अपराध-दुर्घटना
-
२०७९ आषाढ २९, बुधबार
भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी, निभाउने कार्य जारी
काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको राससलाई जानकारी...
-
२०७९ आषाढ २२, बुधबार
रामेछाप बस दुर्घटनामा १३ जनाकाे मृत्यु
काठमाडौं - रामेछापमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए । उनका अनुसार घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु आले मगर, ३६ वर्षीय खडक बहादुर बिक,...
-
२०७९ आषाढ २२, बुधबार
चट्याङले विद्युत्गृहमा क्षतिः ३७६ घरधुरी अन्धकारमा
पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युत्गृहमा चट्याङले ठूलो क्षति पु¥याएको छ । सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युत्गृहमा क्षति पु¥याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।चट्याङले रु चार लाख ५५ हजार बराबरको क्षति भएको छ । जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।...
-
२०७९ आषाढ २०, सोमबार
पुतलीसडकमा आगलागीबाट ९ लाखको क्षति
काठमाडौं - काठमाडौंको पुतलीसडकमा आगलागीबाट ९ लाखको धनमाल जलेर नष्ट भएको छ। काठमाडौं महानगरपालिका-२८ पुतली सडकस्थित रत्न गोविन्द श्रेष्ठको घरमा ग्यास लिक भई आइतबार बेलुकी आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट भान्छा कोठा, बैठक कोठा र घर नजिकैको उनकै छोरा जीवन गोविन्द श्रेष्ठको भान्छा कोठा तथा बैठक कोठामासमेत रहेको सामानहरू जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। स्थानीयवासी र दमकलको...
-
२०७९ आषाढ १३, सोमबार
लिफ्ट दिँदा गाडी नै लुटियो
काठमाडौं - भारतीय लुटेरको एक समूहले गाडीमा लिफ्ट माग्दै उल्टै गाडी लुटेर लगेका छन् । डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कर्मचारीमाथि कैलालीको गोदावरीमा उक्त आक्रमण भएको हो । यसरी आक्रमणमा पर्ने कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी रहेको खुलेको छ । उनलाई महेन्द्रनगरदेखि गाडीमा लिफ्ट मागेर चढेका तीन जना भारतीय लुटेराले गोदावरी आइपुग्दा हातखुट्टा बाँधेर कुटपिट गरी फालिदिएका थिए ।...
-
२०७९ आषाढ ९, बिहिबार
भक्तपुरमा टिपरकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु
काठमाडौं - भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । मृत्यु भएका अर्का पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । भक्तपुरको आदर्श चोक नजिक सूर्यविनायक चोकबाट जगातीतर्फ...
-
२०७९ आषाढ ६, सोमबार
तीन महिनामा विपद्बाट ७३ जनाकाे मृत्युु
काठमाडौं - विभिन्न प्राकृतिक विपद्बाट यस वर्षकाे अहिलेसम्म ७३ जनाको मृत्यु विभिन्न प्राकृतिक विपद्बाट यस वर्ष ७३ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । सबैभन्दा बढी चट्याङबाट २७ जनाको मृत्यु भएको छ भने आगलागीबाट १५, जङ्गली जनावरको आक्रमणबाट १०, पहिरोबाट आठ, हुरीबतासबाट आठ, सर्पदंशबाट तीन र बाढीबाट दुई जनाको मृत्यु भएको जनाइएको छ । गत वैशाख १ देखि असार ५ गतेसम्म देशभरको विभिन्न विपद्का घटनामा परी...
-
२०७९ आषाढ ४, शनिबार
स्विमिङ पुलमा डुबेर युवकको मृत्यु
काठमाडौं - भैरहवामा एउटा होटलद्वारा सञ्चालित स्विमिङ पुलमा डुबेर एक जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले दिएको जानकारीअनुसार होटल पौवाद्वारा सञ्चालित स्विमिङ पुलमा डुबेर ती युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा शिद्धार्थनगर नगरपालिका–६ बस्ने २७ वर्षीय सुमित तुलाधर रहेका छन् । शुक्रबार साथीहरुसँगै पौडी खेल्न होटलमा पुगेका तुलाधर साँझ ५ः१५...
-
२०७९ आषाढ ४, शनिबार
सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार
काठमाडौं - दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार गरेको आरोप लागेका चारमध्ये दुई जना पक्राउ परेका छन् । तुलसीपुर उपमहनगरपालिका–५ की २५ बर्षीया युवतीमाथि २ असार राति तुलसीपुर–९ दोघरेस्थित निर्माणाधीन घरमा चारजनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपितमध्ये तुलसीपुर–९ दोघरेका २४ बर्षीय शंकर बिक र २३ बर्षीय कमल चौधरी पक्राउ परेका हुन् भने अन्यको खोजी जारी रहेको प्रहरी...
-
२०७९ आषाढ २, बिहिबार
१ अर्ब २ करोड बराबरको सेतो हेरोइनसहित सातजना महिला पक्राउ
काठमाडौं - नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सातजना महिलालाई पक्राउ गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै गत जेठ २६ देखि ३१ गते एक साताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित ७ जना अफ्रिकन नागरिक पक्राउ गरेको हो । पत्रकार सम्मेलनमा लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय प्रमुख जीवन कुमार श्रेष्ठले नेपाललाई ट्रान्जिट बनाएर भारतलगायतका देशमा कारोबार...
-
२०७९ आषाढ १, बुधबार
बलात्कार आरोपमा बौद्धबाट चारजना पक्राउ
काठमाडौं - नेपाल प्रहरीले जबर्जस्ती करणीमा सङ्लग्न चार जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीलाई जबर्जस्ती करणीमा सङ्लग्न काठमाडौँका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र होेटलका सञ्चालक सिन्धुपाल्चोकका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पालाई...
-
२०७९ जेठ २४, मंगलबार
नागढुंगाबाट स्रोत नखुलेको ३ करोड ८९ लाखसहित ४ जना चिनिया नागरिक पक्राउ
काठमाडौं - प्रहरीले स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार रुपैयाँसहित ४ जना चिनियाँ र एक नेपालीलाई पक्राउ गरेको छ । नुवाकोटबाट काठमाडौं आउँदै गरेको बीएबी ५७१० नम्बरको गाडीको चेकजाँच गर्ने क्रममा प्रहरीले नागढुंगाबाट स्रोत नखुलेको उक्त रकमसहित चार जना चिनिया नागरिक र गाडी ड्राइभर (एक जना नेपाली)लाई पक्राउ गरेको हो । पक्राउ पर्ने चिनिया नागरिकहरुमा ५० वर्षीय अङ जाइकिङ, ४९ वर्षीय झान टु, ३१ वर्षीय मेङ...


