STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७७ पौष १८, शनिबार

    मन्त्री शाह सवार गाडी पैदलयात्रुलाई किचेर भाग्यो

    सर्लाही – आफू सवार जीपले पैदलयात्रुलाई ठक्कर दिएपछि शहरी विकास मन्त्री प्रभु साह सवार उद्दार गर्नुको साटो भागेका छन ‌। ​पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको जीपले आज मध्याह्न ठक्कर दिँदा लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते तामाङको अहिले हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार...

  • २०७७ पौष १७, शुक्रबार

    नातामा फुपू पर्ने महिलाले गरे पाँच वर्षीय बालकको हत्या

      धनुषामा पाँच वर्षीय बालकको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी आज धनुषा प्रहरीले सार्वजनिक गरेको छ । धनुषा विदेह नगरपालिका–२ दुहबी बस्ने २६ वर्षीया प्रमिलादेवी अमातलाई सोही ठाउँ बस्ने जीवनराय अमातको पाँच वर्षीय छोरा अभिनन्दनराय अमातको हत्या गरेको आरोपमा पक्राउ गरी सार्वजनिक गरिएको हो । हत्या आरोपमा पक्राउ पर्ने महिला मृतक बालकको नातामा आफ्नै फुपू पर्ने प्रहरीले जनाएको छ । जिल्ला...

  • २०७७ पौष १६, बिहिबार

    लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

    काठमाडौं – प्रहरीले पर्साबाट लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए । अग्रवाललाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।

  • २०७७ पौष १६, बिहिबार

    गुर्जुधारामा टिपरकाे ठक्करबाट दुईजनाकाे मृत्यु

    काठमाडौं – काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारा काठमाडौ आयल स्टोर नजिक टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल छन् । बुधबार राति १० तिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको...

  • २०७७ मङ्सिर २८, आइतबार

    ग्वार्को पेट्रोलपम्पमा तेल ट्यांकरमा आगलागी, ४ वटा मोटरसाइकल ध्वस्त

    काठमाडौं – ललितपुरको ग्वार्कोस्थित एक पेट्रोल पम्पमा तेल बोक्ने ट्यांकरमा आगलागी भएको थियो । आइतबार साँझ उज्ज्वल पेट्रोल पम्पअगाडि तेल बोक्ने  ना ४ ख ९७४ नम्बरको ट्यांकरमा आगलागी भएको हो ।  आगलागीका कारण पेट्रोल पम्प, ट्यांकर र ४ वटा मोटरसाइकल क्षति भएको जनाइएको छ । प्रहरीका अनुसार  रिकेश अवाले सञ्चालक रहेको पेट्रोल पम्पमा तेल झार्ने क्रममा ट्यांकरको अगाडिको भागमा आगो लागेको हो । समयमै आगो...

  • २०७७ मङ्सिर २८, आइतबार

    ठमेलबाट ३८ तोला सुनसहित पाँचजना पक्राउ

    काठमाडौं - ठमेलबाठ ३८ तोला सुनसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पाँचखालबाट ३८ तोला सुन चोरी गरेर भागेका ५ जनालाई पक्राउ गरिएको महानगरीय परिसर काठमाडौंले जनाएको छ ।  पाँचखालको एक घरबाट ३८ तोला सुन चोरी गरी उनीहरू भागेका थिए ।  महानगरीय प्रहरी वृत्त लैनचौर परिसरका अनुसार ओखलढुङ्गा  सिद्बीचरण नगरपालिका–५ का देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भएर हाल  काठमाडौं...

  • २०७७ मङ्सिर २८, आइतबार

    क्रूर तरिकाले महिलाको हत्या

    कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिनुभयो । टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या भएको प्रहरीले जनाएको छ । हत्याको आङ्शकामा प्रहरीले डेरामा...

  • २०७७ मङ्सिर २७, शनिबार

    कलंकी ट्रक दुर्घटनामा दुईकाे मृत्युु, ६ घाइते

    काठमाडाैँ - काठमाडौँको कलंकीमा ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।  शुक्रबार राती थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश-२- ०३००१ ख १४२० नम्बरको मालवाहक ट्रक ब्रेक फेल भई दुर्घटना भएकाे थियाे । दुर्घटनामा परी मृत्यु हुनेहरुमा कङशंकर दमाई, रञ्‍जित कुमार चौधरी रहेका छन्। यस्तै घाइते हुनेहरुमा शम्भुनाथ, रामचन्द्र सिम्खडा, सुजन...

  • २०७७ मङ्सिर २३, मंगलबार

    विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठ हत्याको जिम्मा लियो

    विराटनगर – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मोरङ मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५२ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा लिएको छ। मंगलबार नेकपाका मेची कोशी ब्युरो इन्चार्ज प्रतापले एक विज्ञप्ति जारी गर्दै शिक्षक श्रेष्ठको हत्याको जिम्मा लिएकाे जनाएका हुन्। तर, विप्लव समुहले श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ र हत्याको कारण ‘सुराकी’ आरोप...

  • २०७७ मङ्सिर २३, मंगलबार

    शिक्षकको गोली हानी हत्या

    विराटनगर -  मोरङमा एकजना शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो। उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर नेत्रविक्रम चन्द विप्लव समूहले हत्या गरेको प्रहरी उपरीक्षक खड्काले बताए। प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको खड्काले बताए। श्रेष्ठ स्थानीय...

  • २०७७ मङ्सिर २३, मंगलबार

    आरोप पुष्टि हुन नसकेपछि बलात्कार मुद्दामा सिद्धबाबाले पाए सफाइ

    इटहरी: एक वर्षदेखि बलात्कारको मुद्दा झेल्दै आएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले सोमबार सफाइ पाएका छन् । सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकतर्फी इजलासले सफाइ दिएको हो । आरोप पुष्टि हुन नसक्ने फैसला गरेपछि सिद्धबाबाले सफाइ पाएका हुन् । सोमबार उनको पक्षमा एकतर्फी बहस भएको थियो । सरकारी वकिलको कार्यालयले सोमबारको पेसी सार्न अनुरोध गर्दै अदालतमा पत्र पठाएको थियो । तर...

  • २०७७ मङ्सिर २३, मंगलबार

    दरबारमार्ग सामूहिक बलात्कारका मुख्य अभियुक्तलाई ५ वर्ष कैद

    काठमाडाैँ – उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र रु सात लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलासले साेमबार काठमाडौँ जिल्ला अदालतले गरेको फैसला सदर गर्दै उक्त फैसला सुनाएको हो । काठमाडौँ जिल्ला अदालतले २०७६ कात्तिक २७ गते उक्त फैसला गरेको थियो ।...

Pages