-
२०७९ चैत्र २३, बिहिबार
नक्कली परीक्षार्थीले दिएको एसईई परीक्षा रद्द
काठमाडौं -मोरङका विभिन्न परीक्षा केन्द्रमा अरुको नाममा नक्कली परीक्षार्थीले दिएको परीक्षा रद्द गरिएको छ । एसईई परीक्षाको चौथो र पाँचौँ दिन बुधबार र बिहीबार मोरङका विभिन्न परीक्षा केन्द्रबाट बाट १९९ विद्यार्थी पक्राउ परेपछि सो परिक्षा रद्ध गरिएको जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमले जानकारी दिए । “बिहीबारसम्म भएका नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा रद्द भएको छ...
-
२०७९ चैत्र २३, बिहिबार
सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सार्वजनिक सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रमलाई राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा चित्रण गरेका छन्। संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसमा सरकारमा रहेका पूर्ववर्ती दल र अन्यको समेत धारणा...
-
२०७९ चैत्र २३, बिहिबार
दरबार हाईस्कुलमा नयाँ भर्नाका लागि आउने विद्यार्थी बढे
काठमाडौँ, ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल भानु माध्यमिक विद्यालय मा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ । कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित यस विद्यालयमा नवनिर्मित भवन, सफा खाजा घर तथा थोरै लगानीमा अङ्ग्रेजी माध्ययमा पढाइ हुने हुँदा हरेक दिन नयाँ भर्नाका लागि विद्यार्थी आउने क्रम बढिरहेको हो । त्यति मात्रै होइन एसइई सामुदायिक विद्यालयबाट...
-
२०७९ चैत्र २३, बिहिबार
मध्यपुर थिमिमा धिमे बाजा प्रतियोगिता हुने
मध्यपुर थिमिमा यही चैत २५ गते शनिबार उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुनेभएको छ । विगतका वर्ष ओस्ला नेपालले आयोजना गर्दै आएको सो धिमे बाजा प्रतियोगिता यस वर्ष नगरपालिका स्वयंले आयोजना गर्न लागेको हो । प्रतियोगिता श्री श्री श्री विष्णुवीर धिमे बाजा खलःको संयोजनमा हुन लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा उपत्यकाका ३२ धिमे खलः वा पुचः सहभागी हुने अपेक्षा...
-
२०७९ चैत्र २३, बिहिबार
उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली निकाली चुनाव चिन्ह दिइने
काठमाडौं - आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारहरूको आजअन्तिम नामवली प्रकाशन गरिँदै छ । उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि बिहीबार बिहान ९ बजेदेखि १ बजेसम्मका लागि समय तोकिएको छ । त्यसपछि अन्तिम नामावली प्रकाशन हुनेछ । नामावली प्रकाशन भएपछि उम्मेदवारले आजै चुनाव चिह्न पाउनेछन् । चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको थियो । गत...
-
२०७९ चैत्र २३, बिहिबार
मोरङमा एउटै परीक्षा केन्द्रबाट एसईईका १ सय १६जना नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं- मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरूको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका परीक्षार्थीका विषयमा...
-
२०७९ चैत्र २३, बिहिबार
सरकारको न्यूनतम साझा कार्यक्रम आज ५ बजे सार्वजनिक हुँदै
काठमाडौं- सत्तारुढ दलहरुले आज बेलुका ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको १० दल सम्मेलित बैठकले आज बेलुका सरसकारको न्यूनतम साझा कार्यक्रम कार्यक्रम सार्वजनि गर्ने निर्णय गरेको हो । गठबन्धनका दलहरूबीच सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटिसकेको माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।...
-
२०७९ चैत्र २२, बुधबार
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउनुको कारण माग
काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउनुको कारण माग गरेकाे छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार लामिछानेविरुद्ध मुद्दा नचलाउनुको कारण माग गरेकाे हाे । महान्यायाधिवक्ता दिनमणि पोखरेलको उक्त निर्णयविरुद्ध युवराज पौडेलले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश...
-
२०७९ चैत्र २२, बुधबार
कोशी प्रदेश नामाकरण पार्टीबाट कमजोरी : माओवादी केन्द्र
काठमाडौं - नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामाकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ । पार्टी निर्णयबारे जानकारी दिनुहुँदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामाकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु...
-
२०७९ चैत्र २२, बुधबार
पाँच दिनपछि राष्ट्रपति पौडेल अस्पतालबाट फर्के
काठमाडौं - पाँच दिनसम्म उपचार गरेर राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । पेटमा समस्या देखिएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका पौडेल बुधबार दिउँसो शीतल निवास फर्केका हुन् । पौडेलको उपचारमा डा. निरज बम संलग्न थिए । शीतल निवासमा भिडभाड र भेटघाट बढी भएकाले राष्ट्रपतिलाई अस्पतालमै बसेर स्वास्थ्यलाभ लिन चिकित्सकले सल्लाह दिएको राष्ट्रपति पौडेलका सञ्चार सहयोगी खिला...
-
२०७९ चैत्र २२, बुधबार
ट्रम्पविरुद्ध ३४ वटा गम्भीर अपराधका अभियोग
काठमाडौं –अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयार पारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ । न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मङ्गलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित उनले ती अभियोगहरूमा आफू दोषी नरहेको दाबी गरेका छन् । सन्...
-
२०७९ चैत्र २२, बुधबार
ट्विटरको लोगो परिवर्तन, नीलाे चरा हटाएर पहेँलाे कुकुर
काठमाडौँ - एलन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । माइक्रो–ब्लगिङ साइट ट्विटरको स्वामित्व आफूले लिएयता साइटमा विभिन्न परिवर्तन गरेका छन् । ट्विटरको लोगो परिवर्तन गरेर नीलो चराको सट्टामा कुकुरको टाउको राखेका छन् । सधैँ प्रयोग गरीआएको ट्विटरमा देखिने निलो चराको सट्टा पहेँलो कुकुरको टाउको देख्दा प्रयोगकर्ताहरु नै आश्चर्यमा परेका छन् । प्रयोगकर्ताहरूले यो परिवर्तन देखेर छक्क पर्दै एक–अर्कालाई...


