-
२०८० श्रावण १८, बिहिबार
प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठ सिफारिस
काठमाडौं - प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरिएको छ । बिहीबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठलाई सिफारिस गरेको हो । उमेर हदका कारण २० साउनदेखि अनिवार्य अवकाश जाँदै गरेका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीशका रुपमा आउँदै छन् । ३१ औं प्रधानन्यायाधीशका लागि सिफारिस भएका श्रेष्ठको नाम परिषदको...
-
२०८० श्रावण १८, बिहिबार
सुन तस्कर माओवादी नेता भए पनि छोडिँदैन : नारायणकाजी
काठमाडौँ - नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादीकै नेता भए पनि नछोड्ने चेतावनी दिएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै यदि प्रमाण भेटिए पार्टीका नेता समेत कारबाहीमा पर्ने बताएका हुन् । ‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने...
-
२०८० श्रावण १८, बिहिबार
सामाखुशी खोलामा खसेका बालकको ११ दिनपछि शव फेला
काठमाडौं - ७ साउन गते काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव ११ दिनपछि फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार १३ वर्षीय बालक विधान आलेमगर (साजन)को शव ११ दिनपछि दक्षिणकालीको बागमती नदीको किनारमा भेटिएको हो। बाढी आएको खोलामा खसेर बेपत्ता भएपछि प्रहरीले उनको खोजी कार्य तीव्र रुपमा अघि बढाएको थियो । तर, प्रहरीले उनको शव फेला पार्न सकेको थिएन । खोलामा खसेर बेपत्ता भएको ११...
-
२०८० श्रावण १८, बिहिबार
उच्छृङ्खल गतिविधि गर्ने पाँच पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सर्वसाधारण नागरिकलाई डर, धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मेलम्ची–६, सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्यामबहादुर लामा, गोकुलगङगा–६, रामेछाप घर भई हाल काठमाडौँ जोरपाटी बस्ने २८ वर्षीय विक्की लामा ९बाफ्ले०, मेलम्ची–१०, सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ...
-
२०८० श्रावण १८, बिहिबार
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहनुभएको छ । आजको बैठकको प्रारम्भमा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामकारबाहीका बारेमा जानकारी गराउनुभएको थियो...
-
२०८० श्रावण १८, बिहिबार
कारागारका कैदी वन्दीमा ज्वरोको समस्या
कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो ९भाइरल फिवर० र छालाको समस्या देखिएको छ । केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा भाइरल फिवर र छालाको समस्या देखिएको हो । कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीसँगै ‘भाइरल फिवर ’देखिएको हो । उहाँका अनुसार अहिले कारागारमा रहेका कैदीबन्दीमा १० जनामा भाइरल फिवरको समस्या देखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण यो...
-
२०८० श्रावण १८, बिहिबार
गणेशबहादुर नगरकोटी लकस नेपाल बर्ष ब्यक्तित्व घोषित
समुदायबाट समुदायकै हितका लागि अग्रसर संस्था लकस नेपालले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा गोदावरी नगरपालिकाको लामीडाँडाका गणेशबहादुर नगरकोटीलाई “लकस नेपाल वर्ष ब्यक्तित्व २०८० सम्मान” प्रदान गर्ने घोषणा गरेको छ । बुधवार लकस नेपालकै कार्यालयमा १३ औं स्थापना दिवस मनाउन आयोजित समारोहमा उक्त घोषणा गरिएको हो । कक्षा चारसम्म मात्र अध्ययन गर्न पाएका, जीवन धान्न मजदुरी पेशा...
-
२०८० श्रावण १७, बुधबार
‘मन नेपालमा, रोजीरोटी प्रवासमा’
कोलकाता “हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ । प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौँ ।” पश्चिम बङ्गालको कोलकाता–बेहलास्थित परिवहन ट्रान्सपोर्ट सम्बन्धी व्यवसाय गर्दै आएका तनहुँका केशव अधिकारी क्षेत्रीलाई नेपाल र नेपालीको प्रसङ्ग आउनेबित्तिकै भावनाको गहिराइमा पुगेको अनुभूति हुन्छ । सानो छँदा तनहुँको...
-
२०८० श्रावण १७, बुधबार
काठमाडौँ–भक्तपुर सडक खण्डमा खाल्डाखुल्डी
अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–भक्तपुर छ लेनको सडक ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी पर्न थालेका छन् । ओभरल्याप पिच पिचमाथि गरिएको पिच गरेको दुई वर्षमा उक्त सडक भत्किएर खाल्डाखुल्डी पर्न थालेको हो । अत्यधिक मात्रामा सडकमा खाल्डाखुल्डी पर्न थालेपछि दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । उक्त सडकको थिमि चारदोबाटो–शङ्खधरचोक खण्ड, थिमि–कौशलटार खण्डलगायत अधिकांश स्थानमा खाल्डाखुल्डी पर्नुका...
-
२०८० श्रावण १७, बुधबार
सूचना प्रविधि क्षेत्रमा नयाँ पुस्ताको रहरलाग्दो आकर्षण
नेपालमा परम्परागतरूपमा अर्थतन्त्रका पाँच आधार भनेर कृषि, जलस्रोत, पर्यटन, उद्योग र जनशक्तिलाई लिने गरिन्थ्यो । तर पछिल्लो एउटा नयाँ क्षेत्र थपिएको छ– सूचना तथा सञ्चार प्रविधि । केही दिनअघिमात्रै इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज ९आइआइडिएस०ले सार्वजनिक गरेको एक प्रतिवेदनको नतिजाले यो तथ्य अझ बलशालीरूपमा पुष्टि भएको छ । सो प्रतिवेदनअनुुसार नेपालमै बसेर विदेशीलाई सूचना प्रविधि सेवा...
-
२०८० श्रावण १७, बुधबार
ढोरबाराहीमा पर्यटकको आकर्षण बढ्दै
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ९ वाजस्थलामा अवस्थित ढोरबाराही मन्दिरमा प्रत्येक दिन त्यहाँको कुण्डमा बालबच्चालाई चुर्लुम्म डुबाएर निकालेको देखिन्छ । बच्चालाई कुण्डमा डुबाउनुको रहस्य भने अचम्मको छ । लामो समयसम्म बच्चाको बोली नफुुटेका अवस्थामा मन्दिरको दर्शन गराएर बच्चालाई त्यहाँको कुण्डमा डुबाएर निकालेपछि बोल्छन् भन्ने विश्वासका कारण पछिल्लो समयमा टाढा–टाढाबाट बालबच्चा लिएर अभिभावक मन्दिरमा...
-
२०८० श्रावण १७, बुधबार
मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम नवनियुक्त मन्त्रीत्रय आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतम, खानेपानी, सिँचाइ तथा...


