-
२०८० बैशाख १, शुक्रबार
उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा ढकाल
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभामार्फत महासङ्घको २०औँ अध्यक्षमा उनी निर्वाचित भएका हुन् । अध्यक्ष शेखर गोल्छामार्फत् पद तथा गोपनीयताको शपथ लिएर उनले महासङ्घको अध्यक्षको जिम्मेवारीको यात्रा सुरु गरेका हुन्। सपथपछि उनले आफूले लामो समयदेखि...
-
२०७९ चैत्र ३०, बिहिबार
सरकारी बेरुजु नौ खर्ब ५९ अर्ब
काठमाडौं - सरकारको हालसम्मको कूल बेरुजु रू नौ खर्ब ५९ अर्ब ७९ करोड नाघेको छ । महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपतिसमक्ष बुझाएको ६०औँ वार्षिक प्रतिवेदनअनुसार सङ्घीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेत कूल छ हजार पाँच सय ४३ निकायको लेखापरीक्षण गर्दा बेरुजु रु साढे नौ खर्बमाथि देखिएको हो । हालसम्मको कूल बेरुजुमध्ये अद्यावधिक बेरुजु रू पाँच खर्ब ८७...
-
२०७९ चैत्र ३०, बिहिबार
सुज्योति डंगोल भइन् मिस् लिटल नेवाः
नेप्लिज फेसन होमको आयोजनामा बुधबार राजधानीमा सम्पन्न मिस लिटील नेवाः ११४३ प्रतियोगितामा सुज्योति डंगोल मिस लिटील नेवाः हुन सफल भएकि छिन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा विभुती विद्या मन्दिरको कक्षा ९ मा अध्ययनरत डंगोलले पुरस्कारवापत २५ हजार रुपियाँ पनि प्राप्त गरेकी छन् । उनले प्रमूख उपाधिका साथ मिस् ट्यालेन्टेड सेकेन्ड रनर्सअप उपउपाधि जितेकि छिन् । त्यसै गरी पुष्पसदन बोर्डिङ...
-
२०७९ चैत्र ३०, बिहिबार
वर्ष २०७९ स् चलचित्रलाई फर्केर हेर्दा
वर्ष २०७९ नेपाली चलचित्रका लागि फलदायी रह्यो । कोरोना भाइरसको महामारी र ओभर दी टप अर्थात् ओटिटीको बढ्दो दर्शकका कारण वर्षको सुरुआतमा चलचित्र क्षेत्रले पुरानै लय समात्ला रु भन्ने जिज्ञासा थियो । विस्तारै दर्शक चलचित्र भवनमा बढ्दै गर्दा वर्षको पहिलो दिन नै प्रदर्शन भएको ‘ए मेरो हजुर ४’ ले राम्रो सङ्केत देखायो । पर्ख र हेरको अवस्थामा रहेका चलचित्रकर्मीले प्रदर्शन मिति तय गर्न थाले । चलचित्र विकास...
-
२०७९ चैत्र ३०, बिहिबार
महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित
काठमाडौं - उद्योग वाणिज्य महासङ्घको उपाध्यक्षमा हेमराज ढकाल, सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ विजयी भएका छन् । बुधबार बिहान १० बजेदेखि भएको मतदान बेलुका ६ बजे सकिएको थियो । बेलुका ८ बजेदेखि सुरु भएको मतदानअनुसार ढकाल, वैद्य र विजयी भएका हुन् । महासंघको जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलका सुरकृष्ण वैद्य विजयी भएका छन् । त्रिपक्षीय प्रतिस्पर्धामा वैद्य ४३ मत ल्याएर विजयी भएका हुन् ।...
-
२०७९ चैत्र २९, बुधबार
सिन्धुलीमा भारतीय कार दुर्घटना
सिन्धुली - सिन्धुलीमा गएराति भएको भारतीय कार दुर्घटनामा मृतक चारै जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा भगवती स्थान ९, मन्दिपुरसारी मस्तिपुर वारिसनगर भारत बिहारका नागरिक रहेका छन् । कारमा सवार पाँचमध्ये एकजना घाइते भएका छन् । दुर्घटनामा घाइते ४७ वर्षीय धर्मेन्द्रकुमार सोनीलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएको र प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल पठाइएको...
-
२०७९ चैत्र २९, बुधबार
बयानका आधारमा ढाका दोषी : लामिछाने
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट निष्कासित भएका ढाकाकुमार श्रेष्ठले छानबिन समितिसँग स्थिर कुरा नगरेको बताएका छन् । बुधबार श्रेष्ठलाई पार्टीबाट निष्कासित गरेपछि रास्वपाबाट आयोजित पत्रकार सम्मेलनमा समितिसँग श्रेष्ठले दिएको बयान विरोधाभासी रहेको र स्थिर नरहेको सभापति लामिछानेले बताए । उनले भने, ‘उहाँको कुरामा स्थिरता देखिएन । कोर टीमबारे उहाँले...
-
२०७९ चैत्र २९, बुधबार
ढाका रास्वपाबाट निष्कासित
काठमाडौं - सांसद डा. ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको हो । पार्टीको साधारण सदस्यसमेत नरहेपछि उनी पार्टी र सांसद पदबाट पूर्ण रुपमा निष्कासित भएका छन् । साथै, बैठकले डा. श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई प्रतिनिधिसभाको...
-
२०७९ चैत्र २९, बुधबार
उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक : ढाकाकुमार
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् । बुधबार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको दाबी गरेका हुन् । उनले जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको दाबी गरे । उनले आफू...
-
२०७९ चैत्र २९, बुधबार
चलचित्रमा अभिनय नगरेका कलाकारको सदस्यता खारेज हुने
नेपाल चलचित्र कलाकार संघले काठमाडौंमा बुधबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र नखेलेका कलाकारको सदस्यता खारेज गर्ने बताए। उनले सदस्यता खारेजीको लागि आफू निर्वाचनको प्रक्रियालाई पर्खेर नबस्ने पनि जानकारी दिए। उनले सदस्य बनेकाहरूले नागरिकता मात्रै पेस गरेको तर अन्य कुनै चलचित्रमा अभिनय गरेको अभिलेख नपाइएकाले अब सबै सदस्यले...
-
२०७९ चैत्र २८, मंगलबार
वैवाहिक बलात्कारको आरोपमा न्यायाधीश पक्राउ
काठमाडाैं - न्यायपरिषद्का न्यायाधीश भुवन गिरीलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले गिरीलाई गोङ्गबुको पवित्रनगरबाट पक्राउ गरी आजै कपिलवस्तु पठाइएको जानकारी दिए । श्रीमती आरती गिरीको जाहेरीका आधारमा उनलाई कपिलवस्तु जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि आज काठमाडौँ प्रहरीले पक्राउ गरी कपिलवस्तु पठाएको हो । गिरीमाथि वैवाहिक बलात्कारको आरोप...
-
२०७९ चैत्र २८, मंगलबार
नागरिकता विधेयक अगाडि बढ्छः गृहमन्त्री श्रेष्ठ
काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको गठबन्धनले नै देशमा स्थायित्व दिने र सरकारले पूर्णता पाएसँगै सरकार र आफ्नो मन्त्रालयले देखिने गरी काम गर्ने बताएका छन् । प्रेस सेन्टर रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । सरकारले १ सय दिन पूरा गर्दा पनि प्रभावकारी काम गर्न नसकेको र सरकारको स्थायित्वका आधारका विषयमा पत्रकारहरूको जिज्ञासामा...


