-
२०८० श्रावण ११, बिहिबार
कांग्रेस महासमिति बैठक मङ्सिर १३ देखि १५ गतेसम्म
काठमाडौं - नेपाली कांग्रेसले आगामी मङ्सिर १३ देखि १५ गतेसम्म पार्टीको महासमिति बैठक काठमाडौँमा बोलाउने निर्णय गरेको छ । कांग्रेसको आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको विधानबमोजिम नीति अधिवेशनमार्फत गर्ने निर्दिष्ट गरेका कार्य गर्ने गरी मङ्सिर १३ देखि १५ गतेसम्म महासमितिको बैठक बोलाउने निर्णय गरेको हो । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको हो ।...
-
२०८० श्रावण १०, बुधबार
एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं - प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेको छ । आजको बैठकको आकस्मिक समय चलिरहेको बेला सो पार्टीका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारलाई रुलिङको माग गरे। एमालेका सांसदहरू ‘सुन तस्करीलाई कारबाही गर’लगायत नारा लगाउँदै ‘रोष्टम’ घेर्न पुगेका थिए । त्यसपछि...
-
२०८० श्रावण १०, बुधबार
सुन तस्करी प्रकरणमा गृहमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्छ : रवि लामिछाने
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् । साथै उनले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिए । संसदको बुधबार बसेको बैठकमा समय लिएर बोलेका रास्वपा सभापति लामिछानेले १०० किलो सुन तस्करी प्रकरणमा मालिकसम्म किन पुगिएन भनेर प्रश्न गरे । ‘...
-
२०८० श्रावण १०, बुधबार
सय केजी सुन प्रकरणबारे गृहमन्त्रीसँग जवाफ माग गर्ने एमालेको निर्णय
काठमाडौँ - प्रमुख प्रतिपक्ष दल एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुनबारे जवाफ माग्ने भएको छ । बुधवार बसेको संसदीय दलको बैठकले उक्त प्रकरणबारे आफ्ना धारणा संसद्मा राख्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए । ‘सुन प्रकरणबारे गहिराइसम्म पुगेर गम्भीरतापूर्वक छानबिन हुनुपर्छ । भरियालाई मात्र होइन सुन ल्याउने मान्छे को हो त्यसको जडसम्म पुग्नुपर्छ’,...
-
२०८० श्रावण १०, बुधबार
सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन्
काठमाडौं - काठमाडौँको सामाखुसी खोलामा गत आइतबार साँझ आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर अझै फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालक मगरको खोजी कार्यका लागि नेपाल प्रहरीको विपद् व्यवस्थापनको टोली तथा गोताखोर टोली खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी...
-
२०८० श्रावण १०, बुधबार
सोह्रखुट्टेबाट ब्रेक शु र सुन नाप्ने मेसिन बरामद
काठमाडौं - सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले काठमाडौंको सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारेको छ। बुधबार विमागबाट खटिएको टोलीले सोह्रखुट्टेको एक घरमा छापा मार्दा ब्रेक शु, डिस्क ब्रेकका सामान तथा सुन नाप्ने मेसिन, हिटर पनि बरामद गरेको छ । विभागले त्यहाँ बरामद गरेका सामानहरु त्रिभुवन विमानस्थलमा बरामद गरेको पोकाजस्तै रहेको बताइएको छ । तर, ती पोकाहरुमा सुन छ छैन त्यसबारे भने...
-
२०८० श्रावण १०, बुधबार
पुष्प खडका र माला लिम्बुको सुहाएको जोडि झरीमा
युवा श्रोता तथा दर्शकको मनमा बस्न सफल गायक नविन के भट्टराईको ‘ए झरी’ बोलको गीत कुनै समय लोकप्रिय थियो । सोही लोकप्रियको गीत अहिले फिमेल भर्सनमा आएको छ । गायक नविन के भट्टराईले झण्डै डेढ दशकअघि गाएको ‘ए झरी’ गीतलाई पछिल्लो समयकी चर्चित गायिका अमृता लिम्बूद्वारा स्वरबद्द गरेका छन् । उक्त गीतको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ । म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त...
-
२०८० श्रावण १०, बुधबार
काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालय बीच सहकार्य
काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौताअनुसार स्नातक तहमा जनप्रशासन तथा व्यवस्थापन र स्नातकोत्तर तहमा सङ्घीय शासन तथा जनप्रशासन विषय संयुक्त रुपमा...
-
२०८० श्रावण १०, बुधबार
तथ्याङ्कमा काठमाडौँ जिल्लाः जनघनत्व र जनसङ्ख्या सबैभन्दा बढी
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार सङ्घीय राजधानी काठमाडौँ सबैभन्दा धेरै जनसङ्ख्या र जनघनत्व भएको जिल्ला हो । देशका अरू जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा धेरै २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या रहेको छ । सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला भने मनाङ हो । मनाङको जनसङ्ख्या पाँच हजार छ सय ५८ जना छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको...
-
२०८० श्रावण १०, बुधबार
बाद्यवादनमा भविष्य खोज्दै
सङ्गीत भावना हो, मनभित्रको लय र माधुर्यता हो । सङ्गीत मन नपर्ने सायदै होलान् । यसले बालबालिकादेखि वृद्धावृद्धासम्म तानिरहेको हुन्छ । यस्तै सङ्गीतको धुनमा डुबुल्की मार्न पुग्नुभएको छ, पाल्पाको रामपुरका अनुप काफ्ले । उहाँ १५ वर्षको हुनुभयो । उहाँलाई बाद्यवादन एक किसिमको नशाजस्तै बनेको छ । विद्यालयबाट घर फर्केपछि गृहकार्य सकाएर बाजा बजाउने र गीतअनुसारका नयाँ–नयाँ ताल सिक्ने गर्नुहुन्छ । चार...
-
२०८० श्रावण १०, बुधबार
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ स् प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताउनुभयो । आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितीको...


