-
२०८० श्रावण ७, आइतबार
सय किलो सुन प्रकरणमा थप ६ जना पक्राउ
काठमाडौं । केही समयअघि त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक सय किलो अवैध सुन नियन्त्रणमा लिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् । उनीहरुलाई आइतबार राजस्व अनुसन्धान विभागको विशेष टोलीले पक्राउ गरेको हो । यो सँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ । भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे...
-
२०८० श्रावण ७, आइतबार
मिसेस नेवा: वर्ल्ड ११४३ आयोजना गर्ने घोषणा
धर्म , संस्कृति र संस्कार संरक्षण साथसाथै ब्यक्तिलाई ब्यक्तित्व बनाउन , लुकेको प्रतिभालाई प्रस्फुटन गराउन काराओके ईन्टरटेन्मेन्टले अबदेखि नेवार समुदायका विवाहित महिलालाई पनि अवसर अनि अधिकार दिने जमर्को सहित मिसेस नेवाः प्रतिस्पर्धा गरिने भएको छ । मिसेस नेवाः ११४३ प्रतिस्पर्धा आयोजना गर्न आयोजित शनिबार पत्रकार सम्मेलनमा संस्थाका सल्लाहकार उमा देवी रन्जितकार , मिस नेवा: वर्ल्ड रनर अप स्नेहा खड्गी...
-
२०८० श्रावण ७, आइतबार
अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने
नेकपा एमाले निकट अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ । अनेरास्ववियुले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अबदेखि कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा तालाबन्दीका कुनै पनि कार्यक्रम नगर्ने सङ्गठनका अध्यक्ष समिक बडालले जानकारी दिनुभयो । “अहिले तालाबन्दीका कारणले विश्वविद्यालय र क्याम्पस अस्तव्यस्त भएका छन्”, उहाँले भन्नुभयो, “अबदेखि अखिलले कुनै पनि शैक्षिक...
-
२०८० श्रावण ७, आइतबार
नापतौलमा ठगी गर्ने ११ हजार व्यापारीलाई कारबाही
गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने एघार हजार चार सय ९१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा अनियमित रूपमा नाप्ने÷तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो । कार्यालयले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका...
-
२०८० श्रावण ७, आइतबार
विदेशबाट फर्केर मादल बनाउँदै कमल
बुवाबाट मादल बनाउने सीप सिक्नुभएका कमल गन्धर्वले अन्ततः यसैलाई आम्दानीको मुख्य स्रोत बनाउनुभएको छ । पाल्पाको रामपुरका गन्धर्वले स्याङ्जाको पुतलीबजार–१० राङखोलामा ‘प्रेम मादल उद्योग’मार्फत मादल उत्पादन गरी बिक्री गर्दै आउनुभएको हो । बुवासित मादल बनाउने काम गर्दा गर्दै जागिरको खोजीमा विदेश पुग्नुभएका उहाँले विदेशको बसाइलाई बिटमार्दै फेरि मादल बनाउने पेसामै फर्कनुभएको छ । हाल उहाँले यसैलाई...
-
२०८० श्रावण ७, आइतबार
कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु हुन्न : माधवकुमार नेपाल
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताएका छन् । आईतवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले कम्युनिष्ट पार्टीहरु आफ्ना–आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताए । उनले मिल्नसक्ने,...
-
२०८० श्रावण ६, शनिबार
उपत्यकामा थुप्रिएको फोहर जान थाल्यो बन्चरेडाँडा
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए । यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए । केही दिन अघि फोहर...
-
२०८० श्रावण ६, शनिबार
ठूलो परिमाणमा सालको गोलिया काठ बरामद
काठमाडौं - झापाको मेचीनगर क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा साल जातको गोलिया काठ बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलिले गए राति अन्दाजी ७ सय क्युफिट गोलिया काठ बरामद गरेको हो। एसपी अर्याल नेतृत्वको टोलीले मेचीनगर– १ स्थित कृष्णथुम्की मन्दिर नजिकैबाट सो परिमाणको काठ बरामद गरेको हो। ‘कृष्णथुम्की नजिकैबाट गाडीका गाडी साल जातको काठ चोरी...
-
२०८० श्रावण ६, शनिबार
लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ सय दिनमा
लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कविसँगै कथाकार रहनुभएका उपेन्द्र सुब्बाले निर्देशन गर्नुभएको हो । यस वर्षकै पहिलो दिन वैशाख १ गतेदेखि प्रदर्शनरत चलचित्रले आज काठमाडौँ उपत्यकामा रहेको तीन चलचित्र भवन क्युएफएक्स सिभिल मल, बिग मुभिज र...
-
२०८० श्रावण ६, शनिबार
मनाङमा यार्तुङ मेला सुरु
मनाङमा यार्तुङ घोडेजात्रापर्व सुरु भएको छ । यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताउनुभयो । “लामाहरुले विशेष गरी लामाले नाचेर पर्व मनाउने गरिन्छ”, उहाँले भन्नुभयो, “यार्तुङ छोड्नुहुँदैन भनेर लाग्नुपर्ने अवस्था छ, सबै बसाई सर्ने गरेकाले पूजा गर्न छाडिसकिएको छ ।” सबै बसाइँसराइले माथिल्लो मनाङमा मात्रै मनाउने गरिएको उहाँले बताउनुभयो...
-
२०८० श्रावण ६, शनिबार
संस्कृति र सांस्कृतिकता झल्किने फिल्मलाई प्रदेश सरकार सहयोग गर्न तयार - प्रदेश मन्त्री महर्जन
किशोर किशोरीहरूको म्युजिक भिडियो सुस्तरी सार्वजनिक कीर्तिपुरका उदयीमान १४ वर्षीय गायक एरोन महर्जनको गीत ‘सुस्तरी’ को म्यूजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । विभिन्न पुरस्कार समारोहमा अवार्ड विजेता बाल गायक एरोनको म्यूजिक भिडियो शुक्रबार माननीय बागमति प्रदेशका पर्यटन , संस्कृति , सहकारी मन्त्री पुकार महर्जनद्वारा सार्वजनिक गरिएको हो । प्रमुख अतिथी माननीय मन्त्र महर्जनले " सुस्तरी ” म्युजिक...
-
२०८० श्रावण ५, शुक्रबार
अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही हुने बताएका छन् । गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले बुधबार बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । अनुगमनपछि सञ्चारकर्मीलाई...


