STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७९ भाद्र ९, बिहिबार

    फरार कैदी लुभुबाट पक्राउ

    काठमाडौं - नख्खु कारागारबाट उपचारका लागि टिचिङ अस्पताल लैजादै गर्दा फरार भएका एक कैदी लुभुबाट पक्राउ परेका छन् । आँखाकाे उपचारका लागि अस्पताल लगेका बेला भागेका रामेछापको पिल्पुङग गाउँपालिका–२ का ३१ वर्षीय भोला बुढाथोकी पक्राउ परेका हुन् ।  बुथाथोकी कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका व्यक्ति हुन् । उनले ९ वर्ष जेल सजाय काटिसकेका थिए ।घटनाको छानविनका लागि ललितपुर प्रहरीका एसपी देवेन्द्र...

  • २०७९ श्रावण २८, शनिबार

    प्रहरीको गाडी दुर्घटना, २ डिएसपीसहित ५ जना घाइते

    काठमाडौं - नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रविन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् । सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी...

  • २०७९ श्रावण २५, बुधबार

    बालाजु बाइपासकाे जुत्ता कारखानामा आगलागी

    काठमाडौं - काठमाडौंको बालाजु बाइपासको जुत्ता कारखानामा आगलागी भएको छ । प्रहरी घटनास्थलमा पुगेका छन् । वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो । आगलागीबाट नजिकका घरहरू जोखिममा छन् । अहिले आगो निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउन थालेको छ । ललितपुर महानगरबाट पनि अर्को दमकल झिकाइएको प्रवक्ता...

  • २०७९ श्रावण २५, बुधबार

    क्रिप्टो करेन्सी कारोबारी जेल चलान

    काठमाडौँ - जिल्ला अदालत काठमाडौँले विशाल सिमेन्टका पूर्वसञ्चालक रहेका व्यवसायी अमित श्रेष्ठलाई क्रिप्टो करेन्सी (भर्चुअल मुद्रा)को कारोबार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मङ्गलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । उक्त कारोबार गरेको अभियोगमा पक्राउ पर्नुभएका श्रेष्ठविरुद्ध रु ४८ करोड बढी बिगो माग दाबीसहित मुद्दा दायर...

  • २०७९ श्रावण १८, बुधबार

    नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

    काठमाडौं - नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति फेरि पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार गए राति साढे २ बजेतिर पहिरो खस्दा भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति पुगेको छ । मौरीपुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो । २३ घण्टापछि मंगलबार राति पौने १० बजे पहिरो सफा गरेर...

  • २०७९ श्रावण १८, बुधबार

    सप्तकोसीको बाँध फुट्यो, ठूलो बस्ति जोखिममा

    काठमाडौं - अविरल वर्षासँगै सप्तकोसीको बहाब उच्च रहँदा बाँध फुटेर उदयपुरका ठूला बस्ति जोखिममा परेको छन् । पानीकाे बहाब बढ्दा उदयपुरको बेलका नगरपालिका – ८ लाहुरे खोच डुम्रीबोटमा पर्ने सप्तकोसीको बाँध फुटेको हो । उक्त बाँध फुट्दा करिब ४ हजार घर परिवार बाढीको उच्च जोखिममा परेका छन् । बुधबार बिहान करिब ४ बजेतिर बाँध फुटेको बताइएको छ । अहिले जिल्लाको बेलका नगरपालिका – २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका...

  • २०७९ श्रावण १७, मंगलबार

    पारिवारिक झगडामा पूरै परिवार मारिए

    काठमाडौं - पछिल्लो समय अपराधका नयाँ नयाँ आयामहरु समाजमा देखा पर्न थालेका छन् । भनिन्छ श्रीमान–श्रीमतीको झगडा परालको आगो । तर, अहिले एउटा यस्तो घटना घट्यो श्रीमान–श्रीमतीबीच मनमुटाब सिर्जना भएपछि निम्तिएको विवाद मृत्युमा परिणत भइदियो । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको एक परिवारको दम्पत्तिबीच विवाद सिर्जना हुँदा पूरै परिवारले ज्यान गुमाउनुपरेको छ । अरुबेला हल्लीखल्ली सुनिने घरमा...

