामा पानी खसेपछि विकासको महसुस हुन थालेको स्थानीयवासी श्यामसिंह गिरीले बताउनुहुन्छ । “साह्रै पछाडि परेको गाउँ हो हजुर यो, खानेपानीको धेरै समस्या थियो,” गिरीले भन्नुभयो...
-
२०७६ बैशाख ५, बिहिबार
राष्ट्रपति भण्डारी नेपालगञ्जमा
राष्ट्रपति विद्यादेवी भण्डारी आज अपराह्न नेपालगञ्ज आइपुग्नुभएको छ । आठांैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न उहाँ श्रीएयर लाइन्सको विमानबाट केही बेरअघि नेपालगञ्ज आइपुग्नुभएको राष्ट्रपतिका प्रमुख सल्लाहकार भेषराज अधिकारीले जानकारी दिनुभयो । आज साँझ ६ बजे नेपालगञ्ज रङ्गशालामा राष्ट्रपति भण्डारीले प्रतियोगिताको उद्घाटन गर्दैै हुनुहुन्छ । राष्ट्रपति नेपालगञ्जमा रहँदा प्रदेश नं ५ का...
-
२०७६ बैशाख ५, बिहिबार
गृहसचिव र प्रहरी महानिरीक्षक सम्मानित
बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरे वापत गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालसहित अन्य कर्मचारीलाई आज सम्मान गरिएको छ । सचिव राई र महानिरीक्षक खनाललाई रु आठ हजार नगदसहित प्रशंसापत्र तथा गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृत फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद रु ६ हजारसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको छ...
-
२०७६ बैशाख ५, बिहिबार
नेपालगञ्ज खेलाडीमय भयो
यतिबेला नेपालगञ्ज खेलाडीमय भएको छ । आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिता भएपछि यतिबेला नेपालगञ्ज खेलाडीमय भएको हो । सधँै आ–आफ्ना खेलमा व्यस्त हुने खेलाडीलाई अहिले आठौँ खेलकूदले एक ठाउँमा जम्मा पारेको छ । ‘आठाँै राष्ट्रिय खेलकूद, हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मूल नाराका साथ भइरहेको प्रतियोगितामा करीब पाँच हजार खेलाडी सहभागी हँुदैछन् । ३५ खेल समावेश रहेको प्रतियोगितामा नेपालगञ्जमा...
-
२०७६ बैशाख ५, बिहिबार
कर्णालीमा गुच्ची च्याउ र सुदूरपश्चिममा यार्सा
गुच्ची च्याउ कर्णाली र यार्सागुम्बा सुदूरपश्चिम प्रदेशमा बढी उत्पादन हुने बताइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट द्वारा आज यहाँ आयोजित ‘जङ्गली खाद्यफल च्याउ’ सम्बन्धी अन्तत्र्रि यामा सो कुरा जनाइएको हो । उक्त प्रतिष्ठानले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा ५९ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा २८ तथा अन्य प्रदेशमा १३ प्रतिशत गुच्ची च्याउ उत्पादन हुने गर्दछ ।...
-
२०७६ बैशाख ५, बिहिबार
कुखुराको मासु ७० डिग्री सेन्टिग्रेडसम्म पकाउन सुझाव
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले जिल्लामा बर्ड फ्लु रोगका बारेमा जानकारी गराएको छ । बर्ड फ्लु रोग नियन्त्रण कार्यशाला गोष्ठी गरी बर्ड फ्लु रोगका बारेमा जानकारी गराइएको हो । बर्ड फ्लुको असर जुम्लामा पनि पर्न सक्ने भएकाले यसबाट बच्न गोष्ठीे आयोजना गरिएको पशु प्राविधिक नरसिंह थापाले बताउनुभयो । जिल्लामा विभिन्न सडकखण्ड हँुदै भित्रिने कुखुरा, अण्डा र चल्लालाई नियन्त्रणका लागि...
-
२०७६ बैशाख ५, बिहिबार
ग्यास सिलिण्डर विष्फोट
नेत्रविक्रम चन्द समूहको नेपाल बन्द आह्वानका क्रममा जिल्लाका दुई स्थानमा विष्फोट भएको छ । बस्तीभन्दा पर भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिका–१८ स्थित भीमनगरमा घोल खेत नजिकै कुलोमा टायर राखेर ग्यास सिलिण्डर पड्काएको हो । यस्तै कालिका नगरपालिका–८ स्थित कालिका मन्दिर नजिकै रहेको...
-
२०७६ बैशाख ५, बिहिबार
‘जनप्रतिनिधि नै डोजर मालिक नबन्नुहोस्’
प्रतिनिधिसभा सदस्य पार्वती विशुन्खेले जनप्रतिनिधिलाई डोजर मालिक नबन्न सुझाव दिनुभएको छ । “जनप्रतिनिधि आफैँले डोजर किनेर काम गर्नु राम्रो होइन”, सांसद विशुन्खेले भन्नुभयो, “जनप्रतिनिधिले डोजर मालिक बनेर आफैँले बनाएको नीति नियम मिच्नु हुँदैन ।” दैलेखको नौमूले गाउँपालिकामा आयोजित स्थानीय तहका जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा सांसद विशुन्खेले भन्नुभयो, “जनप्रतिनिधि नै डोजर मालिक बनेपछि स्थानीय...


