-
२०७९ चैत्र २८, मंगलबार
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन
काठमाडौं - शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा केही निजी लगानीका विद्यालयले आफू खुसी शुल्क उठाएको भन्ने विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्ण भएको जनाएको छ । स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन पाउने...
-
२०७९ चैत्र २८, मंगलबार
२४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ हजार ४३६ नमुनामध्ये ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो । २४ घण्टाको अवधिमा कोरोनाबाट एक महिलाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट झन्डै तीन...
-
२०७९ चैत्र २८, मंगलबार
सिंहदरबारको फोहोर नउठेपछि सरकारले मेयर बालेनसँग छलफल गर्ने
काठमाडौं - सरकारले सिंहदरबारभित्रको फोहोर नउठेपछि त्यस विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)सँग छलफल गर्ने भएको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषद बैठकमा काठमाडौं महानगरका मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि मन्त्रिपरिषद्ले त्यस विषयलाई गम्भीरतापूर्वक लिँदै समस्या समाधानका लागि छलफल गर्ने निर्णय गरेको हो । काठमाडौंको फोहोर व्यवस्थापनमा सरकारले बेवास्ता...
-
२०७९ चैत्र २८, मंगलबार
ढाकाको बयान : ‘मेरो आवाज हुँदै होइन, फसाउन खोजियो’
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप विषयमा सांसद डा. ढाकाकुमार श्रेष्ठसँग बसुन्धारास्थित पार्टी कार्यालयमा एक घण्टा सोधपुछ गरेको छ । अनुशासन समितिले मंगलबार लिएको बयानमा सांसद श्रेष्ठले प्रसाईंसँग डिलिङ गरेको अडियोको आवाज आफ्नो नभएको जवाफ दिएका छन् । सांसद श्रेष्ठले पार्टीबाट निलम्बनमा परेपछि दिएको...
-
२०७९ चैत्र २८, मंगलबार
नेपालका बैंकहरूको अवस्था सुरक्षित छ– गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको समयमा नेपालका बैंकहरूको अवस्था सुरक्षित रहेको बताउनुभएको छ । केन्द्रीय बैंकद्वारा आज चालु आर्थिक वर्षको पहिलो आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले वित्तीय सूचकमा देखिएका सुधारले समग्र बैंकहरूको अवस्था सुरक्षित रहेको बताउनुभएको हो । राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले वित्तीय सूचक...
-
२०७९ चैत्र २७, सोमबार
आरोहण श्रेष्ठको सपनाको घर सार्वजनिक
गायक तथा युवा उद्यमी आरोहण श्रेष्ठको शब्द रचना तथा गायनमा तयार भएको "सपनाको घर” बोलको गीतको म्युजिक भिडियो एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । जेनेसिस इभेन्टस प्रा. लि. को पहिलो प्रस्तुति रहेको “सपनाको घर” गीतमा नायिका नम्रता सापकोटा तथा नायक शिशिर शिवाकोटीको अभिनय गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रेम कथामा आधारित उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सो...
-
२०७९ चैत्र २७, सोमबार
लिङ्ग पहिचानको असर जनगणनामा
सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएको छ । तर यही कानुनी मान्यताबाट फाइदा उठाउँदै भ्रुण पहिचान गरी छोरी भएमा भ्रुण हत्या गर्ने गरिएको पाइएको छ । गर्भमा नै लिङ्ग पहिचान गर्ने र छोरी भए गर्भपतन गराउने तथा छोरालाई जन्मिन दिने गर्नाले यसको असर राष्ट्रिय जनगणनामा पनि देखिएको हो । लिङ्ग पहिचान गरेर छोरीको हत्या गरेपछि नेपालमा छोरी छोराको तुलनामा कम जन्मिने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ...
-
२०७९ चैत्र २७, सोमबार
काठमाडौँ महानगरसँग संवाद गर्न सरकारलाई महामन्त्री थापाको सुझाव
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौँ महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक बैठकमा उहाँले कुनै विलम्ब र आग्रह नगरिकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिनुभयो । “सिंहदरबारलगायतका स्थानबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस् जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो...
-
२०७९ चैत्र २६, आइतबार
विद्यालयले किताब र पोसाक बेच्ने काम दण्डणीय : मेयर शाह
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएपछि सो कार्य गरेको पाइएमा दण्डित गर्ने बताएका छन । विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएकाले दण्ड सजाय हुने बताएका हुन् । ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक९पटक...
-
२०७९ चैत्र २६, आइतबार
दुर्गा प्रसाईसँग दुई करोड माग्ने रास्वपाका सांसद श्रेष्ठ एक साताका लागि पार्टीबाट निलम्बित
काठमाडौं - स्वास्थ्यमन्त्री बन्न भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ एक साताका लागि पार्टीबाट निलम्बित भएका छन् । आइतबार सामाजिक सञ्जालमा श्रेष्ठले मन्त्री बन्न भन्दै रास्वपाका सभापति रवि लामिछानेलाई दुई करोड त्यो पनि उधारो होइन, हाताहाती चाहिने भन्दै प्रसाईसँग कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । रास्वपा प्रमुख सचेतक...
-
२०७९ चैत्र २६, आइतबार
रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ । अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन गर्ने भएको छ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार...
-
२०७९ चैत्र २६, आइतबार
गोसाईकुण्ड सम्पदा सर्किट को विमोचन सम्पन्न
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘गोसाईकुण्ड सम्पदा सर्किट’ नामक पुस्तकको विमोचन गरेका छन् । काठमाडौंको उत्तरी क्षेत्रको पुरातात्विक तथा साँस्कृतिक नगरी टोखाका अगुवा मनिराज डंगोलद्धारा लिखित कृति एमालेको जारी पार्टी सदृढीकरण तथा विस्तार अभियान मिसनग्रासरुटमा सहभागी हुँदै गर्दा तयार पारिएको कृति हो । ‘मिसनग्रासरुटमार्फत समृद्ध नेपाल र सुखी नेपालीको लागि स्रोत तथा सम्पदा, ७५३...


