STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० आषाढ २४, आइतबार

    इङ्ल्याण्डलाई यू–२१ च्याम्पियनसिपको उपाधि

    काठमाडौं - इङ्ल्याण्डले युरो यू–२१ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार राति स्पेनलाई १–० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्डले युरोपको उमेर समुहको फुटबल प्रतियोगिताको उपाधि उचालेको हो । इङ्ल्याण्डले लगभग ४० वर्षको समयमा पहिलो पटक यो युरोपेली उपाधि हात पारेको हो । जेम्स ट्राफर्डले अन्तिम मिनेटमा पेनाल्टी जोगाएपछि इङ्ल्याण्डले स्पेनलाई हराएको हो । ट्राफर्ड यसै सिजन म्यानचेस्टर सिटीबाट...

  • २०८० आषाढ २४, आइतबार

    एसईईमा १.६ जीपीए ल्याएकालाई कक्षा ११ मा भर्ना गर्न अनुरोध

    काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षामा औसत ग्रेड ल्याउने विद्यार्थीलाई पनि कक्षा ११ मा भर्ना गर्न आग्रह गरेका छन् । बोर्डले सबै माध्यमिक विद्यालय र क्याम्पसहरुलाई औसत ग्रेड ल्याउने विद्यार्थीलाई पनि ११ कक्षामा भर्ना गराउन अनुरोध गरेको हो । आज कार्यालय प्रमुख जयन्ती सत्यालले एक सूचना जारी गर्दै एसईईमा न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ प्राप्त गरेका विद्यार्थीहरु कक्षा ११ मा भर्ना...

  • २०८० आषाढ २४, आइतबार

    ढलमा सेफ्टी ट्याङ्‍की मिसाउनेलाई ५० हजार जरिवाना तिराइयो

    काठमाडौं - काठमाडौं महानगरपालिकाले सेफ्टी ट्याङ्‍की ढलमा मिसाउने एकजनालाई कारबाही गरेको छ । महानगरका अनुसार काठमाडौं-६ स्थित बौद्धका गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्‍कीको फोहोर ढलमा मिसाएको पाइएपछि ५० हजार रूपैयाँ जरिवाना तिराइएको हो । महानगरपालिका भित्र जथाभावी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहोर मिसाउनेलाई कारबाही गर्दै आइरहेको महनागरका...

  • २०८० आषाढ २४, आइतबार

    काठमाडौँमा मर्निङ वाक् हिंडेकालाई लुटपाट गर्ने पाँच पक्राउ

    काठमाडौँ - काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीमा लगाइएको सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न गिरोहका पाँच जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । आज पत्रकार सम्मेलन गरी पक्राउ गरिएका पाँच जनलाई सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा रामेछाप लिखु गाउँपालिका–१ का ३२ वर्षीय रवीन दमाईं, सुनसरी धरान उपमहानगरपालिका–८ का १८ वर्षीय रवि विश्वकर्मा, काभ्रे...

  • २०८० आषाढ २४, आइतबार

    मिटरब्याज पीडितलाई सरकारले न्याय दिलाएरै छाड्ने

      काठमाडौं - उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजबाट पीडितलाई सरकारले न्याय दिलाएरै छाड्ने बताएका छन्। नयाँ बानेश्वरमा आज मिटरब्याजबाट पीडितहरुको धर्नास्थल पुगेर सम्बोधन गर्दै उनले पीडितलाई न्याय दिलाउने विश्वास दिलाए । “तपाईंहरुलाई म आश्वास्त बनाउन चाहन्छु की मिटरब्याजबाट पीडितलाई न्याय प्रदान गरी छाड्छौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “मिटरब्याजबाट पीडितलाई न्याय...

  • २०८० आषाढ २४, आइतबार

    ललिता निवास जग्गा प्रकरण : सञ्चार मन्त्रालयका सचिव पक्राउ

    काठमाडौं - प्रहरीले ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ । आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) ले राउतलाई पक्राउ गरेको हो । २०७८ पुस २१ गते सचिव नियुक्त भएका राउतलाई आइतबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो। उनी विमानस्थलबाट विराटनगर जाँदै थिए । पक्राउपश्चात् प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको...

