STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० श्रावण १४, आइतबार

    घरजग्गा हटाएर खाली गर्न सूचना टाँस पछि घरधनी र व्यापारी आन्दोलित

    हेटौँडास्थित सडक डिभिजन कार्यालयले गत असार १० गते हेटौँडा उपमहानगरपालिकाको राप्तीरोडदेखि बुद्धचोक र चौकीटोलदेखि रातमाटेसम्म सडकको बीचबाट २५ मिटर दायाँबायाँ अतिक्रमण भएको भनी घरजग्गा हटाएर खाली गर्न ३५ दिने सूचना टाँस गरेपछि स्थानीय घरधनी तथा व्यापारी आन्दोलित भएका छन् । उक्त कार्यालयले बारा जिल्लाको पथलैयादेखि हेटौँडासम्म र हेटौँडादेखि नारायणगढसम्मको सडक चौडा र बिस्तार गर्न अतिक्रमित २५ मिटर...

  • २०८० श्रावण १४, आइतबार

    नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उहाँले...

  • २०८० श्रावण १४, आइतबार

    प्रदेश नं २ मा पहिलो स्थानमा रहेको मैथिली भाषा सङ्कटमा

     समग्रमा नेपालभित्र बोलिने भाषाहरूमध्ये मातृभाषाका रूपमा दोस्रो र प्रदेश नं २ मा पहिलो स्थानमा रहेको मैथिली भाषा रहे पनि मगही, हिन्दी र मधेसी भाषाको चर्चा परिचर्चाले प्रदेशमा मैथिली भाषालाई कामकाजको भाषा निर्धारण सन्दर्भ ओझेलमा छ । भाषा आयोगले स्पष्टरुपमा प्रदेशमा मैथिली भाषाको अग्रता उल्लेख गरे पनि सम्पर्क भाषाको प्रसङ्गले मैथिली भाषाको भविष्यमाथि नै प्रश्न उब्जेको छ । सम्पर्क भाषामा हिन्दी तथा...

  • २०८० श्रावण १४, आइतबार

    महिना दिनमै उप्कियो लोकमार्गको कालोपत्र

    काठमाडौं - राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा पर्ने करिब एक सय ४२ किलोमिटरमध्ये अधिकांश सडक कालोपत्र भइसकेको छ । बागलुङ–घोडाबाँधे खण्डको १५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । वर्षौं अगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि अहिले मर्मत भइरहेको छ । निर्माण कम्पनीले केही दिनमै काम सक्ने गरी तीव्रता दिए पनि मर्मत भएका केही ठाउँमा बीच भागमै कालोपत्रे...

  • २०८० श्रावण १४, आइतबार

    आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

    काठमाडौं - अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको...

  • २०८० श्रावण १४, आइतबार

    पनौती–नमोबुद्ध विश्व शान्ति सांस्कृतिक पदयात्राको तयारी

    काठमाडौं - विश्व शान्ति दिवसका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले आगामी असोज ६ गते विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो । काभ्रे सेवा समाज, जिल्ला समन्वय समिति तथा स्थानीय तह, नागरिक समाज एवं सामाजिक संस्थाको आयोजनामा विश्वभर...

  • २०८० श्रावण १३, शनिबार

    काठमाडौंको इतुम्बहालमा ऐतिहासिक सम्पदा संग्रहालय

    काठमाडौंको इतुम्बहाललाई राजधानीका बौद्ध विहारहरुमध्येको सबैभन्दा ठुलो र पुरानो महाविहार मानिन्छ । प्राचीन इतिहास बोकेको इतुम्बाहाः आफैमा सिंगो सङग्रहालय हो ।  मूर्तअमूर्त सम्पदाले भरिपूर्ण भएको कारण इतुम्बहाः अर्थात् केशचन्द्र पारावत् महाविहार समृद्ध छ । यस महाविहारमा नेवार बौद्ध धर्मालम्बीहरुसँग सम्बन्धित इतिहास, संस्कृति, रहनसहन, महायान, वज्रयान बौद्धहरुको जीवनशैली, संस्कारसम्बन्धी...

  • २०८० श्रावण १३, शनिबार

    साँस्कृतिक संस्थानका भुतपूर्व महाप्रबन्धकको एक साथ तीन गीतको भिडियो रिलिज

    साँस्कृतिक संस्थानका भुतपूर्व महाप्रबन्धक राजेश थापाको निर्देशनमा बनेका तीन वटा म्युजिक भिडियो शुक्रबार रिलिज गरिएको छ ।  यस अघि चलचित्र हिजो आजका कुरा सहित केही बृत्तचित्र निर्माण गरेका निर्माता एवम् गीतकार बैकुन्ठ प्रसाद उपाध्याय रचित तीन वटा गीतको भिडियो काठमाडौंमा एकसाथ प्रिमियर गरेका छन् ।  नेपाल कि प्रथम महिला निजामति कर्मचारी शान्ता अर्याल प्रमूख अतिथी रहेको  यी गीतहरुको बरिष्ट गीतकार...

  • २०८० श्रावण १२, शुक्रबार

    डेंगुले महामारीको रूप लिने खतरा

    काठमाडौ - वर्षात् शुरू नहुँदै देखिएको सुनसरीबाट फैलिएको डेंगुले महामारीको रूप लिने खतरा बढेको छ । गत वर्ष काठमाडौंबाट फैलिएको डेंगुले देशैभरि महामारीको रूप लिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सन् २०२३ जुलाई २४ सम्म ६९ जिल्लामध्ये सुनसरीमा सबैभन्दा बढी अर्थात् २ हजार ५ सय ४२ जनालाई डेंगु लागिसकेको छ । जनवरीमा ६ जना डेंगुका...

  • २०८० श्रावण १२, शुक्रबार

    प्रधानमन्त्री, गृहमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु नराम्रो : प्रधानमन्त्री

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उद्देश्य प्राप्तिका निम्ति मन्त्रीहरूको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताएका छन् । शुक्रवार इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र...

  • २०८० श्रावण १२, शुक्रबार

    बलात्कार आरोपमा आयोजना इन्जिनियर पक्राउ

    काठमाडौं - मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको बुझिएको छ। एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि ५२ वर्षीय पोखरेललाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए। ब्लु क्रस अस्पतालमा उपचारका लागि आएका पोखरेललाई प्रहरीले नियन्त्रणमा...

  • २०८० श्रावण १२, शुक्रबार

    काठमाडौंबाट चित्लाङ जाँदै गरेको भ्यान दुर्घटनामा दुईको मृत्यु

    काठमाडौं - काठमाडौँको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । आज विहान बा १० च ३५४६ नंको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो । मृत्यु हुनेमा सिन्धुलीका २० वर्षीय चालक नवराज थोकर र काभ्रेका ४५ वर्षीय यात्रु अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए। काठमाडौंबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त...

Pages