अपराध-दुर्घटना
-
२०७७ चैत्र १८, बुधबार
होली खेल्ने क्रममा सामूहिक झडपः मृत्यु भएकाको चार दिनपछि अन्त्येष्टि
होली खेल्ने क्रममा सामूहिक झडपपश्चात् ज्यान गुमाएका दुवैको शव आज अन्त्येष्टि गरिएको छ । गत आइतबार जिल्लाको निसीखोला गाउँपालिका–७ र बडीगाड गाउँपालिका–१० को सिमाना बल्देधुरीमा दुई गाउँका युवाबीच झडप हुँदा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईंको मृत्यु भएको थियो । उनीहरुको शव सोमबार बुर्तिबाङ शव परीक्षणका लागि लगिएको थियो । शव परीक्षण भए पनि घटनामा संलग्न दोषीलाई पक्राउ...
-
२०७७ चैत्र १८, बुधबार
पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण
पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर आज साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी दिनुभयो । “प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली त्यसतर्फ...
-
२०७७ चैत्र ६, शुक्रबार
बाङ्गेमूढा बस्ने दुई विद्यार्थीकाे शव दक्षिणकालीमा
काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना पुरुषको शव भेटिएको छ । फेला परेको शव विद्यार्थीको भएको पुष्टि भएको छ । मृतकका आफन्तमार्फत प्रहरीले शवको पहिचान खुलाएको हो । यसबारे खबर पाएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंबाट प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेत नेतृत्वको टोली त्यसतर्फ गएको छ । उनका अनुसार दुवैको मुखबाट फिँज निस्किएको पाइएको छ । नुवाकोट घर भएका अर्जुन खड्का र काभ्रे घर भएका...
-
२०७७ चैत्र ४, बुधबार
सिन्धुलीमा जिप खस्दा ४ जनाको मृत्यु
सिन्धुली - सिन्धुलीको करङडाँडामा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । अन्य ७ जना घाइते भएका छन् । बा १७ च १११७ नम्बरको जिप अपरान्ह पौने ४ बजे कमलामाइ नगरपालिका–७ करङडाँडामा सडकबाट करिब ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा कमलामाइ नगरपालिका बाँसकोटका वृद्ध रुद्रबहादुर थापा, १८ वर्षिया रीता इस्माली, १९ वर्षिय दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठको...
-
२०७७ चैत्र ३, मंगलबार
लहान मालपाेत बम विस्फोट गराएकाे आराेपमा एकजना पक्राउ
सिरहा - कर्मचारीसहित आठ घाइते हुने गरी सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा हिजो साँझ सशस्त्र प्रहरीको टोली एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन् । मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामेराको आधारमा मण्डलकै संलग्नता रहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको टोलीले...
-
२०७७ चैत्र २, सोमबार
बरामद वस्तु युरेनियम २३८ भएको पुष्टि
काठमाडौंको बौद्धबाट प्रहरीले बरामद गरेको युरेनियम २३८ भएको पुष्टि भएको छ । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बिहीबार प्रहरीले बरामद गरेको साढे २ किलो पर्दाथ युरेनियम नै भएको पुष्टि गरेको हो । नास्टले युरेनियम २३८ भएको रिपोर्ट आइतबार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीलाई बुझाएको कार्यालय प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले...
-
२०७७ चैत्र १, आइतबार
सिराहा मालपाेटमा बम विस्फोट, ६ जना घाइते, गोइत समूहको पर्चा भेटियो
सिराहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट स्थलमा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ । बम विस्फोट भएको स्थलमा गोइत समूहको पर्चा फेला परेको प्रहरीले जनाएको छ । गोइत समूहको पर्चा भेटिएकाले सोही समूहले कुकर बम विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ । आइतबार दिउँसो पौने १ बजेतिर भएको विस्फोटमा परी ६ जना घाइते भएका छन् । घाइतेमध्ये...
-
२०७७ फाल्गुण २८, शुक्रबार
भागरथी हत्या प्रकरण : अभियोगीलाई बाल सुधारगृह पठाइयो
बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधार गृहमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो । जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेश दिएसँगै उनलाई डोटीको सिलगढीमा रहेको सुधारगृहमा राखिएको छ । बैतडीको...
-
२०७७ फाल्गुण २७, बिहिबार
दैलेखमा बस दुर्घटना : दुईजनाको मृत्यु, १६ घाइते
काठमाडौँ - कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिसकोट नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । बिहीबार कालीकोटबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रही नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । बसमा सवार १८...
-
२०७७ फाल्गुण २६, बुधबार
हत्या आरोपमा ओलीसमूहका नेता पक्राउ
काठमाडौँ - नेकपा अलग हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्य बनाएका मोरङका युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ परेका छन् । उनलाई मोरङको पथरीशनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो। भण्डारीको ‘शंकास्पद मृत्यु’ भएको घटनामा एमालेका नेता बाँस्कोटा पक्राउ परेका हुन्। घटनामा संलग्न बाँस्कोटालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।...
-
२०७७ फाल्गुण १७, सोमबार
बाेरामा युवतीकाे शव फेला
गुल्मी – गुल्मीमा एक युवतीको बोरामा राखेको अवस्थामा शव फेला परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । शवको पहिचान खुल्न नसकेको उनले बताए । सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता भएकी थिइन् । भेटिएको शव उनकै हुनसक्ने...
-
२०७७ फाल्गुण १६, आइतबार
नक्कली फेसबुक पेज बनाउने पक्राउ
प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले आफ्नो संस्थाको नाममा फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको आरोपमा कपिलवस्तुका १८ वर्षीय प्रज्वल पोखरेललाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले प्रहरीको नक्कली फेसबुक पेज बनाएर नेपाल प्रहरीको छवि विगार्ने र प्रहरीले गरेको काम काजप्रति भ्रम...


