-
२०७९ चैत्र १५, बुधबार
पशुपति मन्दिर परिसरमा प्लाष्टिक निषेध
काठमाडौँ- पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले बुधबार एक सूचना प्रकाशित गर्र्दै पशुपति क्षेत्रमा प्लाष्टिकका कारण बढी फोहोर भएको पाइएको भन्दै यसलाई निषेध गर्ने निर्णय गरेको हो । कोषले भनेको छ, ‘प्लाष्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लाष्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन साथै स्वच्छ पशुपति सफा पशुपति अभियान सफल...
-
२०७९ चैत्र १४, मंगलबार
काठमाडौंमा पुराना पैसाको प्रदर्शनी
काठमाडौं -काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा पुरानो पैसालाई प्रदर्शनीमा राखिएको छ। नेपाल मुद्रा संकलक संघ स्थापनाको २० वर्ष पुगेको अवसरमा पुरानो पैसा प्रदर्शनीमा राखिएको हो। नेपाल, भारत लगायतका देशका सिक्का र नोट प्रदर्शनीमा राखिएको छ। कांग्रेस नेता विमलेन्द्र निधिले मंगलबार प्रदर्शनीको अवलोकन गर्दै यस किसिमको असल कार्यका लागि आयोजकहरुलाई धन्यबाद दिए। आयोजक मञ्जित मल्लले आगामी दिनमा...
-
२०७९ चैत्र १४, मंगलबार
नगरप्रमुख श्रेष्ठमाथि मोबिल छ्याप्ने प्रहरी नियन्त्रणमा
काठमाडौं - सिरहाको गोलबजार नगरपालिका प्रमुख श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा एकजना पक्राउ परेका छन्। प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै बेला सँगै आएका र्को व्यक्तिले प्रमुख श्रेष्ठमाथि मोबिल छ्यापेका हो। प्रमख श्रेष्ठ काम विशेषले सिरहा सदरमुकाम जान गाडी चढ्ने बेलामा एउटाले कागज देखाएको र अर्कोले मोबिल...
-
२०७९ चैत्र १४, मंगलबार
भुटानलाई बराबरीमा रोक्दै नेपाल फाइनलमा
काठमाडौं - प्रधानमन्त्री थ्रि नेसन्स कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानसँग बराबरीमा खेलेसँगै फाइनलमा पुगेको छ । पहिलो हाफमा भुटासँग १ गोलले पछि परेको नेपालले खेलको दोस्रो हाफमा १ गोलको बराबरीमा भुटानलाई रोक्दै फाइनलमा पुग्न सफल भएको हो । दोस्रो हाफको खेलको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीले नेपाललाई गोल दिलाएका हुन् । भुटानको तर्फबाट...
-
२०७९ चैत्र १४, मंगलबार
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश
काठमाडौं - सत्ता साझेदार दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको बैठकपछि नेपाली काँग्रेसका नेता रमेश लेखकले सञ्चारकर्मीलाई जानकारी दिए। उनका अनुसार न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विस्तृत छलफल भएर भोलि टुङ्गोमा पुगिनेछ । “बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको...
-
२०७९ चैत्र १४, मंगलबार
बिकास बोर्डले ‘‘सिनेमा साइबर सेक्युरिटी” डेस्क सन्चालन गर्ने
नेपालको चलचित्र क्षेत्र सम्बन्धि सम्पुर्ण नीतिगत कार्य हेर्ने चलचित्र विकास बोर्डले अब हटलाइन नम्बर सहितको ‘‘सिनेमा साइबर सेक्युरिटी डेस्क ” को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार बोर्डको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त डेस्कको लागि सिस्टम विकासको काम सुरु भएको जानकारी दिँदै साइबर सुरक्षासँगै बोर्डलाई डिजिटल प्रविधिमा लैजाने सम्मका योजनाहरु ‘डेमोस्ट्रेसन’ समेत गरिएको छ । बोर्डका...
-
२०७९ चैत्र १३, सोमबार
इम्बोस्ड नम्बर प्लेट अब नेपालीमा
काठमाडौँ - सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना पनि अघि बढाएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सो जानकारी गराएका हुन् । सोमबार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालको समेत निर्देशनमा सो कामलाई सुरु गरिएको पनि स्पष्ट पारे । उनले भने, ‘सवारी...
-
२०७९ चैत्र १३, सोमबार
कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, एकै दिन ६९ जनामा सङ्क्रमण
काठमाडौं - नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण देखिएको थियो । सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा...
-
२०७९ चैत्र १३, सोमबार
बैशाख पहिलो साता भारतको राजकीय भ्रमणमा जाँदै प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । उनी बैशाख पहिलो साता जान लागेको स्रोतले बतायो । प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताए । प्रधामन्त्री नियुक्त भएपछि प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा निस्किन लागेका हुन् । यद्यपी भ्रमणको मिति भने तय भइसकेको छैन । भ्रमणका क्रममा...
-
२०७९ चैत्र १३, सोमबार
नवीन्द्रराज जोशीकाे शालिक राष्ट्रपतिबाट अनावरण
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा पूर्वमन्त्री स्व. नवीन्द्रराज जोशीको शालिक अनावरण गर्दै उनले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका हुन् । जनतासँगको निरन्तर सान्निध्यसँगै उनीहरुका सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्धता र समर्पणबाट राजनीति अभिप्रेरित...
-
२०७९ चैत्र १३, सोमबार
चैत २७ गतेदेखि भक्तपुरमा बिस्केट जात्रा
काठमाडाैँ - यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर...
-
२०७९ चैत्र १३, सोमबार
सात दिनभित्र नदी किनार खाली गर्न महानगरकाे सुचना
काठमाडौँ - शनिबार गोरखापत्रमा सूचना जारी गर्दै महानगरले सात दिन भित्र नदी किनार खाली गर्न भनेको छ । महानगको पत्रलाई काउन्टर दिँदै अव्यवस्थित बसोबासी आन्दोलनमा उत्रिएका छन् । उनीहरुको सन्देश छ– महानगरले कसरी हटाउँदो रहेछ ? हटाओस् त । काठमाडौं महागनरभित्रका खोला नदी किनार अतिक्रमण गरेर बसोबास गर्नेहरुका लागि अहिले फेरि अर्को सूचना जारी भएको छ । एक पछि अर्को सूचना जारी हुने तर नदि किनार खाली चाहिँ...


