STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७८ भाद्र १८, शुक्रबार

    पर्वतमा पहिरो : ५ जनाको मृत्यु, ३ जना बेपत्ता

      पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण पहिरो जाँदा कुश्मा नगरपालिका ३ दुर्लुङमा २ जना, कुस्मा ११ सिल्मीमा २ जना र मोदी गाँउपालिका ५ अम्बोटमा एक जनाको मृत्यु भएको हो । पहिरोमा परेर ५ जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ । पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११...

  • २०७८ भाद्र १२, शनिबार

    देशभर बाढी र पहिरोको वितण्डा

    पछिल्लो २४ घण्टामा देशका बिभिन्न जिल्लामा गएको बाढी पहिरोबाट ७ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा नवलपरासी पश्चिममा दुई, रुपन्देही, कैलाली, दाङ, उदयपुर र ललितपुरमा एकरएक जना रहेका छन्। यस्तै बेपत्ता हुनेमा नवलपरासी पूर्वमा तीन, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली र ललितपुरमा एक एक जना छन्। मृत्यु हुनेमा पाँच पुरुष र दुई महिला छन्। यस्तै बेपत्ता हुनेमा...

  • २०७८ भाद्र ११, शुक्रबार

    रुपन्देही र बाँकेका दर्जनौँ गाउँ डुबे

    अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला बाढी र पहिराेले आक्रान्त बनेका छन् । पहिराेले कतै राजमार्ग नै थुनेकाे छ । कतै पुल नै भासिएकाे छ । रुपन्देही र बाँकेका दर्जनाैँ गाउँ डुबानमा परेका छन् । उता राप्ति उर्लेकाे देखेर आसपासका बासिन्दा डराइरहेका छन् । रुपन्देहीकाे दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा बाढी पसेकाे छ । वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा,...

  • २०७८ भाद्र ८, मंगलबार

    पत्रकारलाई लागूऔषधमा फसाउन खाेज्ने प्रहरी निलम्बनमा

    काठमाडौं - पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने नेपाल प्रहरीका दुई घुमुवालाई निलम्बन गरिएको छ ।   रौतहटका पत्रकारद्वय मोजिबुल्लाह र शेख अतिउल्लाहलाई फसाउनका लागि प्रहरीकै योजनामा उनीहरु सवार मोटरसाइकलमा लागूऔषध राखिएको पुष्टि भएपछि निलम्बन गरिएकाे हाे । प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले...

  • २०७८ भाद्र ७, सोमबार

    आठ महिने बालिकासहित एकै परिवारका तीनले गरे आत्महत्या

    झापा - कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई आफ्नै घरभित्र आज बिहान झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मुनाले आठ महिने छोरीलाई छातीमा टाँसेर बर्कीले...

  • २०७८ श्रावण २३, शनिबार

    बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

    काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ।  उक्त औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा आगलागी भएको हो । नेबिको बिस्कुटको कारानामा गए रातिदेखि आगलागी भएको जनाइएको छ ।  दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । प्रहरीका अनुसार आगलागीको कारण र क्षतिको विवरण आइसकेको छैन ।

  • २०७८ श्रावण १९, मंगलबार

    मेलम्चीले सात घर बगायो

    मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीय नेत्र खड्काले जानकारी दिए । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा...

  • २०७८ श्रावण ११, सोमबार

    ओडारमा लुकाइराखेको २२ नाल भरुवा बन्दुक फेलापर्‌यो

    बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । हिजाे दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । जिल्लाको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओडारमा एकनाले भरुवा बन्दुक १२ थान र तमानखोला–३...

  • २०७८ श्रावण ११, सोमबार

    रोकी राखेको बसमा अज्ञात समूहद्वारा आगजनी

    दाङ - दाङको तुलसीपुरको कालाखोलामा रोकी राखेको बसमा अज्ञात समुहले गएराति आगजनी गरेको छ । घोराही–तुलसीपुर सडक खण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा बसमाथी आगजनी भएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालका अनुसार रा १ ख १८९२ नम्बरको बसमा राती २ बजे सो समुहले आगो लगाएको हो । प्रहरी राती नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न व्यक्तहरुको...

  • २०७८ आषाढ १९, शनिबार

    सुनसरीका अधिकांश क्षेत्र जलमग्न

    निरन्तरको वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न बनेको छ । पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, वस्तीहरू डुबानमा परेका हुन् । इटहरी क्षेत्रमा टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका वडाहरू डुबानमा परेका छन् । त्यसैगरी धरानमा सेउती र अधेरी खोला आसपासको क्षेत्रमा डुबानको समस्या देखिएको सुनसरी प्रहरीले जनाएको छ । इनरुवा क्षेत्रमा पर्ने कुरुवा खोला भरिएर सडकबाटै बगेको छ...

  • २०७८ आषाढ १८, शुक्रबार

    देशका धेरै ठाउँमा बाढी पहिरो

    काठमाडौं - लगातार परेको झरीका कारण देशका धेरै ठाउँमा बाढी पहिरो आएको छ भने केही क्षेत्र डुबानमा परेको छ । मकवानपुरको पूर्वी राप्ती नदीमा पानीको सतह बढ्दै गएकाले चितवनको सौराहा आसपास र नदी क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ । दुई दिनदेखि वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश–१ र प्रदेश–२ मा झरी परिरहेको छ । गएराति सबैभन्दा धेरै चितवन, मकवानपुर, विराटनगरलगायत क्षेत्रमा पानी परेको...

  • २०७८ आषाढ १७, बिहिबार

    लगातारको वर्षासँगै ठाउँ-ठाउँमा पहिराे, सडक अवरूद्ध

    काठमाडौं - लगातारको वर्षासँगै आएको पहिरोका कारण विभिन्न सडक खण्ड बन्द भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटमा पहिरोका कारण बिहानदेखि सडक बन्द भएको छ । यस्तै, पहिरोका कारण नारायणगढ–मुग्लिङ सडक खण्ड पनि ठप्प भएको छ । चितवनको पाँचकिलोमा गएराति खसेको पहिरोका कारण सडक खण्ड ठप्प भएको हो । यस्तै, पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल...

Pages