  • २०७९ श्रावण १५, आइतबार

    खोटाङमा गएकाे भूकम्पले भाेजपुरमा घर भत्कियाे

    काठमाडौं - खोटाङको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता केन्द्रविन्दु भएर गएकाे ६ रेक्टर स्केलको भूकम्पले भोजपुरमा एउटा घर भत्किएको छ । आज बिहान गएको भूकम्पबाट भोजपुर नगरपालिका–१२ टक्सारमा प्रमोद हलवाईको घर भत्किएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार २०७२ सालमा गएको भूकम्पबाट चर्किएको सो घर जीर्ण बनेको थियो । केही घरमा क्षति पुर्‍याएको भनिए पनि यो बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानवीय...

  • २०७९ श्रावण १०, मंगलबार

    टिकटक बनाउन कुपिन्डे दहमा पसेका युवा बेपत्ता

    काठमाडौं -  सल्यानको कुपिन्डे दहमा टिकटक बनाउन भनी गएका युवा डुबेर बेत्तपा भएका छन्। जिल्लाको वनगाड कुपिन्डे नगरपालिका–८ बाबियाचौरस्थित कुपिन्डे दहमा मंगलबार दिउँसो टिकटक बनाउन गएका ३७ वर्षीय वेदबहादुर बस्नेत डुबेर बेपत्ता भएका हुन् । टिकटक बनाउन दहमा पसेका उनको अहिले प्रहरीले खोजी कार्य गरिरहेको छ। वैदेशिक रोजगारीबाट फर्किएका बस्नेत साथी मूलबहादुर तामाङलाई कुपिन्डे दह घुमाउन गएका थिए । साथीसँगै...

  • २०७९ श्रावण ८, आइतबार

    कल सेन्टरमा छापा, डेढ सय युवायुवती पक्राउ

    काठमाडौं - आइतबार प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित जानकीनगरको ब्लु स्काइ कल सेन्टरमा छापा मारेको छ । घर भाडा नै लिएर कार्यालय खोली सर्वसाधारणलाई म्यासेज पठाउने, अश्लील सन्देश पठाउने गरेको खुलेपछि सञ्चालकसहित डेढ सय कामदार युवा युवतीलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका क्रममा प्रहरीले एक भारतीय र दुई नेपालीले घर भाडामै लिएर धन्दा चलाउदै आएको जनाएको छ । कामदार नै खडा...

  • २०७९ श्रावण ८, आइतबार

    एउटै रुखमा ३ किशोरी झुण्डिएको अवस्थामा भेटिए

    काठमाडौं‍-  झापाको कचनकवल गाउँपालिकास्थित एक रुखमा ३ जना किशोरी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । कचनकवल वडा नं ५ पाठामारी बेल्लेगाउँ स्थित सुनकोशी चिया बगानको झिङ खोलाको किनारमा रहेको एउटै बयरको रुखमा तीन किशोरी सामूहिक झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  प्रारम्भिक अनुसन्धानबाट उनीहरुले आत्महत्या गरेको देखिएको प्रहरीकाे भनाइ छ । जिप्रकाका डीएसपी वसन्त...

  • २०७९ श्रावण ३, मंगलबार

    गायिका दिलमाया सुनारको हत्या भएको प्रहरीको निष्कर्ष

    काठमाडौं - गत असार ११ गते आफ्नै कोठामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ।  प्रहरी वृत बालाजुका डीएसपी गौतम मिश्रका अनुसार प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सकाएर सरकारी वकिल समक्ष प्रतिवेदन बुझाएको छ।  उनी आफ्नै कोठाको बेडमा मृत भेटिएकी थिइन्। उनका प्रेमी भनिएका सिन्धुपाल्चोक साँगाचोकगढीका सुर्य भन्ने खिलबहादुर श्रेष्ठले नै हत्या गरेको भन्दै...

Pages