  • २०८० आषाढ २४, आइतबार

    ‘शान्ति’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक

    श्रीकृष्ण भारतीको निर्माणमा बनेको ‘शान्ति’ नामक म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । यो भिडियो रहर म्युजिक क्रियशनको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । शनिवार  दहचोकमा अायोजित एक कार्यक्रम माझ चर्चित कलाकार दिपकराज गिरी एवं बरिष्ठ लोक सर्जक कृष्ण बस्नेतले संयुक्त रुपमा यो भिडियो सार्वजनिक गरेका हुन् ।  उक्त म्युजिक भिडियोको निर्देशन अंकित रोक्काले गरेका छन् । गीतको संगीत एवं शब्द...

  • २०८० आषाढ २३, शनिबार

    कीर्तिपुरमा लियो क्लब अफ काठमाडौं कीर्तिपुरद्वारा फ्री बेसिक हेल्थ क्याम्प

    लियो क्लब अफ काठमाडौं कीर्तिपुरको आयोजनामा कीर्तिपुरमा फ्री बेसिक हेल्थ क्याम्प सम्पन्न भएको छ । आज असार २३ गते शनिबार बिहान कीर्तिपुर १ वडास्थित बाघभैरव प्राङ्गणको प्रजा दबलीमा भएको उक्त फ्री बेसिक हेल्थ क्याम्प कार्यक्रममा ११० जना स्थानीय बासिन्दाहरुले उक्त बेसिक हेल्थ फ्री क्याम्पमा आ–आफ्नो स्वास्थ्य परीक्षण गरिएको जानकारी कीर्तिपुरका युवा समाजसेवी राजकमल महर्जन सुनिलले जानकारी दिनुभयो ।...

  • २०८० आषाढ २२, शुक्रबार

    कोशीको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं - कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले शुक्रबार सर्वोच्च अदालतमा रिट हालेको छ । सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमाले सर्वोच्च पुगेको हो । एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले सर्वोच्चमा रिट दिएका छन् । एमालेले...

  • २०८० आषाढ २२, शुक्रबार

    राजीनामाबाट एमाले पछि नहटेपछि प्रतिनिधिसभाको बैठक स्थगित

    काठमाडौं - प्रतिनिधि सभाको बैठक बस्दै नबसि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेसहित विपक्षी दलहरुले सदन अवरोध गर्ने भएपछि स्थगित गरिएको हो । एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राखेको छ । शुक्रबार ३ बजेका लागि बोलाइएको बैठक आइतबार १ बजेसम्मको लागि स्थगित गरिएको संघीय संसदमा महासचिव डा. भरतराज गौतमले बताए । आज बसेको कार्यव्यवस्था परामर्श...

  • २०८० आषाढ २२, शुक्रबार

    केन्द्रीय कारागारमा १५ देखि २० प्रतिशत मानसिक रोगी

    केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा मानसिक रोग बढ्दै गएको अस्पतालले जनाएको छ ।कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश बुढाथोकीका अनुसार हृष्टपुष्ट कैदीबन्दीलाई सरकारले प्रयोग गर्न नसकेपछि कारागारमा मानसिक रोगी बढिरहेको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा करिब १५ देखि २० प्रतिशत...

  • २०८० आषाढ २२, शुक्रबार

    भाषा, संस्कृति र साहित्य इतिहास लेखनको मुख्य आधारः अध्यक्ष यादव

    जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसको इतिहास लेखनका लागि यहाँको भाषा, संस्कृति र साहित्यको खोआवश्यक रहेको बताउनुभएको छ । आज महोत्तरीको बर्दिबास–४ माईस्थानमा मधेसको इतिहास लेखनसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय गोष्ठी शुभारम्भ गर्दै उहाँले यी विषय मधेसको इतिहास लेखनमा अपरिहार्य तत्व रहेका उल्लेख गर्नुभयो ।मधेस प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष...

Pages