-
२०८० श्रावण ५, शुक्रबार
प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली जाँदै
काठमाडौं - संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली प्रस्थान गर्दै छन् । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना...
-
२०८० श्रावण ५, शुक्रबार
सुन तस्करी प्रकरण : पक्राउ चार जनालाई अनुसन्धान गर्न नौ दिने म्याद थप
काठमाडौं - एक सय किलो सुन तस्करीको आरोपमा पक्राउ गरेका चिनियाँ नागरिकसहित चार जनामाथि अनुसन्धान गर्न नौ दिनको म्याद थपिएको छ । आरोपी चार जनालाई आज उच्च अदालत पाटनमा पेश गरिएकोमा अदालतको आदेशले उनीहरूमाथि अनुसन्धान गर्न नौ दिनको म्याद पाएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए। यसरी म्याद थप गरिएकामा चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गो कम्पनीका सञ्चालक राजन श्रेष्ठ,...
-
२०८० श्रावण ५, शुक्रबार
संसार्स अनलाईनले गरे दुई म्युजिक भिडियोकाे प्रिमियर
संसार्स अनलाईन टिभीका लागि मिना शाक्यद्वारा निर्मित नेपालभाषाको म्युजिक भिडियो “ख्वबि त्याय् कयाः‘” र “वनेवा वनेवा झिपि ” गरी दुईवटा म्युजिक भिडियो एकसाथ प्रिमियर भएको छ। यी दुबै गीत रविन्द्र बीर शाक्यको स्वरमा स्वरबद्द गरिएको छ । नेपालभाषा एकाडेमीका चान्सलर यज्ञरत्न धाख्वाको प्रमुख आतिथ्यता तथा संसार्स अनलाइन टिभीका अध्यक्ष तथा महाप्रबन्धक स्वतन्त्र संसार महर्जनको सभापतित्वमा सम्पन्न दुवै...
-
२०८० श्रावण ५, शुक्रबार
ललिता निवास प्रकारण : मीनबहादुर गुरुङसहित चार जनाको रिट खारेज
काठमाडौं - ललिता निवास जग्गा प्रकरणअन्तर्गत सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका चार जनाको रिट निवेदन खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज उक्त प्रकरणमा संलग्न भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह तथा नापी...
-
२०८० श्रावण ५, शुक्रबार
ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप ५ दिन थुनामा राख्न अनुमति
काठमाडौं - काठमाडौं जिल्ला अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थुनामा राखेर अनुसन्धान गर्न थप ५ दिनको समय दिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले म्याद थपका लागि शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराएको थियो। यता सर्वोच्च अदालतले बन्दी प्रत्यक्षिकरणको रिटमा आदेश सुनाउने तयारी गरेको छ। पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतसहित ४ जनाले बन्दी...
-
२०८० श्रावण ५, शुक्रबार
चोरीका घटनामा अधिकांश युवा संलग्न
खुला सीमाना, लागुऔषध दुव्र्यसनी र बेराजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ । चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता रहेको तथ्याङ्क छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले चालु आिर्थक वर्षमा चोरीको घटनामा पक्राउ परेका करिब चार सय जनामध्ये अधिकांश २५ वर्षमुनिका रहेका बताउनुभयो । “उत्पादनशील उमेर समूहका युवा नै...
-
२०८० श्रावण ५, शुक्रबार
डेङ्गुविरुद्ध उच्च सतर्कता
भारतसँग सीमा जोडिएको नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु रोगविरुद्ध उच्च सतर्कता अपनाइएको छ । उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अहिलेसम्म नेपालगञ्जमा कसैलाई पनि डेङ्गु पुष्टि नभएको उल्लेख गर्दै सीमापारि र अन्य जिल्लामा देखिएकाले उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो । महाशाखाले मलेरिया र डेङ्गु फैलिन नदिनसमेत सचेत भएकाले नेपाल–भारत जमुनाहा नाकामा ज्वरोका बिरामी भेटिएमा...
-
२०८० श्रावण ५, शुक्रबार
तीव्र गतिमा गुड्ने गाडीको निगरानी गर्न सडकमा क्यामेरा जडान
उपत्यका ट्राफिक प्रहरी कार्यालयले गाडीको तीव्र गति नियन्त्रणका लागि ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम विथ डिटेक्स’ एएनपिआर क्यामरा जडान गर्न थालेको छ । यसरी सडकमा जडान गरिएका क्यामरा ९उपकरण० ले तीव्र गतिमा गुडिरहेको गाडीको पहिचान गरी त्यसको अभिलेख ट्राफिक प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेका सर्भरमा पु¥याउने गरेको बताइएको छ । अहिले चक्रपथका तीन स्थानमा ‘एएनपिआर बेस्ड, राडार बेस्ड...
-
२०८० श्रावण ५, शुक्रबार
एक सय ६७ वर्ष पुरानो शिलालेख भेटियो
चाँगुनारायण नगरपालिका–७ बागेश्वरीको पगरी टोलमा एक सय ६७ वर्ष पुरानो शिलालेख फेला परेको छ । सडक स्तरोन्नतिका लागि स्थानीय जनक लामिछानेको जग्गा सम्याउने क्रममा बाँसको झ्याङमुनि कोलसहितको शिलालेख फेला परेको हो । करिब सात फिट लम्बाइको शिलालेखको ढुङ्गा प्राचीन ढुङ्गे कोल भएको स्थानीय हरिसुन्दर छुंकाले बताउनुभयो । सो स्थानमा कोलमा राखिने गोलो ढुङ्गासमेत फेला परेको छ । उक्त ढुङ्गा तीन किलोभन्दा बढी...
-
२०८० श्रावण ५, शुक्रबार
नयाँ थ्रिलर चलचित्र ‘अपीच्य’को टिजर सार्वजनिक
नेपालमा अहिले थ्रिलर चलचित्र बनाउने चलन बढ्न थालेको छ । एक दिन एक रात , झिंग्राना, भिजिलाण्टे 3डि देखि परस्त्री , अन्तिम संस्कार लगायतका धेरै थ्रिलर चलचित्र अाइसकेको छ भने यसै क्रममा नयाँ नेपाली थ्रिलर चलचित्र ‘अपीच्य’को टिजर सार्वजनिक गरिएको छ । निर्देशक प्रदीप खड्गीको निर्देशन रहेको चलचित्रको टिजरलाई इन्टरटेनमेन्ट नेपाली टिभी नामको युट्यूब च्यानलमार्फत बिहीबार साँझ सार्वजनिक गरिएको हो ।...
-
२०८० श्रावण ३, बुधबार
खानेपानीका लागि ‘एक घर, एक फिल्टर’
गोरखाको भीमसेन थापा गाउँपालिकाको दुईवटा वडावासीलाई स्वच्छ खानेपानीका लागि फिल्टर वितरण गरिएको छ । वडा नं ७ र ८ स्थित पिपलटारका ९३ घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउन फिल्टर वितरण गरिएको वडा नं ७ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘मूलबाट ल्याइएको पानी त्यत्तिकै पिउनुभन्दा फिल्टर गरेर पिउँदा बढी फाइदा हुन्छ, उहाँले भन्नुभयो, “त्यसका लागि आवश्यक पहल गरी वाइन टु वाटर नेपालको...
-
२०८० श्रावण ३, बुधबार
काठमाडौंँ उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आजबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौंँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको हो । गाडी पूर्णरुपमा नरोकिँदै र बस बिसौनीमा नगइ...


