-
२०८० श्रावण ३, बुधबार
स्थानीयको अवरोध कायमै, फोहर व्यवस्थापनमा समस्या
यसअघि भएको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयवासीले फोहरको अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन् । एक वर्षअघि काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै यही साउन १ गतेदेखि फोहर व्यवस्थापनमा रोक लगाइएको हो । यो अवरोध माग पूरा नहँुदासम्म जारी रहने...
-
२०८० श्रावण २, मंगलबार
गायिका लसता जोशी कि छोरी पनि अभिनयतिर
कीर्तिपुरका उदियमान गायक आरोन महर्जनको गीत ‘सुस्तरी’ को म्यूजिक भिडियोमा गायिका लसता जोशी कि छोरी लूमिला जोशीले अभिनय गरेकी छन् । विभिन्न अवार्ड हरुका अवार्ड विजेता बाल गायक आरोनको म्यूजिक भिडियो आउँदो श्रावण ५ गते शुक्रबार सार्वजनिक हुने भएको छ । शुक्रबार कीर्तिपुरमा एक कार्यक्रम गरी म्यूजिक भिडियो सार्वजनिक गर्न लागिएको हो । कार्यक्रम लगत्तै सो म्यूजिक भिडियो आरोन महर्जनकै युट्युब च्यानलबाट...
-
२०८० श्रावण २, मंगलबार
विशिष्ट चलचित्रकर्मीहरुलाई भुवन चैत्य बसुन्धरा पुरस्कार
नेपालको पहिलो चलचित्र "आमा ” मा अभिनय गरेका तीन वरिष्ठ अभिनेत्रीहरु भुवन चन्द , बसुन्धरा भुसाल र चैत्यदेवी सिंह द्वारा स्थापितं भुवन चैत्य बसुन्धरा फाउण्डेसनको अध्यक्ष भुवन थापा चन्दको अध्यक्षतामा सोमबार बसेको बैठकले २०७८ र २०७९ सालको भुवन चैत्य बसुन्धरा पुरस्कार विभिन्न श्रष्टा सर्जकलाई अर्पण गर्ने निर्णय गरेको छ । सो निर्णय अनुसार ०७८ सालको हरिश–भुवन चन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी यादव...
-
२०८० श्रावण २, मंगलबार
"तुयू मैंचा हाकु मैंचा” बोलको गीतमा युवा पुस्ताको प्रवेश
नेपालभाषाको ‘तुयू मैंचा हाकु मैंचा’ बोलको नयाँ गीतको म्युजिक भिडियो आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । गीत र संगीत क्षेत्रमा युवा पुस्ताको प्रवेश स्वरुप नव गायकद्वय शिरिष र सुजल मानन्धरको स्वर रहेको छ । सार्वजनिक गरिएको म्युजिक भिडियोमा हास्य कलाकार र मुक्तक प्रस्तुतिका लागि ख्यातिप्राप्त सुरेन्द्र मानन्धरको रचना र निर्देशन रहेको छ । यो भिडियोमा नवप्रवेशी कलाकार तृषा मानन्धर र सलिशा...
-
२०८० श्रावण २, मंगलबार
अब कुकुर पाल्न दर्ता अनिवार्य
बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो ।नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा...
-
२०८० श्रावण २, मंगलबार
मलेसिया उडान ‘डिले’ भएपछि निगमद्वारा छानबिन समिति गठन
मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आउन तय भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ ।नेपाल एयरलाइन्सको एनएकेडब्लू न्यारोवडी जहाज आज विहान उडान गर्नुअघि निरीक्षणका क्रममा क्रू अक्सिजन बोतलको प्रेसर कम देखिएपछि उडान रोकिएको निगमले जानकारी दिएको छ । क्वालावम्पुरको स्थानीय समयअनुसार विहान ५ बजे भैरहवा उडानका लागि तय भएको विमानमा प्राविधिक त्रुटी...
-
२०८० श्रावण २, मंगलबार
विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी
आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो । वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने...
-
२०८० श्रावण १, सोमबार
देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड
सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुरु गरेका पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो...
-
२०८० श्रावण १, सोमबार
किरात समुदायले आज सिसेक्पा तङ्नाम मनाउँदै
किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ । किराती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात ९च्योङ्हरू० सङ्कलन गरी ल्याउने गर्दछ...
-
२०८० श्रावण १, सोमबार
फेरि रोकियो उपत्यकाको फोहर व्यवस्थापन
पटक–पटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन आजदेखि पुनः रोकिएको छ । अन्तिम फोहर व्यवस्थापनस्थल आसपासका बासिन्दाको अवरोधका कारण आज काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुन नसकेको हो । यसअघि काठमाडौँ महानगरपालिकासँग भएको सहमति कार्यन्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही बासिन्दाले अवरोध गरेकाले आज उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन...
-
२०८० श्रावण १, सोमबार
आदिबासी म्युजिक तथा फिल्म अवार्डका प्रतिस्पर्धिहरुलाई प्रमाण पत्र प्रदान
नेपालमा बोलिने आदिबासी जनजाति भाषा का गीत संगीत र चलचित्र समेटेर राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०८० हुने भएको छ । यही श्रावण महिनामा आयोजना हुने यो अवार्डको काठमाडौंमा एक समारोहबीच शुक्रबार मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । गीतकार तथा उपत्यासकार सुरेन्द्र महर्जन ‘अमर’को सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथिमा कोशी प्रदेशकी सांसद मिना श्रेष्ठ रहनु भएको थियो । श्रेष्ठले...
-
२०८० आषाढ ३१, आइतबार
कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्दा चार वर्षयताकै बढी
कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्दा चारवर्ष यताकै बढी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०७९÷८० को वार्षिक गतिविधि सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी लागु औषधसम्बन्धी १५४ मुद्दा दर्ता भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले लागुऔषध मुद्दामा १४ भारतीय नागरिकसहित...


