STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७९ आश्विन १, शनिबार

    अछाममा पहिराेमा पुरिएर २१ जनाकाे मृत्यु

    काठमाडौं - अछामका विभिन्न स्थानमा अविरल वर्षापछि खसेकाे पहिराेमा पुरिएर २१ जनाकाे मृत्यु भएकाे भएकाे छ । २ जना बेपत्ता छन् । निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार शनिबार साँझसम्म तुर्माखाँद गाउँपालिका–५ नाडामा आठ जनाको शव फेला परेको छ  भने एक जना बेपत्ता छन् । कमल बजार नगरपालिका –६ मा ७ जनाको मृत्यु भएको छ भने वडा नम्बर ८ मा ५ जनाको मृत्यु भएको छ । ढकारी गाउँपालिका–६ मा एक जनाको...

  • २०७९ भाद्र ३०, बिहिबार

    पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु

    काठमाडौं - काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएसपी अञ्जना श्रेष्ठले जानकारी दिए । उनका अनुसार ६५ वर्षकी ठूलीमाया तामाङ घाइते भएकी छन् । उनको उद्धार गरी...

  • २०७९ भाद्र २८, मंगलबार

    ट्रकको ठक्करबाट एकको मृत्यु, तीन घाइते

    काठमाडौं - झापाको भद्रपुरमा साेमकार ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । भद्रपुर–२ र ३ स्थित देउनियाँ पुलमा पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेकी भद्रपुर–२ की ३५ की तुलसा खवास लामा र उनको छोरी दुई वर्षीया रुक्साना लामालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते...

  • २०७९ भाद्र २५, शनिबार

    दार्चुला बाढी पहिरो : मृतकका परिवारलाई एक लाख दिने घोषणा

    काठमाडौं - प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले प्रदेश सरकारका तर्फबाट उक्त रकम दिने घोषणा गरेका हुन्। बाढीपहिरो प्रभावितका लागि राहत र उद्धार सामग्री लिएर मन्त्री रावलसहितको टोली शनिबार दार्चुला पुगेको छ। त्यहाँ सुरक्षा निकायका अधिकारीहरूसँगको छलफलका क्रममा मन्त्री रावलले यस्तो घोषणा गरेका हुन्। यस्तै बाढीपहिरोमा परी घाइते भएकाहरूलाई उपचारका लागि जनही ५० हजार रुपैयाँ...

  • २०७९ भाद्र २५, शनिबार

    दार्चुलामा बाढी पहिरो, दुईको मृत्यु, ११ बेपत्ता

    काठमाडौं - गएरातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति भएको छ । दार्चुलाको नौगाड गाउँपालिकामा गएको पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो । स्थानीय पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले बताए । गएराति एक...

  • २०७९ भाद्र २२, बुधबार

    कमेडियन सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं - कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए। अपूर्व क्षतिजिले नेवार समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा अभियन्ताले प्रहरीमा जाहेरी दिएका थिए। उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो। १० दिन...

  • २०७९ भाद्र २१, मंगलबार

    मन्त्री श्रेष्ठसँग विवादमा परेका सुरक्षा गार्ड थुनामुक्त

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई राम्रो व्यवहार नगरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् । गृहमन्त्री बालकृष्ण खाणकाे निर्देशनपछि सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको हाे । गृहमन्त्री खाणले काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुराएर सुरक्षा गार्ड...

  • २०७९ भाद्र १५, बुधबार

    बुद्धनगरस्थित निर्माणाधीन घरको छैटौं तल्लाबाट खस्दा दुई बालबालिकाको मृत्यु

    काठमाडौं - काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित निर्माणाधीन घरको छैटौं तल्लाबाट खसेर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भारतको विहार घर भई काठमाडौं मनोहरा पेप्सीकोला बस्ने १४ वर्षीय बालक र काठमाडौं घट्टेकुलोकी १४ वर्षीया बालिका रहेका छन् । काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार बुधबार (आज) साँझ ६ बजे भएको घटनामा उनीहरुको मृत्यु भएको हो । उनीहरुलाई छ तल्लाबाट खसेपछि...

  • २०७९ भाद्र १४, मंगलबार

    चट्याङ लागेर एकै गाउँका तीनको मृत्यु

    रौतहटको गरुडा नगरपालिका–३ मलाही टोलमा आज चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु भएको छ । खेतमा काम गर्ने क्रममा तीनै जनालाई चट्याङ लागेबको हो । मृत्यु हुनेमा मलाही गाउँका ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रुपेशकुमार सिंहले जानकारी दिनुभयो । सुदनिया र जगिया एउटै परिवारका हुन् । चट्याङबाट...

  • २०७९ भाद्र १२, आइतबार

    नेवार समुदायको आस्थामाथि आघात पुर्‍याएका अपूर्व क्षितिज सिंह पक्राउ

    काठमाडौं - नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्‍याएको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । नेवाः अभियन्ता सुमन सायमीसहितका केही अभियन्ताले दिएको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले सिंहलाई आइतबार बिहान पक्राउ गरिएको पुष्टि गरे । सिंहले केही दिनअघि युट्युबमा पोस्ट गरेको कमेडी क्याफे नामक स्ट्यान्ड अप कमेडी...

  • २०७९ भाद्र १२, आइतबार

    नेवाः समुदायलाई अपमान गरेको आरोपमा कमेडियन सिंह पक्राउ

    कमेडि क्याफे नामक एक कार्यक्रममा कमेडी शोमा कमेडियन अपूर्व क्षितिज सिंह लाई प्रहरीले पक्राउ गरेको छ । कमेडियन सिंहले नेवाः समुदाय, संस्कृतिमाथि अपमानजनक कमेडियन गरेको भन्दै नेवाः अभियान्ताहरुले बिरोध गरेपछि आज आइतबार जिल्ला प्रहरी कार्यालय काठमाण्डौले पक्राउ गरेको थियो ।हिजो नेवाः अभियान्ताहरुले प्रहरी कार्यालयमा सिंह बिरुद्ध उजुरी दर्ता गरेको थियो ।

  • २०७९ भाद्र ११, शनिबार

    हतियार प्रहार गरी श्रीमतीको हत्या

    झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै...

Pages