-
२०७६ बैशाख ५, बिहिबार
विद्युत् अवरुद्ध हुँदा तीन सय घर धुरी अन्धकारमा
जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गत वैशाख १ गते परेको भीषण वर्षाका कारण आएको बाढीले दुई लघु जलविद्युत् आयोजनामा क्षति पु¥याउँदा विद्युत् सेवा अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको बाढीका कारण गौदी खोला किनारमा रहेको १५ किलोवाटको गौदिखोला चौथो लघुजलविद्युत् आयोजना र २१ किलोवाट क्षमताको गौदिखोला तेस्रो लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएको गलकोट नगरपालिका–१ दुदिलाभाटीका वडाध्यक्ष नेत्रबहादुर...
-
२०७६ बैशाख ५, बिहिबार
प्रत्यारोपण सम्मेलन हुने
अङ्ग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अङ्गदानका क्षेत्रमा विकसित नवीनतम प्रविधि, ज्ञान, सीप एकापसमा आदानप्रदान गर्ने ध्येयले यही वैशाख ७ र ८ गते प्रत्यारोपण सम्मेलन आयोजना हुने भएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र नेपाल–भारत अङ्ग प्रत्यारोपण समाजको संयुक्त सहकार्यमा काठमाडौँमा पहिलो पटक सो दुईदिने सम्मेलन हुन लागेको हो । सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग...
-
२०७६ बैशाख ५, बिहिबार
कैलालीमा शङ्कास्पद वस्तु
बिप्लप नेतृत्वको नेकपा माओवादी समूहले गरेको बन्दका क्रममा आज कैलालीको अत्तरिया र लम्कीमा शङ्कास्पद वस्तु फेला परेपछि जनजीवन त्रसित बनेको छ । वस्तु फेला परेसँगै स्थानीयवासी पुनः हिंसा र द्वन्द्व निम्तिने अवस्था आउन सक्ने भन्दै त्रसित बनेका हुन् । फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो । शङ्कास्पद वस्तु भेटिएपछि नेपाली सेनाको...
-
२०७६ बैशाख ५, बिहिबार
सवारी साधनमा आगजनी
विप्लव समूहले आह्वान गरेको बन्दमा गाडी चलाइएको भन्दै अज्ञात समूहले हेटौँडा काठमाडौँ त्रिभुवन राजपथअन्तर्गत थाहा नपा वडा नं ४ दामन नजिक काठमाडौँबाट हेटौँडा आइरहेको ना २ च ९०९४ नंको कुखुरा ओसार्ने सवारी साधनमा आगजनी गरी क्षति पु¥याएको छ । यसैगरी हेटौँडाबाट भीमफेदी हँुदै थाहा नगरपालिकातर्फ गइरहेको ना ४ ख ७९६० नंको मिनी ट्रकमा भीमफेदी गाउपालिका–९ गोलमोडमा आगजनी गरी क्षति गरिएको छ । यसैगरी हेटौँडा...
-
२०७६ बैशाख ५, बिहिबार
नेपालको पहिलो भूउपग्रह प्रक्षेपण,प्रधानमन्त्रीद्वारा बधाई
नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण गरिएको छ । नेपाली विज्ञान प्रविधिको इतिहासमै पहिलो पटक भूउपग्रह आज बिहान २ः३१ बजे संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । नेपालले आफ्नै स्याटेलाइट भूउपग्रहमा प्रक्षेपण गरेसँगै नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा परेको छ । नेपालको स्याटेलाइट सफलतापूर्वक...
-
२०७६ बैशाख ५, बिहिबार
घाइते सैनिकलाई काठमाडौँ पठाइयो
नेत्रविक्रम चन्द्र बिप्लव समूहद्वारा पोखरामा राखिएका बमलाई निष्क्रिय पार्ने क्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । सो बमबाट कालीभञ्याङ गण रत्नमन्दिर पोखराका नायक धर्मबहादुर थापाको देब्रेहातको हत्केलामा क्षति भएको छ । उहाँको प्रारम्भिक उपचार पोखरास्थित फिस्टेल अस्पतालमा गरिएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी गराउनुभयो ।...
