STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० आषाढ ३१, आइतबार

    ‘इतिहास र पहिचानको खोजीमा मधेस प्रदेश

    जनकपुरधाम, ३१ असार ९रासस० स् देशका सात प्रदेशमध्ये ‘मधेस प्रदेश’ मात्रै पहिचानको आधारमा नामकरण गर्न सफल भएको मधेसवादीहरुले दाबी गर्दै आएका छन् । पहिचानको आधारमा नामकरण गरिए पनि मधेस प्रदेशसँग आफ्नै नाम र इतिहासबारे भने कुनै प्रमाणिक दस्तावेज छैन । मधेस इतिहास र राजनीतिका जानकारहरु विगतमा राज्यले नै मधेसलाई अस्वीकार गरेका कारण कुनै आधिकारिक दस्तावेज नभएको बताउँछन् । त्यस्तो बताउनेमध्ये एक...

  • २०८० आषाढ ३१, आइतबार

    भारत सरकारद्वारा एम्बुलेन्स र स्कुल बस प्रदान

    काठमाडौँस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गर्नुभएको सो दूतावासद्वारा जारी विज्ञप्तिमा...

  • २०८० आषाढ ३१, आइतबार

    सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप र आर्थिक चलेखलबाट मुक्त राख्ने प्रतिबद्धता

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्पूर्ण सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप, आर्थिक चलखेल र शक्ति केन्द्रको भूमिकाबाट मुक्त राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज ‘शान्तिसुरक्षा सुदृढीकरण’का लागि सुरक्षा निकायका पूर्वउच्च अधिकारीसँग भएको छलफलमा उहाँले संविधान, कानुन र आफ्नो जिम्मेवारीलाई आधार बनाएर मन्त्रालय र माहतहका सङ्गठन अगाडि बढाइने बताउनुभएको हो । “गृह...

  • २०८० आषाढ ३०, शनिबार

    चट्याङबाट ५० भेडाबाख्रा मरे

    जुम्लाको पातारासी गाउँपालिका–२ स्थित  दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् ।  यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो । चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताउनुभयो । सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी, र मिमबहादुर...

  • २०८० आषाढ ३०, शनिबार

    गठामुंगः पर्व मनाउँदै नेवार समुदाय

    साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गठामुंगः पर्व मनाउँदै छन् । साथै आफ्नो गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घरघरबाट भूतप्रेतसमेत मन्छाउँछन् । भक्तपुरमा यो पर्व विशेष प्रकारले मनाउने गर्दछन् । यहाँको शैली अन्य स्थानका नेवार...

  • २०८० आषाढ २९, शुक्रबार

    नेपाल पाकिस्तान ए सँग पराजित

    काठमाडौं - श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा पाकिस्तान ए ले नेपाललाई हराएको छ । कोलम्बो क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ए ले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तान ए का लागि तैयव ताहिरले ६७ बलमा चौका र छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कमरान गुलामले २६ बलमा ३१...

  • २०८० आषाढ २९, शुक्रबार

    अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा

    काठमाडौं - अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगेका छन् । उनी केही बेरअघि त्रिभुवन विमानस्थल ओर्लिएका हुन् । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आएका हुन् हो । लूले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि उनले भेट्ने छन् ।...

  • २०८० आषाढ २९, शुक्रबार

    लम्पी स्किन प्रभावित किसानलाई राहत दिन सांसदको माग

    काठमाडौं - महामारीका रुपमा देखापरेको लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तिकै लम्पी स्किन रोगका कारण देशका विभिन्न स्थानमा किसानका गाईभैँसीको मृत्यु भएको भन्दै नेकपा (एमाले)का सांसद पदम गिरीले किसानलाई राहत दिन माग गरे। उनले सो रोग नियन्त्रणका लागि संसदीय पूर्वाधार विकास कोषको बजेट रकमान्तर गरेर भए पनि खर्च...

  • २०८० आषाढ २९, शुक्रबार

    काठमाडौंको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित

    काठमाडौं - काठमाडौं महानगरपालिकाको नीति कार्यक्रम र बजेट सर्वसम्मत पास भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले नगर सभा वैठकमा निर्णयार्थ पेश गरेको बजेट र नीति कार्यक्रम संशोधन सहित पास भएको हो । महानगरको १३ औं नगर सभाको पहिलो बैठक असार ६ गते बसेको थियो । १० असारको नगर सभा बैठकमा उपप्रमुख सुनिता डंगोलले, आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट र विनियोजन विधेयक पेश गरेकी थिइन् ।...

  • २०८० आषाढ २९, शुक्रबार

    कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ । भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको देउवाले ट्वीट गरेर जानकारी दिएका छन् । ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको छ,’ भेटपछि देउवाले ट्वीट गरेका छन्, ‘नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ...

  • २०८० आषाढ २९, शुक्रबार

    चलचित्रमा मिडियाको प्रभावबारे अन्तरक्रिया सम्पन्न

    चलचित्र पत्रकार संघ नेपालको आयोजनामा शुक्रबार ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। काठमाडौंमा आयोजना गरिएको सो कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य के.एल बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नायिका केकी अधिकारी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक नवल नेपाल र पत्रकार तथा निर्देशक नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले अाआफ्ना...

  • २०८० आषाढ २९, शुक्रबार

    स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

    नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले रु २० लाखसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको रु २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक  लक्षमण थापाका अनुसार बाँकेको जयसपुरका कुरेशी मोटरसाइकल चढेर भारतबाट...

Pages