STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७७ फाल्गुण १४, शुक्रबार

    म्याग्दी नदीमा जिप खस्दा एककाे मृत्यु, चार घाइते

    म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नम्बरको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले उक्त दुर्घटनामा परी मालिका-३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा...

  • २०७७ फाल्गुण ११, मंगलबार

    हेटौंडामा दुइटा सुमो ठोक्किँदा ११ जना घाइते

    काठमाडाैं – मकवानपुरको हेटौंडा उपमहानगरपालिका– २ स्थित चौकीटोलमा दुईवटा सुमो एक आपसमा ठोक्किएका छन् । आज बिहान भएको उक्त दुर्घटनामा परी ११ जना घाइते भएको प्रहरीले जनाएको छ । हेटौंंडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश – ३ –०३–००१ ज ००२९ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका...

  • २०७७ फाल्गुण ९, आइतबार

    गाँजा जलाएको निँहूमा प्रहरीमाथि आक्रमण, दुई राउण्ड हवाई फायर

    हेटौंडा । मकवानपुरमा बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई राक्सिराङ गाउँपालिका-१ कुपिनटारमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीबाट दुई राउण्ड हवाई फायर गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । प्रहरीको काम कारबाहीमा...

  • २०७७ फाल्गुण ९, आइतबार

    अपहरणमा परेका ७ वर्षीय बालकको उद्धार, मामासहित तीनजना पक्राउ

    धनुषाबाट अपहरणमा परेका एक बालकको सकुशल उद्धार गरिएको छ । अपहरणमा संलग्न बालकका मामासहित ३ जनालाई पक्राउ गरिएकाे छ । शनिबार दिउँसो करिब १ बजेदेखि बेपत्ता भएका नगइराइन नगरपालिका– ६ स्थित जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन दासको सकुशल उद्धार गरिएको हो । शनिबार राति जनकपुरधाम उपमहानगरपालिका– ४ स्थित माछा बजारबाट बालकलाई उद्धार गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । अन्य...

  • २०७७ फाल्गुण ८, शनिबार

    सुनाकाेठीकाे जुवा खालबाट २० लाखसहित २४ जुवाडे पक्राउ

    ललितपुर - महानगरीय प्रहरी परिसर ललितपुरले सुनाकोठीस्थित एक जुवाखालबाट २० लाख रुपैयाँभन्दा बढी नगदसहित २४ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा परिसरबाट खटिएको टोलीले शुक्रबार लव बस्नेत, कान्छा बस्नेत, प्रकाश बस्नेत, राजेश भण्डारी, विनोद गुरु, अनिल महर्जन, अजय महर्जनलगायत २४ जनालाई नियन्त्रणमा लिएको हो । जुवा खालबाट २० लाखभन्दा बढी रकम बरामद गरिएकाे ललितपुर प्रहरी प्रमुख एसएसपी...

  • २०७७ फाल्गुण ७, शुक्रबार

    आज भागरथीको दाहसंस्कार गरिँदै

    काठमाडौँ – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षकी भागरथी भट्टको आज दाहसंस्कार गरिँदैछ । हत्या भएको १७ औं दिनमा उनको दाहसंस्कार गर्न लागिएको हो । भागरथीका परिवारले दोषी पत्ता लगाउन र दोषीलाई कारबाहीको माग गर्दै शव बुझ मानेका थिएनन् । प्रहरीले १३ औं दिनमा भागरथीको हत्याको आरोपमा त्यहीँ ठाउँका दीपक भट्टलाई प्रक्राउ गरी सार्वजनिक गरिसकेको छ । दीपकले हत्या गरेको मात्रै बयान दिएपछि...

  • २०७७ फाल्गुण ७, शुक्रबार

    दिनेशले भागरथीको बलात्कार र हत्या स्विकारेकाे प्रहरीकाे दाबी

    काठमाडौं – बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेकाे प्रहरीले बताएका छन् । उनले जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसन्धान अधिकृतसामू बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएकाे प्रहरीले जनाएकाे छ । ४ फागुनमा पक्राउ परेका उनले भट्टको हत्या गरेको स्वीकार गरे पनि...

  • २०७७ फाल्गुण ५, बुधबार

    जिप दुर्घटनामा तीन जनाको मृत्यु

    काठमाडाैं – गुल्मीको सदरमुकाम तम्घासबाट पराल्मी रातामाटा जाँदै गरेको जिप दुर्घटना भएको छ । लु१ज १९८८ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने छ जनाको घाइते भएका छन् । दुर्घटनामा ४८ वर्षीय एकराज पोखरेल, २७ वर्षीया गोमा नेपाली र २८ वर्षीया शान्ति नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । दुर्घटनामा पोखरेलको...

  • २०७७ फाल्गुण ५, बुधबार

    भागरथी बलात्कारपछि हत्या घटनामा संलग्नलाई प्रहरीले गर्याे सार्वजनिक

    काठमाडौँ – बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक...

  • २०७७ माघ २८, बुधबार

    इन्टरनेटको गलत प्रयोगः बालबालिका यौन शोषणमा पर्दै

    पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको छ ।     सन् २०२० मा सो संस्थाले नेपालको सातै प्रदेशमा बालबालिकाको अनलाइन यौन शोषणसम्बन्धी गरेको अध्ययनमा बालबालिका तथा नवयुवाविरुद्ध हुने अनलाइन यौन...

  • २०७७ माघ २७, मंगलबार

    भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

    बैतडी – मृतावस्थामा भेटिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परीक्षण रिपोर्ट आएको छ । जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालय बैतडीलाई साेमबार बुझाएको रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ । सो रिपोर्टअनुसार भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी...

  • २०७७ माघ २६, सोमबार

    भागरथी हत्या प्रकरण : परीक्षणका लागि ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइयो

    बैतडी – दोगडकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौं पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी भागरथीको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । स्वाब परीक्षणले थप अनुसन्धानका लागि सहज हुने प्रहरी प्रवक्ता...

Pages