-
२०७६ बैशाख ५, बिहिबार
पञ्चेबाजा संरक्षणका लागि समावेशी टोली निर्माण
विवाह तथा विभिन्न समारोहमा बजाइने पञ्चेबाजा पछिल्लो समयमा आएर लोप हुन थालेपछि संरक्षणमा जोड दिन थालिएको छ । बजारमा आधुनिक बाजाको आगमनसँगै पराम्परागत रूपमा बजाइने मौलिक संस्कृति बोकेको पञ्चेबाजा बजाउने चलन जिल्लाको नलगाड नगरपालिका बाजा संरक्षणमा लागेको हो । जिल्लामा सयौँको सङ्ख्यामा रहेका यसका वाद्यवादक अहिले सीमित मात्रामा रहेका छन् । त्यो पनि वृद्धवृद्धा मात्र नेपालीको मौलिकता झल्काउने पञ्चेबाचा...
-
२०७६ बैशाख ५, बिहिबार
उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण,
उत्तर कोरियाले बुधबार नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ । उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ । केसीएनएले उत्तर कोरियाली नेता किम जोङ–अनले बुधबार उक्त नयाँ हतियारको परीक्षण कार्यको निरीक्षण गर्नुभएको जनाएको छ । तर नयाँ हतियारका बारेमा विस्तृत विवरण दिइएको छैन । उत्तर कोरियाली नेताले गत वर्ष...
-
२०७६ बैशाख ५, बिहिबार
विद्युतीय कारोवार ऐनका दफा खारेजी माग
पत्रकारले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरी धर्ना दिएका छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौँको अगुवाइमा पत्रकारले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्र्दै जिल्ला प्रशासन कार्यालय अगाडि आज एक घण्टा धर्ना दिएका हुन् । काठमाडौँ शाखाले पत्रकारमाथि भएको धरपकड रोक्नुपर्ने लगायत माग राख्दै प्रमुख जिल्ला अधिकारी...
-
२०७६ बैशाख ५, बिहिबार
चुनावकै बेला भारतमा थप दुई नक्सलवादी मारिए
भारतको छत्तीसगढ राज्यमा पर्ने कौकोन्डा प्रहरी चौकी अन्तर्गतको सुरक्षा टोलीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा दुई नक्सलवादी मारिएका छन् । लोकसभा निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरुले नक्सालवादी विरुद्ध सुरक्षा कारबाही गरेका हुन् । लोकसभा निर्वाचन अन्तर्गत छत्तीसगढको कान्कर, राज्नान्गन र महासमुन्द गरी तीन निर्वाचन क्षेत्रमा दोस्रो चरणको मतदान भएका बेला भएको सुरक्षा कारबाहीले निर्वाचनलाई पनि...
-
२०७६ बैशाख ५, बिहिबार
जालमा परेर छ वटा गोही मरे
चालू आर्थिक वर्षको हालसम्म माछा मार्न थापिएका जालमा परेर छ वटा गोही मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा रातिको समयमा थापिएका ठूलो तिहारी जालमा परेर ती गोही मरेका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सौराहाबाट मेघौलीसम्म राप्ती नदीमा ती गोही मरेका हुन् । पाँचवटा जालमै परेका गोहीलाई उद्धार गरिएको उहाँले बताउनुभयो । कतिपय जालबाट फुस्किएर भाग्ने...
-
२०७६ बैशाख ५, बिहिबार
विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो
आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी उन्नाइस वर्षमुनि यु–१९ एकदिवसीय विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो भएको छ । मलेसियामा जारी एशिया छनोटअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स युएई ले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको हो । छनोट खेलमा सिङ्गापुरविरुद्धको पहिलो खेलबाट राम्रो शुरुआत गरेको नेपालका लागि युएईविरुद्धको दोस्रो खेलमा...


