STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७९ आश्विन २५, मंगलबार

    सोह्रखुट्टेमा दुई जनामाथि खुकुरी प्रहार

    काठमाडौं - काठमाडौंको सोह्रखुट्टेमा दुई जना बाउन्सरमाथि खुकुरी प्रहार भएको छ । काठमाडौं प्रहरी परिसरका अनुसार दरबारमार्गस्थित प्लाटिनम क्लबका दुई जना बाउन्सरमाथि सोह्रखुट्टेमा खुकुरी प्रहार भएको हो । मंगलबार विहान ४ बजे सोह्रखुट्टेमा मोटरसाइकल रोकेर ७/८ जनाले ड्युटी सकाएर घर फर्कदै गरेका छिरिङ लामा र नितेश राईलाई आक्रमण गरेका हुन् । उनीहरुमाथि खुकुरी प्रहार भएको सूचना पाएपछि प्रहरी घटनास्थलमा...

  • २०७९ आश्विन २५, मंगलबार

    कर्णाली बाढीपहिराेबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो

      काठमाडौं - कर्णाली प्रदेशभर बाढीपहिराेमा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको हो । सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार मुगुमा आठ, कालिकोट र हुम्लामा चाररचार, जाजरकोटमा तीनको मृत्यु...

  • २०७९ आश्विन २५, मंगलबार

    कर्णालीकाे बाढीले १४ सय घर डुबानमा

    काठमाडौं - पछिल्लो साता लगातार भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका १ हजार ४०० घर डुबानमा परेर अधिकांश बासिन्दा विस्थापित भएका छन् । विस्थापित र अति पीडितको सुबिधाका लागि सात ठाउँमा खानाको मेस चलाएर खाना खुवाइरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो । बाढी पीडित क्षेत्रमा यसवर्ष पनि धानबाली...

  • २०७९ आश्विन २४, सोमबार

    मुगुको पहिराेले ५ जनाको मृत्यु

    काठमाडौंं - मुगुको छाँयानाथ रारा नगरपालिका वडा नं ११ को सालिम भन्ने स्थानमा मानबहादुर कुमाईको घर पहिराेले पुरिँदा ५ जनाको मृत्यु भएकाे छ । भने ११ जना बेपत्ता भएका छन् । बेपत्ताकाे खाेजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। सुरक्षा टोली घटनास्थलमा पुग्न पनि ठाँउ ठाँउमा पहिरो गरेकाले अफ्टेरो परिरहेको र केही...

  • २०७९ आश्विन २१, शुक्रबार

    नारायणी नदीमा बाढी, ५० बढी घर डुबानमा

    नवलपरासी - नारायणी नदीमा आएको बाढी पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुस्ता बस्तीमा पसेको छ । गण्डक बाँधअन्तर्गत ठोक्कर नम्बर १ को बाँध फुटेर बस्तीतर्फ बाढी पसेको हो । फुटेको बाँध अहिले स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरिरहेका छन् । नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० घर डुबानमा परेको स्थानीय मुन्सी गुप्ताले जानकारी दिए । नारायणी नदीको बहाव बढ्दो भएकाले...

  • २०७९ आश्विन २१, शुक्रबार

    चन्द्रगिरीमा पहिरो जाँदा रेकी ध्यानकेन्द्रका तीन जनाको मृत्यु

    काठमाडौं - चन्द्रागिरीमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चन्द्रगिरी नगरपालिका-२ देउराली नजिकै गएको पहिरोमा पुरिएर काभ्रेका राजु श्रेष्ठ‚ उनकी श्रीमती रेखा श्रेष्ठ र छोरी सारथी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। रेकी ध्यान केन्द्रमा सुतिरहेकै अवस्थामा पहिरो जाँदा उनीहरुको मृत्यु भएको प्रहरीको भनाइ छ।

  • २०७९ आश्विन २१, शुक्रबार

    बारा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

    काठमाडौं - पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको तीन नम्बर पुल नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको सख्या १७ जना पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा गएराती एक बालिकाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १७ पुगेको हो । गएराती बारा कलैयाकी १२ वर्षीया प्रीतिका चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए । यस अघि बिहीबार उक्त बस...

  • २०७९ आश्विन १२, बुधबार

    टिकटमा ठगी गर्ने ३३ जना पक्राउ

      काठमाडौं - काठमाडौं उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् । यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ । यात्रुलाई चाडपर्वको मौका छोपी ठगी गर्ने व्यक्तिमाथि निगरानी राख्नका लागि सादा पोसाकमा ट्राफिक...

  • २०७९ आश्विन ६, बिहिबार

    भीमफेदी बस दुर्घटनामा ७ जनाको मृत्यु

      काठमाडौं - मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, दुई पुरुष र दुई बालबालिका रहेका छन् ।...

  • २०७९ आश्विन ५, बुधबार

    कपन आगलागीमा मृत्यु हुनेको संख्या ३ पुग्यो

    काठमाडौँ — बुढानीलकण्ठ नगरपालिकास्थित कपनको एक घरमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।  राम मन्दिर नजिक ट्रेकिङ एजेन्सी सञ्चालकको घरमा बुधबार अक्सिजन सिलिन्डर पड्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । एजेन्सी सञ्चालकले भुइँतलामा राखेका सिलिन्डरहरू पड्किएपछि त्यही फ्लाटमा बस्नेहरु तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको र शवलाई ...

  • २०७९ आश्विन ५, बुधबार

    कपनमा भीषण आगलागी

    काठमाडौं - काठमाडौंको कपनमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कपन गुम्बा भन्दा तलको राम मन्दिर नजिकै आगलागी भएको हो । आगलागी भएको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासीले जनाएका छन् । उक्त आगलागी नियन्त्रणका लागि काठमाडौं र ललितपुरको दमकल बोलाइएको छ । साथै, के कसरी आगलागी भयो भन्नेबारे यकिन गर्न नसकिएको बताइएको छ ।

  • २०७९ आश्विन ४, मंगलबार

    गोठाटार गोलीकाण्ड : मृतकको शरीरमा चार गोली

    काठमाडौं - गोठाटारमा अपरिचित समूहबाट गोली हानी हत्या गरिएका लाल मोहमदको शरीरमा चार वटा गोली लागेको पाइएको छ । त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा सोमबार भएको पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार उनको टाउको, छाती र कम्मरमा गरी चारवटा गोली लागेको पाइएको हो । अस्पताल स्रोतका अनुसार उनको टाउकोको दाहिनपट्टी दुई, दाहिने छाती र कम्मरमा एक/एक राउण्ड गोली लागेको छ । सोमबार बेलुकी साढे ६ बजे मोटरसाइकलमा...

Pages