अपराध-दुर्घटना
-
२०७८ आषाढ १२, शनिबार
ट्यांकरले ठक्कर दिँदा २ बालिकाको मृत्यु
सप्तरी - सप्तरीमा तेल बोक्ने ट्यांकरले एकसाथ दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा २ जना बालिकाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासावरण गाउँपालिका–२ सीतापुरस्थित सडकमा शनिबार ट्यांकरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख ५४९५ नम्बरको ट्यांकरले सडकको बायाँ भागमा रोकिराखेको स.११ प २५८५ र स.२ प ५२४५ नम्बरको मोटरसाइकललाई...
-
२०७८ आषाढ ५, शनिबार
बाढीको वितण्डा : पाँच दिनमा १६ को मृत्यु
काठमाडौं - मनसुन सुरु भएसंगै आएको बाढी, पहिरो र डुबानमा परी पछिल्लो पाँच दिनमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन–तीन तथा सप्तरी, काभ्रे, गोरखा, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान जुम्ला र बाजुरामा एक–एक जना रहेका गृह मन्त्रालयले जनाएको छ । प्रकोपमा परेर २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् । बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १६ जना घाइते भएको...
-
२०७८ आषाढ ३, बिहिबार
सिन्धुपाल्चोकको बाढीमा अझै १३ जना बेपत्ता
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा अझै १३ जना हराइरहेका छन् । हराइरहेकाहरूको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । अहिलेसम्म तीन जनाको शव भेटिएकोमा दुई जना चिनियाँ नागरिक र एक जना भारतीय नागरिक रहेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । ज्यान गुमाउने तीनै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत रहेका उनले बताए ।...
-
२०७८ आषाढ ३, बिहिबार
बाढीपहिरोबाट हालसम्म सातको मृत्यु, २५ बेपत्ता
काठमाडौं - मनसुनको शुरुआतमै देशका विभिन्न स्थानमा बाढीपहिरका अकल्पनीय घटना हुन थालेका छन् । सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढीपहिरोले प्रभावित हुन पुगेको छ । विज्ञका अनुसार यसपाली अप्रत्यासित रुपमा लेदो र गेगरसहितको बाढी आएको थियो । यसले बढी क्षति पुर्याउन मद्दत गर्यो । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा बर्षा हुने र केही ठाउँमा अति भारी हुने...
-
२०७८ आषाढ २, बुधबार
कालीगण्डकीले बगायो ९ घर
पर्वत - गएको शनिबारदेखिको अबिरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका नौ घर बाढीले बगाएको छ । सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका—५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका—६ शालिग्रामको एक घरधुरी बाढीले बगाएको हो । मङ्गलबार बिहान उर्लिएको कालीगण्डकी नदीको पानीको भेल १५ वटा घरभित्र पसेर क्षति पुगेको थियो । मङ्गलबार दिउँसो बहाब केही घटेपनि साँझ फेरि बढेर घर...
-
२०७८ आषाढ २, बुधबार
बाढीले बगायो सुपर मादी जलविद्युत्को पावरहाउस
काठमाडौं - सुपर मादी जलविद्युत् आयोजनाको पावरहाउस बाढीले बगाएको छ । कास्कीको मादी गाउँपालिका–२ मा अवस्थित रहेको पावरहाउस अविरल वर्षापछि मादीखोलामा आएको बाढीले बगाएको हो । निर्माण कार्य सकिनै लागेको पावरहाउसको निर्माण सामग्रीलगायत सबै संरचना बगाएको छ । आयोजनामा रहेको ३ वटा स्काभेटर, ४ वटा टिपर, ४ वटा डिजल जेनेरेटर गरी २० करोडको क्षति भएको छ । ३०० कामदारलाई सकुशल उद्धार गरिएको छ । आयोजनामा...
-
२०७८ आषाढ २, बुधबार
नारायणी नदीको बहाव हालसम्मकै उच्च विन्दुमा
नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०:५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो । नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन सुरु गरेको बताए । उनका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३००...
-
२०७८ आषाढ २, बुधबार
सिन्धुपाल्चोकमा बाढीका कारण हालसम्म ७ जनाको मृत्यु
अविरल वर्षापछि आएको बाढीका कारण सिन्धुपाल्चोकमा हालसम्म ७ जनाको मृत्यु भएको ५ । बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ७ जनाको मृत्यु भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरलेले हालसम्म ७ जनाको मृत्यु भएको विवरण आएको जानकारी दिँदै थुप्रै भौतिक संरचनाहरू बगाएको बताए । गत वर्षको बर्खामा सबैभन्दा ठूलो क्षति सिन्धुपाल्चोक जिल्लाले व्यहोर्नु पर्यो । उसो त सिन्धुपाल्चोकमा...
-
२०७८ आषाढ १, मंगलबार
धेरै नदी तथा खोलामा बाढी, नारायणीमा चेतावनीको तह पार, गण्डक ब्यारेजका सबै ढोका खोलियो
काठमाडौं - लगातारको वर्षाका कारण देशका धेरै ठाउँका नदी तथा खोलामा बाढी आएको छ । नारायणी, तिनाउ, गण्डकी नदीमा पानीको सतह लगातार बढ्दै गएको छ भने अन्य खोला तथा खोल्सामा पनि बाढी आएको छ । नारायणी नदीमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । नारायणी नदीमा पानीको बहाव ८ मिटरभन्दा माथि पुगेको छ । लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले बाढी, डुबान तथा नदी...
-
२०७८ आषाढ १, मंगलबार
मनाङ बाढीबाट विस्थापित तीन सयजनालाई सुरक्षित ठाउँ सारियो
मनाङ -हिमाली जिल्ला मनाङमा बाढी आएपछि विस्थापित भएका तीन सयजनालाई सुरक्षित ठाउँमा सारिएको छ । डुबानमा परेका ताल गाउँ, चामे बजारका स्थानीयवासीसँगै जोखिममा रहेका अन्यलाई पनि सुरक्षित ठाउँमा सारिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । ‘विस्थापित तथा जोखिममा रहेका गरी झन्डै तीन सय स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ’, उनले भने, ‘सुरक्षा निकायका साथै जनप्रतिनिधि अहिले उद्धार तथा...
-
२०७८ जेठ २५, मंगलबार
बौद्धमा भेटियो बाेराभित्र शव
काठमाडौँ - काठमाडौंको बौद्धस्थित नयाँ बस्तीमा बोराभित्र शव भेटिएको छ। घटनास्थलमा पुगेको महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार आज बिहान बोरामा पोको पारेर फ्यालिएको अवस्थामा शव फेला परेको हो । हत्या गरेर शव फालेको हुनसक्ने अनुमान छ ।
-
२०७८ जेठ २१, शुक्रबार
प्रदेश सांसदको कारको ठक्करबाट पैदल यात्रुको मृत्यु
नेपाली कांग्रेस प्रदेश १ की सांसद बिन्दिया कार्कीले प्रयोग गर्ने कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाइते छन् । विराटनगरको एयरपोर्ट मोडस्थित सडकमा प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । घटनामा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको बताइएको छ । गम्भीर घाइते उनलाई कोसी अस्पताल लगिए लगत्तै मृत्यु भएको हो । घटनामा मोरङ कटहरी...


