-
२०७९ चैत्र २२, बुधबार
पुर्खाको सांस्कृतिक नासो सन्ततिमा हस्तान्तरण गर्दै थिमिको धिमे खलः
मध्यपुर थिमिको पाचो धिमे खलःले आयोजना गरेको तीन महिने धिमे बाजाको औपचारिक प्रशिक्षण कार्यक्रम हालै समापन गरिएको छ । कात्तिकदेखि सुरू भएको बाजा प्रशिक्षणलाई चैतको दोस्रो साता समापन गरिएको हो । बाजा प्रशिक्षण तयारीको लागि ६ महिनाको समय निर्धारण गरिएपनि औपचारिक प्रशिक्षण भने तीन महिना मात्र दिइएको हो । कार्यक्रममा संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका सांसद माननीय दुर्लभ थापाले धर्म, संस्कृति र कलालाई...
-
२०७९ चैत्र २२, बुधबार
चलचित्रको सङ्ख्याभन्दा गुणस्तरमा ध्यान दिन सञ्चारमन्त्री शर्माको अनुराेध
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताएका छन् । नेपाली चलचित्र उद्योगका विभिन्न सङ्घ/संस्थाका निर्वाचित कार्य समिति पदाधिकारी र सदस्यलाई बधाई दिन तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गर्न नेपाल चलचित्र निर्माता सङ्घले आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले चलचित्रको गुणस्तरीयता...
-
२०७९ चैत्र २१, मंगलबार
काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्क साम्पाङबीच भेटवार्ता
काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन र धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङबीचे भेटवार्ता भएको छ । अघिल्लोपटक काठमाडौं आउँदा बालेनले भेट्न नचाहेको भन्दै हर्कले असन्तुष्टि जनाएका थिए । उनी धरान पुगेर आक्रोश पोखेका थिए । तर यसपटक भने दुवै मेयरबीच भेटवार्ता भएको छ । उनीहरूबीच काठमाडौ महानगरपालिकामा भेट भएको हो । धरान उपमहानरको समस्याको पोको बोकेर काठमाडौं आएका बेला...
-
२०७९ चैत्र २१, मंगलबार
रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो । लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ ।अधिवक्ता युवराज पौडेल सफलले लामिछानेलाई महान्यायाधिवक्ताको कार्यालयले दोहोरो राहदानी प्रकरणमा मुद्दा चलाउन नपर्ने निर्णय...
-
२०७९ चैत्र २१, मंगलबार
मधेश प्रदेश सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा
काठमाडौँ - मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका हुन् । उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री यादवले एमालेबाट नियुक्त भएका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए । प्रदेशमा अब नेपाली कांग्रेस, नेकपा (एकीकृत...
-
२०७९ चैत्र २१, मंगलबार
बङ्गलादेशको राजधानी ढाकामा भीषण आगलागी
काठमाडौं -बङ्गलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ। ढाकाको लत्ताकपडा बजारको रूपमा परिचित बङ्गबजारमा आगलागी भएको ढाका ट्युविनले जनाएको छ। बङ्गाबजार बजारमा लागेको आगो अहिले सडक नजिकैकै घरमा फैलिएको छ। हेलिकोप्टर, अग्नी नियन्त्रक र दमकलले आगो निभाउने प्रयास भए पनि आगो नियन्त्रणमा लिन सम्भव भएको छैन् । बङ्गबजारमा आगो नियन्त्रणमा लिँदा पानीको अभाव भएको छ । यो बजार गार्मेन्ट उत्पादन र विभिन्न...
-
२०७९ चैत्र २१, मंगलबार
चितवनमा रवि लामिछानेको उम्मेदवारीविरुद्ध ४ उजुरी
चितवन । चितवन–२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार वटा उजुरी दर्ता भएका छन् । मंगलबार चारवटा उजुरीमध्ये तीन वटा उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले उजुरी दर्ता गराएका हुन् । राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरीले लामिछानेविरुद्ध मुख्य निर्वचन अधिकृतको...
-
२०७९ चैत्र २१, मंगलबार
पोखरा–१८ को मतगणना पुनः गर्न अदालतको आदेश
पोखरा - उच्च अदालत पोखराले गएको वैशाख ३० गते सम्पन्न भएको पोखरा महानगरपालिका–१८ को मतगणना पुनः गर्न आदेश दिएको छ । अदालतले वडाध्यक्ष पदको पुनः मतगणना आगामी वैशाख २० गते गर्न आदेश दिएको छ । गएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा नेपाली कांग्रेसका शिव प्रसाद तिमल्सिना विजयी बनेका थिए । उनले एमालेबाट उम्मेदवार बनेका पुस्कल थापालाई ३ मतले हराएका थिए । तर, एमालेका उम्मेदवार थापाले मतगणनामा खसेको...
-
२०७९ चैत्र २१, मंगलबार
लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ । अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेविरुद्धको सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए । मुख्य...
-
२०७९ चैत्र २०, सोमबार
सरकारद्वारा मिटरब्याजबारे छानबिन गर्न आयोग गठन
काठमाडौं - सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्याबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए। शनिबार गृह मन्त्रालयमा सरकार र आन्दोलनरत मिटरब्याज...
-
२०७९ चैत्र २०, सोमबार
थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौ -पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ हजार १ सय ५१ जनामा नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको हो । जसमध्ये ३४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८०६ जनाको परीक्षण गर्दा २७ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । थप २४ घण्टामा कोरोनाका १६ जना संक्रमित निको भएर घर फर्किएको पनि...
-
२०७९ चैत्र २०, सोमबार
निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, डिजेलमा १० र पेट्रोलमा ३ रुपैयाँ घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो । बोर्ड बैठकले डिजेल, मट्टितेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य...


