STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७७ माघ २५, आइतबार

    बिहारमा १२ वर्षीया नेपाली बालिकाको ‍बलात्कारपछि हत्या

    भारतको बिहार राज्यमा नेपाली मूलकी १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या गरी जबर्जस्ती जलाइएको घटना बाहिरिएको छ । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका घर भई बिहारको पूर्व चम्पारण जिल्लामा परिवारका साथ बस्दै आएकी ती बालिकालाई घर मालिकसहित ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरी जबर्जस्ती जलाएका हुन् ।  नेपाल बारबर्दिया नगरपालिकाका सुरेश (नाम परिवर्तन) गत वर्षयता मोतिहारीस्थित कुन्डवा...

  • २०७७ माघ २५, आइतबार

    १७ वर्षीया बालिकाकाे बलात्कार पछि हत्या, सिबिआईले अनुसन्धान थाल्याे

    धनगढी - बैतडीको दोगडा केदार गाउँपालिका–७ मा पर्ने लवलेक सामुदायीक वनमा विद्यालयबाट फर्किने बेला १७ वर्षीया किशोरी भागरथी भट्टको बुधबार बलात्कारपछि हत्या भएको थियो ।  विद्यालयबाट बुधबार घर नआएपछि आफन्तले खोजी गर्दा घरभन्दा २ किलोमिटरको दूरीमा रहेको लवलेक सामुदायीक वनमा उनको शव फेला परेको थियो । बालिका बलात्कार गरी हत्या भएको स्थानमा एसएसपी जनकराज पाण्डेसहित सिआईबीको अनुसन्धान टोली पुगेको छ ।...

  • २०७७ माघ २५, आइतबार

    पुतलीसडककाे बिजुलीकाे पाेलमा आगलागी

    काठमाडाैं आइतबार बिहान पुतलीसडककाे बिजुलीको तारमा आगलागी भएको छ। पुतलीसडक चोकमा रहेको ट्रान्समिटर र बिजुलीको पोलमा आगो लागेकाे हाे ।  आगलागीले सवारी आवतजावत बन्द गरिएकाे छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।

  • २०७७ माघ २५, आइतबार

    ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु

    टीकापुर - कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेका अनुसार घटनामा परी माटो खन्न गएका दुई जना घाइते भएका छन् ।...

  • २०७७ माघ २२, बिहिबार

    गोंगबुमा ट्याक्सी जलाइयाे

    काठमाडाैं - काठमाडौंको गोंगबुमा एकाबिहानै अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन्। प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। उनका अनुसार सो ट्याक्सी धादिङका खुम्ब नारायण श्रेष्ठको हो। प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ भने ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ। सविधानको बेवास्ता गर्दै...

  • २०७७ माघ २०, मंगलबार

    दोलखाबाट काठमाडौँ आउँदै गरेकाे बस दुर्घटना

    सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा बस दुघर्टना हुँदा १६ जना घाइते भएका छन् । मङ्गलवार दोलखाको बुलुङबाट काठमाडौँका लागि छुटेको रोल्वालिङ यातायातको बा २ ख २७८९ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ भिरकुनामा दुघर्टना हुँदा १६ जना घाइते भएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका छन् । घाइतेको खाडीचौरको अस्पतालमा उपचार भइरहेको पनि उनले जानकारी दिए । तीव्र गतिमा आएको बस...

  • २०७७ माघ १८, आइतबार

    नक्कली नेपाली नोटसहित दुई पक्राउ

      सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ  लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा रहेको टोलीले पक्राउ गरेको हो...

  • २०७७ माघ १७, शनिबार

    मनाङमा लागेको आगो नियन्त्रण बाहिर

    मनाङ – आगलागीका कारण मनाङको नासो गाउँपालिका तीन वडाका बस्ती जोखिममा परेका छन् । वडा नम्बर ६ बाट लागेको आगो अहिले सात र आठ नम्बर वडामा फैलिरहेको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए । उनकाअनुसार गाउँको भन्दा तल पाखो रहेकाले आगो नियन्त्रणमा लिन नसके बस्तीमा फैलिने डर छ । आगो निभ्याउन नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासिन्दाले प्रयास गरिरहेका छन्। स्याउला र धारोको पानी पाइपमा जोडेर आगो...

  • २०७७ माघ १३, मंगलबार

    कतार प्रहरीमा अवैध तरिकाले पठाएको आराेपमा सेक्युरिटी सर्भिसमा छापा

    काठमाडौं । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघि अवस्थित म्यानपावर बजारमा रहेको कल्याण सेक्युरिटी सर्भिस प्रालिमा छापा मारेको छ । कतार प्रहरीमा अवैध रुपमा पठाउन भन्दै अन्तरवार्ता लिएको सूचनाका आधारमा विभागले छापा मारेको हो । विभागकाअनुसार कतार प्रहरीका लागि अन्तरवार्ता लिइएका २२ जनाको शंकास्पद फारम बरामद भएको छ । म्यानपावर कम्पनीमा अन्तरवार्ता लिँदा छापा मार्ने क्रम बढेपछि...

  • २०७७ माघ १०, शनिबार

    कावासोतीमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा कावासोती नगरपालिका–३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती–८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक  दिलीप  गिरीले...

  • २०७७ माघ ९, शुक्रबार

    टोखामा मोटरसाइकल दुर्घटना एकको मृत्यु

      काठमाडौँको टोखामा  हुँदा एकजनाको मृत्यु भएको छ । टोखा नगरपालिका–३ टोखागेट नजिक सडकमा वाग्मती ०२–०२ प २०४२ नम्बरको मोटरसाइकल र बा ४ ख ३१०७ नम्बरको टिपर एक आपसमा ठोकिँदा टोखा –९ गोँगबुका १७ वर्षीय सञ्जित महर्जनको बिहीबार राति मृत्यु भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका महर्जनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हुँदा टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरी...

  • २०७७ माघ ७, बुधबार

    चितवनमा बस र ट्रक ठाेक्किँदा एकको मृत्यु

    चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गएराति बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौँबाट काँकडभिट्टातर्फ गइरहेको ना७ख २१११ नंको बस र विपरीत दिशाबाट आइरहेको ना६ख ४२८१ नंको ट्रक...

Pages